Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८२ मंगलवार | 23rd September, 2025 Tue
Investment bank

बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

खबरडबली संवाददाता

ढाका । आइतबार बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

स्थानीय स्रोतका अनुसार आइतबार दिउँसो आएको  आँधीका बेला अधिकांश पीडित खेतमा काम गरिरहेका थिए । ढाकाबाट करिब १२२ किलोमिटर उत्तरमा रहेको मिमेन्सिंह जिल्लामा रुख ढलेर दुई जनाको मृत्यु भएको जनाइएको छ ।

ब्राह्मणबाडिया जिल्लामा पाँच जना, किशोरगङ्ज जिल्लामा चार जना र शेरपुर, हबिगञ्ज तथा नाओगाँ जिल्लामा एक–एक जनाको मृत्यु भएको छ । ढाकास्थित एक सरकारी अधिकारीले मृत्युको यकिन सङ्ख्याको तत्काल पुष्टि गर्न सकेनन् । बङ्गलादेशमा यस्तो समयमा चट्याङ लागेर मृत्यु हुनु सामान्य हो ।

यस वर्षको अप्रिल २४ मा पनि दुई घण्टाभित्र नौ जनाको चट्याङका कारण मृत्यु भएको थियो । विगत केही वर्षयता बङ्गलादेशमा चट्याङ लागेर हुने मृत्युको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको छ । विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण बङ्गलादेश यस्ता प्राकृतिक विपत्तिहरूको लागि अझ बढी संवेदनशील बनेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झलनाथ खनालकी पत्नी चित्रकार थप उपचारका लागि भारत लाने तयारी

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आफ्नै घरमा आगलागी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका ल...

दसैँ सुरु भएसँगै अन्तर्राष्ट्रिय उडानमा चाप बढ्यो

काठमाडौँ । बडादसैँ सुरु भएसँगै मुलुकको हवाई उडानमा चाप बढेको छ । विशेषगरी अन्तर्राष्ट्रिय उडानमा चाप भएपनि आन्तरिकतर्फ भने सामान्य रहेको त्रिभुवन अन्त...

धरानमा एकैदिन दुई खुकुरी प्रहार, दुई घाइते

धरान । धरानमा आइतबार अलग-अलग समयमा भएका दुई खुकुरी प्रहार घटनामा दुई जना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुका...

हुम्लामा राष्ट्रिय सडक सञ्जाल जोडिएपछि खच्चड हराउँदै

हुम्ला । हिमाली जिल्ला हुम्लामा विगतमा यातायातको प्रमुख साधनका रूपमा प्रयोग गरिने खच्चड विस्तारै हराउँदै गएका छन् । जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडि...

बेरुजुको भारले थिचिँदै कोशी प्रदेशका मन्त्रालय

विराटनगर । कोशी प्रदेश सरकार बेरुजुको बढ्दो बोझले थिचिँदै गएको छ । प्रदेशका अधिकांश मन्त्रालयहरू बेरुजु फछर्यौटमा असफल देखिँदा आर्थिक सुशासनमाथि गम्भी...

कोदारी राजमार्ग सञ्चालनमा, तातोपानी नाका फेरि खुल्यो

काठमाडौँ । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग सोमबार दिउँसोदेखि पुनः सञ्चालनमा आएको छ । भोटेकोशी गाउँपालिका–२ को कोदारी...

उपल्लो डोल्पास्थित तीन वटा बिक्री केन्द्रमा खाद्यान्न नहुँदा समस्या

काँक्रेविहार । उपल्लो डोल्पास्थित तीन वटा बिक्री केन्द्रमा खाद्यान्न नहुँदा समस्या भएको छ । तीन पालिकास्थित धो, सालदाङ र तिन्जेमा रहेका खाद्य व्यवस्था...

मध्य भोटेकोशी जलविद्युत् आयोजनाबाट परीक्षण उत्पादन सुरु, उर्जामन्त्री घिसिङद्वारा स्थलगत निरीक्षण

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माण भएको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाबाट ७२ घण्टे परीक्षण उत्पादन सुरु भएको छ। ऊर्जा, जलस्रोत त...

कांग्रेस संस्थापनइतर समूहद्वारा विशेष महाधिवेशनको माग, भोलिदेखि हस्ताक्षर अभियान सुरु गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका महाधिवेशन प्रतिनिधिहरूले पार्टीलाई पुनर्गठन गर्दै सुदृढ बनाउन विशेष महाधिवेशनको माग गरेका छन् । सोमबार...

शान्ति र स्थिरताका लागि संयुक्त राष्ट्रको दृढ प्रतिबद्धता

संयुक्त राष्ट्र । संयुक्त राष्ट्र महासचिव अन्तोनियो गुटेरेसले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा विश्व समुदायलाई ‘सहकार्य र समझदारीको पुल बनाउन र स्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending