Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८२ बिहीबार | 1st May, 2025 Thu
Investment bank

शिक्षक सँगको वार्ता एक/दुई दिन भित्र निष्कर्षमा पुग्नेमा विश्वस्त छु: नैनसिंह महर

खबरडबली संवाददाता

काठमाडौं  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले आन्दोलनरत शिक्षक महासंघ संगको वार्ता एक ,दुई दिन भित्रै निश्कर्षमा पुग्ने बताएका छन् ।

'शिक्षकका माग सम्बोधनका लागि सरोकारवाला निकायसँग सरकार र पार्टीकोहरुबीचमा गम्भीर छलफल भइरहेको छ, नियमित भर्ना र १२ कक्षाको परिक्षा प्रभावित नहुने गरि वार्ता सफल पार्ने कोशिश भईरहेको भईरहेको छ 'विद्यालय शिक्षा विधेयकका बारेमा शिक्षा विभागको आधिकारिक धारणा तय गर्ने क्रममा पार्टी कार्यालय सानेपामा भ्रातृ र सुवेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा महरले उक्त कुरा बताएका हुन्।

उनले सरोकारवालाहरूबीचको वार्ता सकारात्मक रहेकाले एक/दुई दिनमै निकास निस्कने विश्वाससमेत व्यक्त गरेका छन्। शिक्षकहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्रको भर्ना प्रक्रिया नै अवरुद्ध हुनुका साथै कक्षा १२ को परीक्षासमेत अवरुद्ध हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै कांग्रेस समस्या समाधानमा गम्भीर रहेको उनले बताए।

उनले सरकारलाई समेत माग सम्बोधनमा गम्भीर हुन आग्रह गरेका छन्। 'चैत २० यता शिक्षकहरू निरन्तर प्रदर्शनमा हुनुहुन्छ। यसले लाखौं विद्यार्थी मारमा परेका छन्। यस्तो अवस्थामा सरकारसँगको शिक्षकहरूको वार्ता सकारात्मक रुपमा अघि बढिरहेकाले चाँडो निकासमा पुर्‍याउनुपर्छ। यो संवेदनशील घडीको आन्दोलनरत शिक्षक समुदायले बुझ्ने कुरामा पनि हामी विश्वस्त छौं।छलफल सकारात्मक भएर मात्र हुँदैन, निश्कर्षमा पुग्नु जरुरि छ,'उनले भने।

भर्ना प्रक्रिया अवरुद्ध नहोस् र कक्षा १२ को परीक्षा प्रभावित नहोस् भन्नेमा कांग्रेस चिन्तित रहेकाले सरकार र शिक्षक महासंघ संग निरन्तर छलफल भइरहेको समेत उनले प्रस्ट पारेका छन्।

शिक्षा विधेयकका विषयमा पार्टीको आधिकारिक धारणाका लागि शिक्षा विभाग प्रमुखको हैसियतले आफूहर शिक्षा विधेयकको ड्राफ्ट निर्माणका लागि  पार्टी भित्र बाहिर छलफल ,अन्तक्रिया भइरहेको महरले जनाएका छन्।

'नेपालको संविधानले व्यवस्था गरेको १२ कक्षासम्म नि:शुल्क शिक्षा कार्यान्वयनको सवाल र 'थ्री पी' पब्लिक प्राइभेट पार्टनरसिपको अवधारणा अनुरुप निजी लगानीको संरक्षण गर्ने , शिक्षामा २०% बढी वजेट विनियोजन, विदेशी विश्वविद्यालय बाट अनुमति लिएर संचान भएका कलेज र शैक्षिक परामर्शदातृ संस्थाहरुको नियमन,प्रविधिक र जीवन उपयोगि शिक्षा कुरामा पनि कांग्रेसले धारणा तय गर्दै छ। एकै प्रकारका शिक्षकको व्यवस्था गर्ने, राज्यको हैसियतले भ्याएसम्म शिक्षकहरूको सेवा सुविधा बनाउने, उनीहरूको बढुवालगायत शिक्षकका थुप्रै मागप्रति कांग्रेस सकारात्मक छ,' महरले भने।

कांग्रेस शिक्षाको गुणस्तरीयता कायम गर्न र शिक्षकका माग सम्बोधनमा दृढ रहेको कुरामा कसैलाई दुविधामा नपर्ने महरले आग्रह गरेका छन्।तर गुणस्तरिय शिक्षाका लागि शिक्षकको कर्तव्य र योगदान बढी जिम्मेवार हुने कुरा पनि विर्शिनु हुदैन  'विश्व बजारसँग प्रतिस्पर्धा गर्ने खालको शिक्षा नेपालको हुनुपर्छ भन्नेमा हामी दृढ छौं। शिक्षकका माग सम्बोधन र शिक्षा क्षेत्रका समस्या समाधानका लागि हामी घनिभूत परामर्शमा छौं , हामीले अशल र गतिशिल शिक्षकका मार्फत उन्नत शिक्षाको समाजले अपेक्षा गरेको ।यद्यपी चाँडै समस्याको हल निस्कन्छ,' उनले भने।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनताको शान्तिपूर्ण विद्रोहलाई दमन गर्न खोजे त्यसको जवाफ जनताले दिनेछन्ः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकचोटी फेरि नयाँ क्रान्तिको तयारी गर्नैपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमि...

कांग्रेस–एमाले गठबन्धन कायम रहे राष्ट्रिय सभामा माओवादी खुम्चिने

काठमाडौं । हाल राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र पहिलो दल हो । तर, माओवादी पहिलो दल आगामी फागुनसम्म मात्रै कायम रहनेछ ।  त्यसपछि...

प्रधानमन्त्री ओलीले गरे कोशी लगानी सम्मेलनको उद्घाटन

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को आज उद्घाटन गरेका छन्। नेपालमा लगानीका निम्ति उप...

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी अस्पताल भर्ना भएकी छन् ।  सानो आन्द्रा, रगत र मुटुमा समस्या देखिएपछि उनी काठमाडौंको ...

संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम शुक्रबार पेस हुने

काठमाडौं। सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भ...

माउन्ट एभरेस्टसँग सगरमाथाको कुनै साइनो छैनः प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा‘ुमाउन्ट एभरेस्ट’ नभएको दाबी गरेका छन् । विराटनगरमा बिहीबारदेखि सुरु भएको कोशी प्रदेश लगानी सम्मेलनला...

छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर

गोरखा । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर जान थालेका छन् । मौसम सुरु हुने बित्तिकै छेकम्पारवासी यार्सागुम्बा सङ्कलन...

सामाजिक सुरक्षा कोषमा जम्मा १७ प्रतिशत सञ्चार क्षेत्र सूचीकृत

काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई अनिवार्य गरेपछि जम्मा १७ प्रतिशत सञ्चार क्षेत्रमा सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको पाइएको ...

पर्सामा अपहरणपछि बन्धक बनाएर फिरौती माग्ने चार पक्राउ

पर्सा ।अपहरणपछि बन्धक बनाएर फिरौती रकम मागेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१२ का २३ वर्षीय रिकेश...

जन्मदिनलाई सत्कर्मसँग जोड्दै पशुपति क्षेत्रमा वृक्षरोपण

काठमाडौं । ‘जन्मदिनसँग सत्कर्म जोडौं’ अभियान अन्तर्गत काठमाडौंस्थित आराध्यदेव पशुपति मन्दिर परिसर क्षेत्रभित्र वृक्षरोपण गरी जन्मदिन मनाइएको छ। प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending