काठमाडौँ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारीको निष्ठा, आदर्श, जीवनशैलीलाई व्यवहारमा उतार्न सके राजनीतिप्रति जनताको भरोसा र विश्वास कायम गर्न ठुलो टेवा पुग्ने बताएको छिन् ।
शनिवार ललितपुरमा मनमोहन अधिकारीको २६ औँ स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो । उनले २०५१ सालमा संसद्मा सबैभन्दा ठुलो दलको हैसियतमा मनमोहन अधिकारीको नेतृत्वमा गठित नेपाल कम्युनिस्ट पार्टी ृएमाले को सरकार सामाजिक न्याय, सुशासन, पारदर्शिता, समावेशिताको दृष्टिले ऐतिहासिक र अब्बल रहेको बताइन्। उनले नेकपा एमालेको उक्त ऐतिहासिक नौ महिने कम्युनिस्ट सरकारले अघि सारेका आफ्नो गाउँ, आफैँ बनाऊँ, ज्येष्ठ नागरिकहरूका लागि सम्मान वृद्ध भत्ता र नौ सका कार्यक्रम, सामाजिक, आर्थिक विकासका लोकप्रिय कार्यक्रमले राष्ट्र निर्माणमा जनतालाई परिचालन गर्न सफल भएको स्मरण गरिन्। उनले मनमोहन अधिकारीले ल्याएका यी कार्यक्रमहरूको जस अझैसम्म पनि नेकपा एमालेले पाइरहेको बताइन्।
मनमोहन अधिकारी जस्ता प्रगतिशील सोच, विचार भएका नेताहरूबाट प्रेरणा लिई मुलुकको आर्थिक, सामाजिक रूपान्तरणका दिशामा सबैले सक्रिय भूमिका निर्वाह गर्न आवश्यक रहेको बताइन् । पूर्व राष्ट्रपति भण्डारीले भनिन्, ‘मनमोहन अधिकारीको निष्ठा, आदर्श, जीवनशैलीलाई व्यवहारमा उतार्न सके राजनीतिप्रति जनताको भरोसा, विश्वास र कायम गर्न ठुलो टेवा पुग्ने मेरो विश्वास छ । २०५१ सालमा संसदमा सबैभन्दा ठुलो दलको हैसियतमा मनमोहन अधिकारीको नेतृत्वमा गठित नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सरकार सामाजिक न्याय, सुशासन, पारदर्शिता, समावेशिताको दृष्टिले ऐतिहासिक र अब्बल थियो ।
नेकपा एमालेको उक्त ऐतिहासिक नौ महिने कम्युनिस्ट सरकारले अघि सारेका आफ्नो गाउँ, आफैँ बनाऊँ, ज्येष्ठ नागरिकहरूका लागि सम्मान वृद्ध भत्ता र नौ सका कार्यक्रम, सामाजिक, आर्थिक विकासका लोकप्रिय कार्यक्रमले राष्ट्र निर्माणमा जनतालाई परिचालन गर्न सफल भएको थियो । आजको स्थितिमा उहाँ जीवित हुनुहुन्थ्यो भने गणतन्त्रको सुदृढीकरणसँगै समाजवाद उन्मुख, सामाजिक, आर्थिक प्रणालीको निर्माणमा उहाँको उल्लेखनीय योगदान हुने थियो ।’
पूर्व राष्ट्रपति भण्डारीले मनमोहन अधिकारी एक राजनीतिक नेता मात्र नभई नेपाली समाजका लागि प्रेरणादायी र आदर्श व्यक्तित्व भएको बताइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - १७:४९
पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...
जेष्ठ २८ गते, २०८३ - १७:२६
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...
जेष्ठ २८ गते, २०८३ - १७:१०
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...
जेष्ठ २८ गते, २०८३ - १७:०३
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...
जेष्ठ २८ गते, २०८३ - १६:५७
इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...
जेष्ठ २८ गते, २०८३ - १६:४६
रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...
जेष्ठ २८ गते, २०८३ - १६:४१
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...
जेष्ठ २८ गते, २०८३ - १६:०६
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...
जेष्ठ २८ गते, २०८३ - १५:५९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...
जेष्ठ २८ गते, २०८३ - १५:४१
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...



प्रतिकृया लेख्नुहोस्: