मकवानपुरगढी। मकवानपुर प्रहरीले झण्डै चार लाख १४ हजार मूल्य बराबरको प्रतिबन्धित लागु औषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ ।
बिहीबार प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलिले हेटौँडा–१५ रातोमाटेस्थित चेकपोइन्टमा सवारीसाधन रोकि चेकजाँच गर्ने क्रममा बाराबाट हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडीसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा गाडी चालक बाराको पाचरौता नगरपालिका वडा नम्बर–७ बस्ने बेनौली बस्ने वर्ष २५ का तिर्थलाल पाश्वान र सोहि स्थान बस्ने सहचालक वर्ष २३ का सुनिल पटेल रहेका छन् ।
उनीहरुको साथबाट ट्रामाडोल (हाइड्रो क्लोरिड क्यापसुल आइ.पी ५० एमजी) पाँच हजार सात सय ५० पिस क्यापसुल बरामद गरिएको हो ।
प्रहरीका अनुसार उक्त लागु औषध पिकअप आडीको इन्जिन भएको भागमा लुकाइछिपाइ राखिएको अवस्थामा बरामद गरिएको हो ।
पटेल र पासवानलाई नियन्त्रणमा लिइ मकवानपुर जिल्ला अदालत हेटौँडाबाट पाँच दिनको म्याद अनुमति लिइ विशेष अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया लेख्नुहोस्: