काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ का लागि चार वटा नयाँ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ । समितिले नारायण निरौलाको आर्यावर्त, केशवराज जोशीको भृगु अङ्गिरा, ज्ञानप्रसाद भण्डारीको मुक्तिनाथ र खगेन्द्रप्रसाद अधिकारीको कश्यप पञ्चाङ्गलाई यो वर्षदेखि प्रकाशन गर्नेगरी स्वीकृति दिएको हो ।
गएको वर्षसम्म समितिको स्वीकृति लिएर प्रकाशित हुने पञ्चाङ्गको सङ्ख्या १४ थियो । २०८१ मा स्वीकृति लिएर पनि दिव्यपुरुष ढकालको तारकेश्वर पञ्चाङ्ग प्रकाशन नभएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
उहाँ अनुसार सूर्यनाथ पन्तको तोयनाथ, बाबुराम शर्मा सापकोटाको बाबुराम, मुरारीराज पाण्डेको नरनाथ, विश्वनाथ त्रिपाठीको हिमाल, डिल्लीराज जोशीको अठोला, सुबोध ढुङ्गेलको सूर्य, लोकराज पौडेलको आकाश दर्शन, शशिधर जोशीको बगलामुखी, दामोदर जोशीको शुभ, श्रीकेश कौशिकको बाबा गोरखनाथ, कीर्तिकिरण जोशीको कीर्ति, सिद्धिलक्ष्मी व्यञ्जनकारको सिद्धि, चेतराज उपाध्यायको खप्तड, तारानाथ र नारायणप्रसाद नेपालको गौरीशङ्कर पञ्चाङ्ग विगतका वर्षदेखि समितिको स्वीकृति लिएर प्रकाशित हुँदै आएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको समितिलाई पञ्चाङ्ग (पात्रो), भित्तेपात्रो (क्यालेण्डर) प्रकाशनको स्वीकृति, चाडबाड एवं तिथिमितिको निर्णय र धर्म, संस्कृतिको क्षेत्रलाई नियमन गर्ने काम समितिको गठन आदेश, २०७७ ले दिएको छ । सरकारले २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरेर उक्त जिम्मेवारी दिएको हो ।
धर्म, संस्कृति क्षेत्रलाई नियमन गर्नेगरी समितिको छुट्टै विधेयक मस्यौदा गर्नुपर्ने माग पनि यस क्षेत्रका अभियानकर्मीबाट हुँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ०८:२९
हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...
पौष ११ गते, २०८२ - ०८:१६
काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...
पौष ११ गते, २०८२ - ०८:१३
काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...
पौष ११ गते, २०८२ - ०८:०६
काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...
पौष ११ गते, २०८२ - ०७:५०
म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...
पौष ११ गते, २०८२ - ०७:४४
मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...
पौष ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...
पौष ११ गते, २०८२ - ०७:३३
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...
पौष ११ गते, २०८२ - ०७:०५
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...
पौष ११ गते, २०८२ - ०७:०१
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...




प्रतिकृया लेख्नुहोस्: