Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

मुस्ताङमा नि:शुल्क स्वास्थ्य शिविर : पाँच जना महिलामा भिआइए पोजेटिभ

खबरडबली संवाददाता

मुस्ताङ। मुस्ताङका तीन स्थानीय तहमा आयोजित पाँच दिने बृहत् नि:शुल्क स्वास्थ्य शिविरबाट साढे आठ सय जना सर्वसाधारण लाभान्वित भएका छन् । पाइला पाइलाको आशा नामक सामाजिक संस्थाले आयोजना गरेको शिविरमा विदेशी चिकित्सकसहितको टोलीले बालबालिकादेखि वृृद्धवृद्धालाई उपचारसहित स्वास्थ्य परामर्श र औषधी वितरण गरेका थिए ।

शिविरमा थासाङ गाउँपालिका–२, टुकुचेमा तीन सय ६ जना, घरपझोङ गाउँपालिका–२ मार्फामा एक सय ९३ जना  र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी तीन सय ५१ जनाले सर्वसाधारणले विभिन्न रोगको स्वास्थ्य सेवा पाएको संस्थाका नेपाल प्रतिनिधि पासाङ लामाले बताए।

शिविरमा २२ जना विदेशी र पाँच जना नेपाली चिकित्सकसहित स्वास्थ्यकर्मीले चेकजाँच गरेका थिए । शिविरमा पाँच सय ३६ जनाले दाँतको उपचार गरिएकोमा दाँत उखालिएर एक सय ८७ जनाले दाँत लगाएको, तीन सय १२ जना महिलाको पाठेघरको भिआइए परीक्षण गर्दा पाँच जना महिलाहरूमा भिआइए पोजेटिभ देखिएको थियो ।

शिविरमा सुगर चेक, ओपीडि सेवा, हाडर्जोनीसम्बन्धी समस्या भएकालाई उपचार, महिलाको स्त्रीरोगसम्बन्धी चेकजाँच गरिएको, बालबालिकाको बालरोगसम्बन्धी समस्यासहित विभिन्न रोगबाट ग्रसित सर्वसाधारणको उपचार गरिएको डा। पासाङकाजी लामाले बताए । मुस्ताङको माथिल्लो क्षेत्रमा बस्ने महिला, मजदुरी गर्न पुगेकाहरूले नियमित चेकजाँच नगर्दा पाठेघरमा समस्या देखिएको चिकित्कको टोलीको भनाइ छ ।

भिआइए पोजेटिभ देखिएका महिलाको आर्थिक अवस्था कमजोर भएकाले संस्थमार्फत नै थप उपचारका लागि काठमाडौँ लगेर नि:शुल्क सेवा दिने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४का वडा अध्यक्ष कर्मा ग्याछो गुरूङले बताए । वडा अध्यक्ष गुरूङले भने, ‘‘जनचेतनाको अभावका कारण रोग पालेर बसेकालाई शिविर बरदान सावित भएको छ,महिलालको जटिल समस्या पहिचान भएको छ ।’’

शैक्षिक र स्वास्थ्य क्षेत्रमा कार्यरत संस्थाले यस अगाडि कागबेनी बाढी प्रभावितलाई राहत तथा  थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीलाई शैक्षिक पोशाक वितरण समेत गरिएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा-दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)  दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...

समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...

करको दर हेरफेर गरेको आरोप अस्वीकार गर्दै अर्थमन्त्री वाग्लेले भने– तपाईँका काण्डहरु पनि खुल्नेछन्

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्‍याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...

रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित, पराजित गोमा तामाङले राजनीति छोड्ने घोषणा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...

रुकुम पश्चिममा घाँस काट्न गएकी महिलाको मृत्यु

रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...

गृहमन्त्री सुधन गुरुङ पीडितको गुनासो सुन्न माइतीघरमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...

नक्कली भुटानी शरणार्थी प्रकरण: हाइप्रोफाइल व्यक्तिलाई बयानका लागि झिकाउन माग

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...

शिक्षण अस्पताल पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...

नेपाल–भारत सीमा व्यवस्थित गर्न संयुक्त प्राविधिक टोली क्रियाशील छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending