Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८२ बुधबार | 30th April, 2025 Wed
Investment bank

सुदुरपश्चिममा सिस्नु चिलाएर मनाइने पर्व “बिसु”

खबरडबली संवाददाता

बाजुरा । सुदूरपश्चिम प्रदेश भाषा, साहित्य, कला, संस्कृति र वेशभूषामा धनी छ । नौ जिल्लामा बाँडिएको यस प्रदेशको अछाम, बाजुरा, बझाङ र कैलालीलगायतका जिल्लामा नयाँ वर्ष फरक ढङ्गले मनाउने परम्परा रहेको छ ।

‘नयाँ वर्षको पहिलो दिन सिस्नो चिलाउनैपर्ने ।’ झट्ट सुन्दा अनौठो लाग्ने यो परम्पराको जग बिसु पर्व हो । हरेक वर्षको पहिलो दिन बिसु पर्व सुरु हुन्छ । यस दिन युवकयुवती एकआपसमा सिस्नो चिलाएर नयाँ वर्ष मनाउने र बिसु पर्वमा रमाउने गर्छन् ।

सिस्नोको नाम सुन्नेबित्तिकै आङ सिरिङ्ग हुन्छ । कारण के हो भने सिस्नोले शरीरमा फोका उठ्ने गरी पोल्छ । सिस्नोको बोटबाट जो कोही टाढा रहन चाहन्छन् । 

बिसु पर्वको दिन सिस्नोको निकै महत्व हुन्छ । प्रत्येक नयाँ वर्षमा सिस्नो चिलाएर यसको सुरुवात गर्ने गरिन्छ । सिस्नो सामान्य झारपात भए पनि यसलाई प्रकृतिको उपहारका रूपमा लिइन्छ ।

साथी–सङ्गी, देवर–भाउजू, नन्द–भाउजू र साली–भिनाबीच एकापसमा सिस्नोपानी छ्याप्ने तथा सिस्नो चिलाएर बिसु पर्व मनाउने र रमाइलो गर्ने परम्परा छ ।

देवर, नन्द, भाउजू, भिनाजु वा साली कोही पनि नहुनेहरूले स्वयंलाई भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा रहेको संस्कृतिका जानकार एवं देउडा गायक यज्ञराज उपाध्यायको भनाइ छ ।

नयाँ वर्षमा शहरको जस्तो शुभकामना आदानप्रदान, नाचगान तथा विविधि मनोरञ्जनका कार्यक्रम गरिँदैनन् । बरु सिस्नोको बोट नै हातहातमा समातेर एकले अर्कोलाई चिलाउने प्रतिस्पर्धा नै चल्छ ।

हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसियालीमा पौराणिककालदेखि नै बिसु पर्व मनाउने गरिएको छ । पृथ्वीले सूर्यको एक परिक्रमा वैशाख १ गते पूरा गर्ने मान्यता पनि यस पर्वसँग जोडिएको छ ।

वैशाख १ गते बिहानै नुहाएर सिस्नो लगाउने प्रचलन सुदूरपश्चिमका गाउँघरमा ताजै छ । यसरी सिस्नो लगाउँदा अघिल्लो वर्ष आफ्नो शरीरमा लागेका कुनै पनि रोगव्याधि वा विकराल तìवबाट मुक्त भइन्छ भन्ने जनविश्वास रहेको छ ।

नयाँ वर्षमा सिस्नो चिलाउँदा त्यस वर्षभरि जुनसुकै विषालु जीवजन्तु वा अन्य समस्याबाट जोगिइन्छ भन्ने मान्यता समेत रहिआएको छ । सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने विश्वास पनि छ । सिस्नोमा हुने ससाना काँडा वा रौँ जस्ता झुसमा ‘फर्मिक अम्ल’ हुने भएकाले त्यसले पोल्ने र फोका उठ्ने गर्छ । सिस्नोमा रहेको हिस्टामाइनले गर्दा शरीर सुन्निने गर्छ ।

युवाको बढ्दो विदेश पलायन र तराईमा बसाइँसराइका कारण पहाडी गाउँबस्तीमा बिसु पर्वमा सिस्नो लगाउने चलन कम हुँदै गरेको देखिन्छ ।

बिसु पर्वको दिन विभिन्न समुदायका युवाले लौरो नचाउने, बिस लौरा खेल्ने, बाघ–भालु जस्ता जङ्गली जनावरको अभिनय गर्ने र देउडा नाच्ने चलन पनि छ । ८/१० वर्ष उमेरका छोरी चेलीलाई पुतलारपुतली ९दुलहा रदुलही० बनाई नक्कली बिहेको रमाइलो पनि गरिन्छ ।

नयाँ वर्षका दिन जङ्गल गएर बिसु लौरो ९काँजी जातको बिरुवाको हाँगाको केही बोक्रा निकाल्ने र केही त्यसैमा राखी आगोमा पोलेर कालो बनाई लौरोमा कालो र सेतो रङ पोते जस्तो देखिने० बनाउने चलन छ । बेलुकीपख गाउँबस्तीका सबै पुरुष एक ठाउँमा जम्मा भएर एक जनालाई बिसु बाघ बनाई काठको फ्ल्याकमा राखेर बोक्ने अनि लखेट्ने प्रचलन पनि रहेको छ ।

दिनभर लगाएर बनाइएका बिसु लौरा बेलुकीपख बिसु बाघ धपाउन प्रयोग गरिन्छन् । यस प्रदेशका नौ वटा जिल्लामध्ये सातवटै पहाडी जिल्लामा बिसु पर्व मनाउने गरिन्छ । बिसु पर्व मनाउने चलन फरक फरक भए पनि सिस्नो चिलाउनु अनिवार्य नै हुन्छ ।

बिसु पर्व आउनुपूर्व प्राय: सबैले घरआँगन रातो माटो र कमेरो माटोले लिपपोत गरेर चिटिक्क पार्छन् । रातो माटो र कमेरो माटोले घर लिपपोत गर्नुलाई ‘घर छिप्नु’ भन्ने गरिन्छ । यो कार्यमा महिला बढी सक्रिय हुन्छन् ।

बिसुमा घरआँगन लिपपोत, बडारकुँडार गरी चिटिक्क पार्दा वर्षभरि सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।

कामको खोजीमा भारत पसेकाहरू समेत यो पर्व मनाउन गाउँघर फर्किने गर्छन् । बिसु पर्व सुरु भएसँगै गहुँबाली भित्र्याउने, मकै र धानबाली लगाउने समय पनि भएकाले परदेशमा रहेकाहरू घर फर्किने गर्छन् ।

बिसु पर्वमा खानाका विभिन्न परिकार खाने र सिस्नो लगाउने प्रचलन परम्पराकालदेखि चलिआएको भनाइ स्थानीय बुढापाकाको छ ।

बिसुमा पुतला

‘आउँदो वर्ष चाँडै आया, रनै पुतए’

पुतला खेल्न पर्यो, आओ आओ सँगीसाथी, रनै पुतए...’

विशेष गरी अछाम र बाजुरामा खेलिने पुतला खेलमा गाइने माथि उल्लेखित गीतको सानो अंश हो । चैतको अन्तिम सातादेखि वैशाख पहिलो साताभित्र शुद्ध मानिने सात दिनसम्म यहाँ परम्परागत भेषमा स्थानीय महिलाले समूहमा गीत गाएर पुतला खेल्ने गर्छन् ।

वसन्त ऋतुको आगमनमा खेलिने पुतला खेल यस क्षेत्रको धार्मिक, मौलिक, सामाजिक र सांस्कृतिक परम्परा पनि हो भन्न सकिन्छ । कुनै बेला अछामी राजाको पुतली नाम गरेकी छोरीको तराईमा बिहे भएको र उनको सर्पले टोकेर मृत्यु भएको सम्झनामा पुतला खेल सुरु भएको किंवदन्ती रहेको छ ।

नमुना बेहुली ९पुतला० बनाएर चामलको डालोमाथि राखेर यो खेल सुरु गरिने प्रचलन रहेको मेल्लेख–५ का स्थानीय काशीराम रोकाया बताउँछन् । उनका अनुसार खेल विसर्जन ९समापन० हुनुभन्दा एक दिनअघि बेहुलाको समेत प्रतिमा बनाएर बिहे गरिन्छ ।

त्यस दिन बेहुलीलाई डोलामा र बेहुलालाई काँधमा बोक्ने गरिन्छ । बिहान र बेलुका हुने यो खेल अन्तिम दिन भने दिउँसो मात्र खेलिन्छ । विभिन्न रङको  फरिया, रातो चौबन्दीमा सजिएका महिलाले सेतो पटुकाको फेरो हातमा समाएर चउर ९पटाङ्गिनी० मा गोलाकार भएर यो खेल खेल्छन् । 

महिलाले मात्र खेल्ने पुतला खेल उत्सवमा हरेक उमेरका महिलाको सहभागिता रहने गर्छ । गोलाकार बनाएर दुई समूहमा बाँधिएका महिलामध्ये आधीले एक भाकामा गीत गाउँछन् भने बाँकीले त्यसको प्रत्युत्तरमा गीत गाउँछन् । 

पुतला गीतमा विभिन्न देवीदेवताको नाम लिइन्छ । विशेष गरी कालिका, पार्वती र स्थानीय देवीदेवताको नाम पुकारेर गीत गाउने गरिएको स्थानीय लोक संस्कृतिकर्मी रोकाया बताउँछन् । अन्तिम दिन रातिको समयमा उक्त पुतलालाई नजिकै रहेको पवित्र पानीको मुहानमा लगेर विसर्जन गरिन्छ ।

रामारोशन–५ का वडाध्यक्ष केशरबहादुर शाहको भनाइमा चैत तथा वैशाखको सुक्खा मौसममा यो खेलले स्थानीयमा नयाँ जोश र उमङ्ग थप्ने गर्छ । पुतला खेलमा छोरीचेलीको वेदना, दु:ख सुख, रमाइलो पक्ष समेटिएका हुन्छन् । 

नाचको अन्तिम दिन अर्थात् पुतला सेलाउने दिन आउँदो वर्ष चाँडै आया, हाम्री खेल्ने पुतली ओ रनै पुतए ।’ भन्दै गीत गाइन्छ । यस्तै गीतका साथ पुतला विसर्जन गरिन्छ । 

पुतला सुदूरपश्चिमका विभिन्न जिल्लामा आआफ्नै तरिकाले खेल्ने गरिन्छ । डोटी, बझाङ र बैतडीको पूर्वी भेक, बाजुरालगायत कर्णालीका जुम्ला, कालीकोट र हुम्लामा समेत यो खेल खेलिन्छ । 

पुतला विसर्जन गरे पनि कलात्मक बिस लौरोलाई भने घरमै राखिन्छ । यसलाई कृषि प्रयोजनमा प्रयोग गरिन्छ । रन–पुतलालाई विशेष गरी बिहे नभएका महिलाले पूजा गर्ने चलन छ । 

भौगोलिक विकटता भए पनि सुदूरपश्चिम संस्कृतिका हिसाबले निकै धनी छ । देउडा, ठाडीभाका, हुड्केली, छलिया, भुवा, गौरा, पुतला, बिसुलगायत मौलिक नाच, गीत र पर्व यो क्षेत्रका महत्वपूर्ण पहिचान हुन् ।

छोरीचेली बिसु पर्व अर्थात् पुतला मनाउनकै लागि माइतीघर फर्किने भएकाले पनि यसलाई आमाछोरी भेट तथा छोरी हप्ता दिनसम्म निर्धक्कले माइतीघर बस्ने अवसरका रूपमा पनि लिने गरिन्छ । पुतलामा रमाउँदा छोरीले घरमा बेहोरेका दु:खपीडा तथा माइतीघरमा विवाह नभएका युवतीले बेहोरेका पीडाका बारेमा बनाइएका गीत गाउने गरिन्छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँगको वार्ता गर्न अघि शिक्षक महासंघ आन्तरिक छलफलमा जुटे

काठमाडौं । सरकारसँग पुन: वार्तामा बस्नुअघि शिक्षक महासंघ आन्तरिक छलफलमा जुटेको छ । आन्दोलनको रणनीति र सरकारसँगको वार्ताबारे छलफल गर्न बैठक बस्न लागेको...

राष्ट्रपतिले शुक्रबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्...

लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची हुन् : मन्त्री पाण्डे

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची भएको धारणा व्यक्त गरेको छन् । मङ्गलबार ते...

सेवाग्राहीसँग तीस हजार घुस लिएका प्रहरी नायब निरीक्षक रंगेहात पक्राउ

काठमाडौं । सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा रुपन्देहीको दुर्गौलिया प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिम बहादुर खड्काविरुद्ध ...

ओरालो लाग्यो नेप्से, घट्यो कारोबार

काठमाडौं । अघिल्लो दिन सोमबारको गिरावटलाई निरन्तरता दिँदै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक मंगलबार पुन:  १५.०८ अंकले घट्दै २६३१.९८ विन्दुमा झरेको ...

आइपिएलमा राजस्थान रोयल्सका १४ वर्षीय वैभवको सतक कीर्तिमान

काठमाडौँ । इन्डियन प्रिमियर लिग ९आइपिएल० मा राजस्थान रोयल्सका १४ वर्षीय ब्याट्सम्यान वैभव सुर्यवंशीले यतिवेला विश्वभरका क्रिकेट समर्थकको ध्यान खिचेको ...

डजबल प्रतियोगितामा नेपाल तेस्रो

काठमाडौँ। भारतको कर्नाटकमा सम्पन्न त्रिकोणीय डजबल प्रतियोगितामा नेपाल तेस्रो भएको छ । नेपाल पहिलो अन्तर्राष्ट्रिय सहभागितामै कांस्य पदक जित्न सफल भयो ...

सेती प्रादेशिक अस्पतालबाट मिर्गौलापीडित बिरामीले हामफालेपछि घटनास्थलमै मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत मिर्गौला पीडित एक बिरामीले तेस्रो तलाबाट हामफाले मृत्यु भएको छ । प्रादेशिक अस्पतालमा डायलाइसिस गराउँदै आएक...

पूर्व पश्चिम राजमार्गको जग्गा मिचेर बनाइएका १३ वटा घरटहरा भत्काईंदै

हेटौँडा। पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ७ र ८ जोड्ने पक्की पुल बनाउँदा खारेज गरिएको पूर्व पश्चिम राजमार्गको जग्गा मिचेर बनाइएका १३ वटा घरटहरा भत्क...

राप्रपाका उपाध्यक्ष मिश्रमाथि दुर्व्यवहार गरियो, सरकार सच्चियोस् : सांसद झा

काठमाडौँ। रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै सरकार...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending