Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

कारागारभित्रै सीप सिकेर कमाउँछ कैदीबन्दीहरू

खबरडबली संवाददाता

बागमती।  मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दीहरू कारागारभित्रै सीपमूलक कार्य गरी राम्रो आम्दानी गर्दै आएका छन् । 

कारागार व्यवस्थापनले विभिन्न आरोपमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई समाजमा पुन:स्थापित गराउने उद्देश्यले कारागारभित्रै सीपमूलक कार्य गर्न प्रेरित गरेपछि उनीहरू त्यसतर्फ आकर्षित भएका हुन् । 

कारागारभित्र कैदीहरू कोही गलैँचा बनाउन व्यस्त छन् भने कोही मुढा त कोही मैनबत्ती बनाउन व्यस्त रहेकोे दृश्य कारागारभित्र देख्न सकिन्छ । कैदीबन्दीमध्ये धेरैले कुनै न कुनै सीपमूलक काम गरेर आयआर्जन गरिरहेका छन् । 

कतिपय कैदीबन्दीहरूलाई जेलमा भेट्न आउने आफन्तसँग भेटघाट गर्नसम्म फुर्सद हुँदैन । कैदीबन्दीहरू सीपमूलक कार्य गरेर मासिक रु। १५ हजारदेखि रु। २० हजारसम्म आम्दानी गर्ने गरेका छन् । विभिन्न कारण र बाध्यतामा अपराध कर्म गरे पनि कारागारभित्रै सीप सिकेर आम्दानी गर्न पाउँदा समाजमा पुन:स्थापित हुन समेत सहज हुने कैदी जयराम रुम्बाले बताए। 

“अदालतबाट जेल सजाय पाएपछि जीवन नै सकियो भनेजस्तो लागेको थियो”, मकवानपुरका रुम्बाले भने, “तर जेलमा आएर गलैँचा बनाउने सीप सिकेपछि फेरि समाजमा इमान्दारीपूर्वक काम गरेर जीवन बिताउन सकिन्छ भन्ने आशा जागेको छ ।” उनले गलैँचा बनाएर महिनाको १६ हजारसम्म कमाइरहनु भएको छ । यो  कमाईले उनलाई पकेट खर्च चलाउन समस्या छैन ।

 रुम्बासँगै कारागारको १ नम्बर ब्लकमा रहेका भक्तबहादुर गुरुङले पनि विगत चार वर्षदेखि कारागारभित्रै गलैँचा बनाएर आम्दानी गर्दै आएको छन् । “कम्पनीले कारागार व्यवस्थापनमार्फत गलैँचा बनाउन अडर पठाउँछ, त्यसपछि हामी तयार पारेर कम्पनीलाई दिन्छौँ”, गुरुङले भने, “हामी २०/२५ जना गलैँचा बनाउन सिकेका छौँ, हामीले बनाएको गलैँचा स्तरीय भएकाले बढी अडर आउने गर्छ ।” 

दुई हजार कैदीबन्दी राख्ने क्षमता रहेको भीमफेदी कारागारमा अहिले एक हजार २४ कैदीबन्दी छन् । सो कारागारमा लागुऔषध, जबर्जस्ती करणी, ज्यानलगायत मुद्दाका बढी कैदीबन्दी छन् । यीमध्ये धेरैले बाँसको मुढा र मैनबत्ती बनाउँदै आएका छन् । 

“विभिन्न मुद्दामा परेर जेल आउने र जाँदा सीप सिकेर फर्किने गरेका छन्”, कारागारभित्र बाँसको मुढा बनाउन व्यस्त सीताराम महतोले भने, “जेल सुध्रिने ठाउँ मात्र होइन, गर्नेहरूका लागि सीप सिकेर आयआर्जन गर्ने ठाउँका रूपमा विकास भइरहेको छ ।” कैदीबन्दीलाई कारागारभित्र सुधार्नका साथै सीपमूलक कार्यमा अभिप्रेरित गर्ने कार्य भइरहेको कारागारका कैदी जलबहादुर गुरुङको कथन छ । 

“कारागारमा रहेका अधिकांश कैदीबन्दी कुनै न कुनै सीपमूलक कार्य गरेर आयआर्जन गरिरहेका छन्”, गुरुङले भने “यहाँ रोजगार गरेर कमाउँछुभन्दा कमाउन सक्ने ठाउँ पनि हो ।” कैदीबन्दीको बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मुढा र मैनबत्ती बनाउनु दैनिकीजस्तै भइरहेको कैदीबन्दीको भनाइ छ । भीमफेदी कारागारका प्रमुख जेलर सुवास पौडेलका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये २५० जना गलैँचा, १५० जना मुढा बनाउने र ५० जना मैनबत्ती बनाउन र पाँच जना पोते बनाएर कारागारभित्रै आयआर्जन गर्दै आएका छन् । 

कैदीबन्दीलाई सीप विकास गर्नसके राज्यको आर्थिक भारमा समेतमा सहुलियत हुने प्रमुख जेलर पौडेलले बताए । “सरकारले पनि जेल सजाय भोगिरहेका कैदीबन्दीलाई समाजमा पुन:स्थापित गराउनुपर्छ भन्ने मान्यता राखेको छ”, प्रमुख जेलर पौडेलले भने, “सरकारको त्यही मान्यताअनुरूप कारागारभित्रै कैदीबन्दीलाई सीपमूलक काम सिकाएर आम्दानीको स्रोत पहिल्याई दिएका हौँ ।” यसबाट कैदीबन्दीलाई कारागारमा रहँदा समय बिताउन समस्या पनि नहुने र आयआर्जन समेत गर्न सकिने र पछि फर्किएर समाजमा पनि सहजरुपमै जीवनयापन गर्न सकिने प्रमुख जेलर पौडेलको भनाइ छ ।

कारागारलाई सुधारगृहको रुपमा विकास गर्ने सरकारी नीतिलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न कैदीबन्दीलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउनुपर्ने देखिन्छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा-दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)  दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...

समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...

करको दर हेरफेर गरेको आरोप अस्वीकार गर्दै अर्थमन्त्री वाग्लेले भने– तपाईँका काण्डहरु पनि खुल्नेछन्

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्‍याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...

रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित, पराजित गोमा तामाङले राजनीति छोड्ने घोषणा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...

रुकुम पश्चिममा घाँस काट्न गएकी महिलाको मृत्यु

रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...

गृहमन्त्री सुधन गुरुङ पीडितको गुनासो सुन्न माइतीघरमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...

नक्कली भुटानी शरणार्थी प्रकरण: हाइप्रोफाइल व्यक्तिलाई बयानका लागि झिकाउन माग

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...

शिक्षण अस्पताल पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...

नेपाल–भारत सीमा व्यवस्थित गर्न संयुक्त प्राविधिक टोली क्रियाशील छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending