Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८२ सोमबार | 12th May, 2025 Mon
Investment bank

सात दिनभित्र दर्ता नभए मेटा (फेसबुक) लाई नेपालमा प्रतिबन्ध लगाउने

खबरडबली संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। शुक्रवार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको बताए । उनले तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिए। मन्त्री गुरुङले नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने बताए । उनले मेटाले नेपालको कुल गाहस्थ्र्य उत्पादन (जिडिपी) भन्दा आफ्नो आम्दानी धेरै भएको घमन्ड गरेको बताउँदै मुलुकको स्वाधीनता पैसामा जोड्न नसकिने जिकिर गरे । उनले नेपालमा हालसम्म टिकटक, भाइबर र वी–टक मात्रै दर्ता भएको जानकारी गराए।

उनले भने, ‘मेटा भन्ने बित्तिकै फेसबुक होला, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम होला, चलिरहेका छन् । यत्रो धेरै चलिरहेका छन् । हरेक घण्टामा यहीं समाजबाटै २–४ हजार पैसा गइरहेको होला मेटाको कार्यालयमा । नेपालमा सबभन्दा बढी प्रयोग हुने फेसबुक, हाम्रो पलपलमा पैसा त्यसरी गएको छ । हाम्रो पैसा त्यसरी लुट्ने ? यहाँ हामीसँग दर्ता हुनुपर्दैन, कर तिर्नुपर्दैन ? त्यसको कारणले फैलने गलत कुराहरू हामीले नियन्त्रण गर्नु पर्दैन ? पर्छ नि । तीन पटक भयो । म आउने बित्तिकै सूचना जारी गरें, त्यसपछि फेरि सूचना जारी गरें । तेस्रो पटक फेरि सूचना जारी गरेँ, अस्ती भर्खर म्याद सकियो । अब ७ दिनभन्दा बढी दिन्नँ मैले । यसबीचमा हामीले उनीहरूलाई खोज्दै हिँड्यौं । देशभन्दा ठूलो रे उनीहरू । उनीहरूको घमण्ड के रैछ भने नेपालको जिडिपी कति हुन्छ र ? इत्ति। हाम्रो संस्थाभन्दा धेरै सानो हो नेपाल त भन्दो रैछ । मुलुकको स्वाधीनता पैसामा जोडिँदैन ।’ 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हर्क साम्पाङ लोकतन्त्रमा फुलेको सुन्दर फूल हाेः अध्यक्ष प्रचण्ड

धरान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले किराँती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद...

शेयर बजार ओरालाे लाग्दा साढे ११ अर्ब माथि काराेबार

काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक १२ दशलमव ०४ अंकले घटेर २,६६१ को विन्दुमा कायम भएक...

शेयर बजार ओरालाे लाग्दा साढे ११ अर्ब माथि काराेबार

काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक १२ दशलमव ०४ अंकले घटेर २,६६१ को विन्दुमा कायम भएक...

अब कोशीको नाम किरात, लिम्बुवान् र कोच समेटेर राख्छौँः अध्यक्ष प्रचण्ड

सुनसरी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेले आफूहरूले बहुमत ल्याए कोशी प्रदेशको नाम फेरेर पहिचानको आधारमा राख्ने उद्घोष गरेक...

श्रीलङ्कामा बस दुर्घटना हुँदा २१ तीर्थयात्रीको मृत्यु, १४ जनाको अवस्था गम्भीर

काठमाडौं । श्रीलङ्काको कोटमाले क्षेत्रमा तीर्थयात्री चढेको बस भीरबाट खस्दा २१ जनाको मृत्यु भएको छ । आइतबार बिहान भएको दुर्घटनामा अन्य १४ जना गम्भीर घा...

पत्रकार दुर्घटना बिमालाई थप विस्तार गर्न प्रेस सेन्टर नेपालको माग

युवराज कार्की (सन्ताेष) उदयपुर। स्थानीय सञ्चारमाध्यमको दर्ता तथा नविकरण प्रक्रियालाई सरल बनाउन प्रेस सेन्टर नेपालले माग गरेको छ । प्रेस सेन्टर नेपा...

वार्षिक दुई करोडको तरकारी उत्पादन, ३८ जनालाई रोजगारी

दाङ । घोराही उमहानगरपालिका–१० नारायणपुरमा तरकारीखेती गरेका रोल्पाको रुन्टीगढी गाउँपालिका–७ गैराका महेन्द्र खड्काले स्थानीय ३८ जनालाई रोजगारी दिएका छन्...

युद्धविरामपछि सामान्य बन्दै जम्मूको जनजीवन

काठमाडौं । आइतबार बिहान जम्मूमा अवस्था सामान्य देखिएको छ । मानिसहरू घरबाट बाहिर निस्किए, केही पसलहरू खुले र सडकहरूमा आवतजावत सुरु भएको छ । गत शनिबा...

प्रतिनिधि सभा बैठक प्रत्यक्ष प्रसाण

150

बंगलादेशमा शेख हसिनाको पार्टीलाई प्रतिबन्ध

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले गत वर्षको जनविद्रोहमा अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनाको अवामी लिगका सबै गतिविधिमा प्रतिबन्ध लगाएको छ । सरका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending