काठमाडौं । हाल राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र पहिलो दल हो । तर, माओवादी पहिलो दल आगामी फागुनसम्म मात्रै कायम रहनेछ । त्यसपछि हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि कुन दल ठूूलो दलको रूपमा आउँछ भन्ने तय हुनेछ ।
५९ सदस्यीय राष्ट्रिय सभा स्थायी सदन हो । जहाँ एकतिहाइ सदस्यका लागि प्रत्येक दुईरदुई वर्षमा निर्वाचन हुन्छन् । एकतिहाइ सदस्य बिदा भएर जाने र एकतिहाइ सदस्य नयाँ निर्वाचित भएर आउने संवैधानिक व्यवस्था छ ।
यही व्यवस्था अनुसार २०७६ साल माघमा भएको चुनावबाट निर्वाचित १९ सदस्यहरू आगामी फागुनमा कार्यकाल सकिएर बिदा हुँदैछन् । हाल माओवादी राष्ट्रिय सभामा १७ सांसदसहित सबैभन्दा ठूलो दल छ । वर्तमान सत्ता गठबन्धन कायम रहे माओवादीले आगामी माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा आफ्नो पार्टीका राष्ट्रिय सभा सदस्य जिताउन गाह्रो पर्नेछ ।
त्यसो हुँदा माओवादी १७ बाट १० सांसद संख्यामा झर्न सक्छ । संविधानको धारा ८६ अनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदाता प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहन्छन् ।
प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार फरक हुन्छ । प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख अधिकांश कुनै न कुनै राजनीतिक दल आवद्ध छन् । जसमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेका ज्यादा छन् ।
कांग्रेस र एमाले मिल्दा अर्को दलको कुनै व्यक्ति राष्ट्रिय सभामा आउन मुस्किल छ । यस्तोमा वर्तमान सत्ता गठबन्धन कायम रहे आगामी फागुनपछि राष्ट्रिय सभामा माओवादी केन्द्र पहिलो दलबाट खुम्चिन सक्ने नेताहरू बताउँछन् ।
हाल राष्ट्रिय सभामा माओवादीका १७, कांग्रेसका १६, नेकपा एमालेका १०, एकीकृत समाजवादीका ८, जनता समाजवादी पार्टी नेपालका ३, लोकतान्त्रिक समाजवादीका १, राष्ट्रिय जनमोर्चाका १ र ३ जना मनोनीत सांसद छन् । यसमध्ये १९ जनाको कार्यकाल सकिएर नयाँ आउने हुन् ।
बिदा हुन लागेका राष्ट्रिय सभा सदस्यहरूमा नेकपा एमालेका ८ जना, नेकपा माओवादी केन्द्रका ७ जना, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ जना रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: