Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

सरकारको भविष्यबारे सशङ्कित ओलीलाई देउवाले दिए राहत

खबरडबली संवाददाता

काठमाडौं । सरकारको भविष्यबारे सशङ्कित प्रधानमन्त्री केपि ओलीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले राहत दिएका छन् । सरकारको निरन्तरता र भविष्यबारे एमाले नै सशङ्कित भइरहेको बेलामा काङ्ग्रेस सभापति देउवाले समीकरण फेरबदल नहुने भन्दै प्रष्ट पारेका हुन् ।

बैङ्कक भ्रमणमा देउवा निस्किएसँगै सरकार परिवर्तन हुने हल्ला बढिरहेको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ले बिहीबार संसदीय दलको बैठक राखेर देउवा फर्किएपछि समीकरण फेरबदलबारे छलफल गर्ने ब्रिफिङसमेत गरेका थिए ।

बिहीबार नै प्रधानमन्त्री ओली, प्रचण्ड र काङ्ग्रेस महामन्त्री गगन थापाले सरकारको निरन्तरताबारे सशङ्कित हुने अभिव्यक्ति दिएका थिए ।  प्रधानमन्त्री ओलीले राष्ट्रियता र स्वाधीनताबारे एमालेले स्पष्ट अडान लिएका विदेशका दलाल तत्वहरू एमालेविरूद्ध खनिएको दाबी गरेका थिए । आफ्नो नेतृत्वमा काङ्ग्रेस(एमाले गठबन्धन सरकार बनेपछि पहिलो पटक विदेशका दलला तत्वहरू एमालेविरूद्ध लागेको उनको अभिव्यक्ति थियो ।

शुक्रबार बैङ्ककबाट फर्किएका काङ्ग्रेस सभापति देउवालाई सञ्चारकर्मीहरूले समीकरण फेरबदलको सम्भावनाबारे जिज्ञासा राखेका थिए । उनले वर्तमान समीकरण नै अघि बढ्ने बताएका छन् । सरकारमा कुनै पनि समस्या नरहेको उनको भनाइ थियो । “केही समस्या छैन । केही भएकै छैन । गठबन्धन जस्तो छ ठीक छ । केही भएको छैन,” उनको भनाइ थियो ।

समीकरण फेरबदलबारे प्रश्न गर्दा उनले आफूलाई त्यो विषयमा जानकारी नरहेको प्रतिक्रिया देउवाले दिएका छन् । “कसले भन्यो ? मलाई थाहा छैन,” देउवाले भने ।

देउवाको अभिव्यक्तिले सरकार परिवर्तनका लागि बैङ्कक गएको अफवाह चिरेको र सरकारको भविष्यबारे सङ्शकित ओलीलाई समेत राहत मिलेको छ ।

देउवा आज स्वदेश फर्कँदै, ओली सरकार ढल्न सक्ने संकेत

ओलीकाे कार्यशैलीप्रति सत्ता गठबन्धनका नेताहरुनै असन्तुष्ट

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending