Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

सहकारी ठगीमा फरार कांग्रेस सांसद राईलाई सरकारको संरक्षण

संसदमै पुगेर हाजिर गरेर बाहिरिइन्, तीन घेराको प्रहरीले ‘नदेखेझैँ’ गर्‍यो

खबरडबली संवाददाता

काठमाडौं । बानेश्वरस्थित संसद् भवन प्रवेश गर्ने गेटहरूदेखि बैठक कक्षसम्म पुग्न सांसदहरूले कम्तीमा तीन सुरक्षा घेरा पार गर्नुपर्छ । प्रायः सबै प्रहरीले सबै सांसदलाई चिनेका पनि हुन्छन् । तर, शुक्रबार आठ महिनादेखि फरार एक कांग्रेस सांसद सरासर संसद्भित्र पुगिन्, हाजिरी गरिन् र फर्किइन् । प्रहरीले ‘नदेखेझैँ’ गर्‍यो ।

सहकारी ठगीमा प्रहरीको खोजी सूचीमा रहेकी कांग्रेसकी फरार सांसद माया राई आठ महिनापछि संसद्मा उपस्थित भएकी हुन् । संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन महाशाखाका उपसचिव प्रदीपकुमार नेपालका अनुसार बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधिसभा सदस्य राईले संसद्मै पुगेर हाजिर गरेकी छिन् ।

हाजिरलगत्तै उनी हिँडेकी थिइन् । पक्राउ पुर्जी जारी गरेको प्रहरीले भने उनलाई संसद् भवनपरिसरमा भेट्टाएन । अहिले गृह प्रशासनकै संरक्षणमा राईलाई संसद्मा उपस्थित गराइएको संसद्का पदाधिकारी बताउँछन् । उनले संसद्को तलब–भत्ता पनि नियमित बुझेकी छिन् । 

भोजपुरबाट आदिवासी जनजाति कोटातर्फ समानुपातिक सांसद राई काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको दुई अर्ब ६५ करोड हिनामिनामा पक्राउ पुर्जी जारी भएपछि फरार थिइन् । उनी भदौयता सदन र समितिमा अनुपस्थित रहँदै आएकी थिइन् । 

पक्राउ पुर्जी जारी भएर प्रहरीको गिरफ्तारी छल्दै हिँडेकी राई १८ माघदेखि १९ चैतसम्म २७ वटा बैठक चलेको हिउँदे अधिवेशनमा एक दिन पनि उपस्थित भइनन् । राईले अनुपस्थितिको सूचना पनि दिइनन् ।

अधिवेशन सकिएको भोलिपल्ट संविधान र नियमावलीविपरीत पद जोगाउन संसद् सचिवालयको कार्यव्यवस्था तथा परामर्श महाशाखामा बिरामी रहेको भनेर अनुपस्थितिको सूचना दिएकी थिइन् । अग्रिम सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भए स्थान रिक्त हुने संविधानको धारा ८९ (घ)अनुसार राईलाई पदमुक्त गर्नुपर्नेमा सरकार र सभामुखको योजनामा पद जोगाउनका लागि संसद्मा उपस्थित गराई हाजिर गराइएको एक पदाधिकारीले बताए ।

‘पहिलो सहकारी ठगीमा फरार हुनुहुन्छ । गृह प्रशासनकै संरक्षणमा उहाँलाई संसद्मा उपस्थित गराइयो,’ ती पदाधिकारीले भने, ‘दोस्रो उहाँ सूचना नदिएर १० भन्दा बढी बैठकमा अनुपस्थित हुनुभएको छ । यो भनेको स्थान रिक्तताको अवस्था हो । सरकारले गिरफ्तार नगरेको र सभामुखले स्थान रिक्तताको सूचना नटाँसेका वेला उच्च तहकै संरक्षणमा पद जोगाउन हाजिर गराइयो । कानुन बनाउने ठाउँमै विधिको उल्लंघन भयो ।’

यसअघि फरार अवस्थामा एमाले सांसद लक्ष्मी कोइरी महतो संसद्मा उपस्थित हुँदा चर्काे विरोध भएको थियो । फरार अवस्थामा कोइरीको बिरामी बिदा स्वीकृत गराउँदा विपक्षीले सदनमै विरोध गरेका थिए । यद्यपि, कोइरीले पछि अभियोगबाट सफाइ पाएका थिए । अहिले कांग्रेस सांसद राई पनि राज्यकै संरक्षणमा सुटुक्क उपस्थित भई हाजिर गरेर हिँडेकी हुन् । 

त्यस्तै, नवलपुरको कावासोतीको छिपछिपे उपभोक्ता सहकारी संस्थाको १६ करोड ६९ लाख बचत अपचलनमा राप्रपा सांसद गीता बस्नेतविरुद्ध एक वर्षअघि नै पक्राउ पुर्जी जारी भए पनि प्रहरीले नियन्त्रणमा लिएको छैन । १२ महिनादेखि संसद्मा अनुपस्थित राईको दुईपटक बिरामी बिदा स्वीकृत गरिदिएर सभामुख देवराज घिमिरेले पद जोगाइदिएका छन् । 

सहकारी ठगीमा संलग्नता पुष्टि हुँदा पनि सत्तारूढ दल कांग्रेसकी सांसद भएकाले उनलाई पक्राउ गर्न गृह मन्त्रालयले स्वीकृति नदिएको प्रहरी स्रोत बताउँछ । पद जोगाउनकै लागि गृह मन्त्रालयसमेतको मिलेमतोमा फरार रहेकै अवस्थामा उनलाई सुटुक्क संसद्मा हाजिर गर्ने वातावरण मिलाइएको छ । 

जिल्ला प्रहरी परिसर, काठमाडौंले पहिलो चरणमा अनुसन्धान गरी गत २१ पुसमा ३९ जनाविरुद्ध मुद्दा दायर गरी थप व्यक्तिमाथि दोस्रो चरणमा अनुसन्धान गर्ने बताएको थियो । तर, त्यसमा फरार सांसद संसद्मा हाजिर गर्न जाँदा पनि प्रहरीले चासो नदिनुले प्रहरी अनुसन्धान सत्ताको छायामा परेको प्रस्ट भएको छ । 

काठमाडौं परिसरका एसएसपी विश्व अधिकारी सांसद राईले संसद्मा हाजिर गरेको विषयमा जानकारी नभएको बताउँछन् । ‘स्वर्णलक्ष्मी सहकारीको ठगीमा थप अनुसन्धान चलिरहेकै छ,’ उनले भने, ‘फरारहरूको खोजीको काम भइरहेको छ ।’ 

प्रहरी अनुसन्धानका क्रममा सहकारीमा गरेका निर्णयका माइन्युट भेटिएका छन् । ऋण प्रवाह गर्नेलगायत निर्णयमा सांसद राईको हस्ताक्षर भेटिएको स्रोत बताउँछ । उनी दुई कार्यकाल स्वर्णलक्ष्मीको सञ्चालक समितिमा बसेकी थिइन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकारीका अनुसार सहकारीका माइन्युट र संसद्मा उनले गरेको हस्ताक्षरसमेत ‘म्याच’ भइसकेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending