Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

सुदुरपश्चिममा सिस्नु चिलाएर मनाइने पर्व “बिसु”

खबरडबली संवाददाता

बाजुरा । सुदूरपश्चिम प्रदेश भाषा, साहित्य, कला, संस्कृति र वेशभूषामा धनी छ । नौ जिल्लामा बाँडिएको यस प्रदेशको अछाम, बाजुरा, बझाङ र कैलालीलगायतका जिल्लामा नयाँ वर्ष फरक ढङ्गले मनाउने परम्परा रहेको छ ।

‘नयाँ वर्षको पहिलो दिन सिस्नो चिलाउनैपर्ने ।’ झट्ट सुन्दा अनौठो लाग्ने यो परम्पराको जग बिसु पर्व हो । हरेक वर्षको पहिलो दिन बिसु पर्व सुरु हुन्छ । यस दिन युवकयुवती एकआपसमा सिस्नो चिलाएर नयाँ वर्ष मनाउने र बिसु पर्वमा रमाउने गर्छन् ।

सिस्नोको नाम सुन्नेबित्तिकै आङ सिरिङ्ग हुन्छ । कारण के हो भने सिस्नोले शरीरमा फोका उठ्ने गरी पोल्छ । सिस्नोको बोटबाट जो कोही टाढा रहन चाहन्छन् । 

बिसु पर्वको दिन सिस्नोको निकै महत्व हुन्छ । प्रत्येक नयाँ वर्षमा सिस्नो चिलाएर यसको सुरुवात गर्ने गरिन्छ । सिस्नो सामान्य झारपात भए पनि यसलाई प्रकृतिको उपहारका रूपमा लिइन्छ ।

साथी–सङ्गी, देवर–भाउजू, नन्द–भाउजू र साली–भिनाबीच एकापसमा सिस्नोपानी छ्याप्ने तथा सिस्नो चिलाएर बिसु पर्व मनाउने र रमाइलो गर्ने परम्परा छ ।

देवर, नन्द, भाउजू, भिनाजु वा साली कोही पनि नहुनेहरूले स्वयंलाई भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा रहेको संस्कृतिका जानकार एवं देउडा गायक यज्ञराज उपाध्यायको भनाइ छ ।

नयाँ वर्षमा शहरको जस्तो शुभकामना आदानप्रदान, नाचगान तथा विविधि मनोरञ्जनका कार्यक्रम गरिँदैनन् । बरु सिस्नोको बोट नै हातहातमा समातेर एकले अर्कोलाई चिलाउने प्रतिस्पर्धा नै चल्छ ।

हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसियालीमा पौराणिककालदेखि नै बिसु पर्व मनाउने गरिएको छ । पृथ्वीले सूर्यको एक परिक्रमा वैशाख १ गते पूरा गर्ने मान्यता पनि यस पर्वसँग जोडिएको छ ।

वैशाख १ गते बिहानै नुहाएर सिस्नो लगाउने प्रचलन सुदूरपश्चिमका गाउँघरमा ताजै छ । यसरी सिस्नो लगाउँदा अघिल्लो वर्ष आफ्नो शरीरमा लागेका कुनै पनि रोगव्याधि वा विकराल तìवबाट मुक्त भइन्छ भन्ने जनविश्वास रहेको छ ।

नयाँ वर्षमा सिस्नो चिलाउँदा त्यस वर्षभरि जुनसुकै विषालु जीवजन्तु वा अन्य समस्याबाट जोगिइन्छ भन्ने मान्यता समेत रहिआएको छ । सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने विश्वास पनि छ । सिस्नोमा हुने ससाना काँडा वा रौँ जस्ता झुसमा ‘फर्मिक अम्ल’ हुने भएकाले त्यसले पोल्ने र फोका उठ्ने गर्छ । सिस्नोमा रहेको हिस्टामाइनले गर्दा शरीर सुन्निने गर्छ ।

युवाको बढ्दो विदेश पलायन र तराईमा बसाइँसराइका कारण पहाडी गाउँबस्तीमा बिसु पर्वमा सिस्नो लगाउने चलन कम हुँदै गरेको देखिन्छ ।

बिसु पर्वको दिन विभिन्न समुदायका युवाले लौरो नचाउने, बिस लौरा खेल्ने, बाघ–भालु जस्ता जङ्गली जनावरको अभिनय गर्ने र देउडा नाच्ने चलन पनि छ । ८/१० वर्ष उमेरका छोरी चेलीलाई पुतलारपुतली ९दुलहा रदुलही० बनाई नक्कली बिहेको रमाइलो पनि गरिन्छ ।

नयाँ वर्षका दिन जङ्गल गएर बिसु लौरो ९काँजी जातको बिरुवाको हाँगाको केही बोक्रा निकाल्ने र केही त्यसैमा राखी आगोमा पोलेर कालो बनाई लौरोमा कालो र सेतो रङ पोते जस्तो देखिने० बनाउने चलन छ । बेलुकीपख गाउँबस्तीका सबै पुरुष एक ठाउँमा जम्मा भएर एक जनालाई बिसु बाघ बनाई काठको फ्ल्याकमा राखेर बोक्ने अनि लखेट्ने प्रचलन पनि रहेको छ ।

दिनभर लगाएर बनाइएका बिसु लौरा बेलुकीपख बिसु बाघ धपाउन प्रयोग गरिन्छन् । यस प्रदेशका नौ वटा जिल्लामध्ये सातवटै पहाडी जिल्लामा बिसु पर्व मनाउने गरिन्छ । बिसु पर्व मनाउने चलन फरक फरक भए पनि सिस्नो चिलाउनु अनिवार्य नै हुन्छ ।

बिसु पर्व आउनुपूर्व प्राय: सबैले घरआँगन रातो माटो र कमेरो माटोले लिपपोत गरेर चिटिक्क पार्छन् । रातो माटो र कमेरो माटोले घर लिपपोत गर्नुलाई ‘घर छिप्नु’ भन्ने गरिन्छ । यो कार्यमा महिला बढी सक्रिय हुन्छन् ।

बिसुमा घरआँगन लिपपोत, बडारकुँडार गरी चिटिक्क पार्दा वर्षभरि सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।

कामको खोजीमा भारत पसेकाहरू समेत यो पर्व मनाउन गाउँघर फर्किने गर्छन् । बिसु पर्व सुरु भएसँगै गहुँबाली भित्र्याउने, मकै र धानबाली लगाउने समय पनि भएकाले परदेशमा रहेकाहरू घर फर्किने गर्छन् ।

बिसु पर्वमा खानाका विभिन्न परिकार खाने र सिस्नो लगाउने प्रचलन परम्पराकालदेखि चलिआएको भनाइ स्थानीय बुढापाकाको छ ।

बिसुमा पुतला

‘आउँदो वर्ष चाँडै आया, रनै पुतए’

पुतला खेल्न पर्यो, आओ आओ सँगीसाथी, रनै पुतए...’

विशेष गरी अछाम र बाजुरामा खेलिने पुतला खेलमा गाइने माथि उल्लेखित गीतको सानो अंश हो । चैतको अन्तिम सातादेखि वैशाख पहिलो साताभित्र शुद्ध मानिने सात दिनसम्म यहाँ परम्परागत भेषमा स्थानीय महिलाले समूहमा गीत गाएर पुतला खेल्ने गर्छन् ।

वसन्त ऋतुको आगमनमा खेलिने पुतला खेल यस क्षेत्रको धार्मिक, मौलिक, सामाजिक र सांस्कृतिक परम्परा पनि हो भन्न सकिन्छ । कुनै बेला अछामी राजाको पुतली नाम गरेकी छोरीको तराईमा बिहे भएको र उनको सर्पले टोकेर मृत्यु भएको सम्झनामा पुतला खेल सुरु भएको किंवदन्ती रहेको छ ।

नमुना बेहुली ९पुतला० बनाएर चामलको डालोमाथि राखेर यो खेल सुरु गरिने प्रचलन रहेको मेल्लेख–५ का स्थानीय काशीराम रोकाया बताउँछन् । उनका अनुसार खेल विसर्जन ९समापन० हुनुभन्दा एक दिनअघि बेहुलाको समेत प्रतिमा बनाएर बिहे गरिन्छ ।

त्यस दिन बेहुलीलाई डोलामा र बेहुलालाई काँधमा बोक्ने गरिन्छ । बिहान र बेलुका हुने यो खेल अन्तिम दिन भने दिउँसो मात्र खेलिन्छ । विभिन्न रङको  फरिया, रातो चौबन्दीमा सजिएका महिलाले सेतो पटुकाको फेरो हातमा समाएर चउर ९पटाङ्गिनी० मा गोलाकार भएर यो खेल खेल्छन् । 

महिलाले मात्र खेल्ने पुतला खेल उत्सवमा हरेक उमेरका महिलाको सहभागिता रहने गर्छ । गोलाकार बनाएर दुई समूहमा बाँधिएका महिलामध्ये आधीले एक भाकामा गीत गाउँछन् भने बाँकीले त्यसको प्रत्युत्तरमा गीत गाउँछन् । 

पुतला गीतमा विभिन्न देवीदेवताको नाम लिइन्छ । विशेष गरी कालिका, पार्वती र स्थानीय देवीदेवताको नाम पुकारेर गीत गाउने गरिएको स्थानीय लोक संस्कृतिकर्मी रोकाया बताउँछन् । अन्तिम दिन रातिको समयमा उक्त पुतलालाई नजिकै रहेको पवित्र पानीको मुहानमा लगेर विसर्जन गरिन्छ ।

रामारोशन–५ का वडाध्यक्ष केशरबहादुर शाहको भनाइमा चैत तथा वैशाखको सुक्खा मौसममा यो खेलले स्थानीयमा नयाँ जोश र उमङ्ग थप्ने गर्छ । पुतला खेलमा छोरीचेलीको वेदना, दु:ख सुख, रमाइलो पक्ष समेटिएका हुन्छन् । 

नाचको अन्तिम दिन अर्थात् पुतला सेलाउने दिन आउँदो वर्ष चाँडै आया, हाम्री खेल्ने पुतली ओ रनै पुतए ।’ भन्दै गीत गाइन्छ । यस्तै गीतका साथ पुतला विसर्जन गरिन्छ । 

पुतला सुदूरपश्चिमका विभिन्न जिल्लामा आआफ्नै तरिकाले खेल्ने गरिन्छ । डोटी, बझाङ र बैतडीको पूर्वी भेक, बाजुरालगायत कर्णालीका जुम्ला, कालीकोट र हुम्लामा समेत यो खेल खेलिन्छ । 

पुतला विसर्जन गरे पनि कलात्मक बिस लौरोलाई भने घरमै राखिन्छ । यसलाई कृषि प्रयोजनमा प्रयोग गरिन्छ । रन–पुतलालाई विशेष गरी बिहे नभएका महिलाले पूजा गर्ने चलन छ । 

भौगोलिक विकटता भए पनि सुदूरपश्चिम संस्कृतिका हिसाबले निकै धनी छ । देउडा, ठाडीभाका, हुड्केली, छलिया, भुवा, गौरा, पुतला, बिसुलगायत मौलिक नाच, गीत र पर्व यो क्षेत्रका महत्वपूर्ण पहिचान हुन् ।

छोरीचेली बिसु पर्व अर्थात् पुतला मनाउनकै लागि माइतीघर फर्किने भएकाले पनि यसलाई आमाछोरी भेट तथा छोरी हप्ता दिनसम्म निर्धक्कले माइतीघर बस्ने अवसरका रूपमा पनि लिने गरिन्छ । पुतलामा रमाउँदा छोरीले घरमा बेहोरेका दु:खपीडा तथा माइतीघरमा विवाह नभएका युवतीले बेहोरेका पीडाका बारेमा बनाइएका गीत गाउने गरिन्छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा-दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)  दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...

समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...

करको दर हेरफेर गरेको आरोप अस्वीकार गर्दै अर्थमन्त्री वाग्लेले भने– तपाईँका काण्डहरु पनि खुल्नेछन्

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्‍याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...

रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित, पराजित गोमा तामाङले राजनीति छोड्ने घोषणा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...

रुकुम पश्चिममा घाँस काट्न गएकी महिलाको मृत्यु

रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...

गृहमन्त्री सुधन गुरुङ पीडितको गुनासो सुन्न माइतीघरमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...

नक्कली भुटानी शरणार्थी प्रकरण: हाइप्रोफाइल व्यक्तिलाई बयानका लागि झिकाउन माग

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...

शिक्षण अस्पताल अस्पताल पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...

नेपाल–भारत सीमा व्यवस्थित गर्न संयुक्त प्राविधिक टोली क्रियाशील छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending