मुस्ताङ। मुस्ताङका तीन स्थानीय तहमा आयोजित पाँच दिने बृहत् नि:शुल्क स्वास्थ्य शिविरबाट साढे आठ सय जना सर्वसाधारण लाभान्वित भएका छन् । पाइला पाइलाको आशा नामक सामाजिक संस्थाले आयोजना गरेको शिविरमा विदेशी चिकित्सकसहितको टोलीले बालबालिकादेखि वृृद्धवृद्धालाई उपचारसहित स्वास्थ्य परामर्श र औषधी वितरण गरेका थिए ।
शिविरमा थासाङ गाउँपालिका–२, टुकुचेमा तीन सय ६ जना, घरपझोङ गाउँपालिका–२ मार्फामा एक सय ९३ जना र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी तीन सय ५१ जनाले सर्वसाधारणले विभिन्न रोगको स्वास्थ्य सेवा पाएको संस्थाका नेपाल प्रतिनिधि पासाङ लामाले बताए।
शिविरमा २२ जना विदेशी र पाँच जना नेपाली चिकित्सकसहित स्वास्थ्यकर्मीले चेकजाँच गरेका थिए । शिविरमा पाँच सय ३६ जनाले दाँतको उपचार गरिएकोमा दाँत उखालिएर एक सय ८७ जनाले दाँत लगाएको, तीन सय १२ जना महिलाको पाठेघरको भिआइए परीक्षण गर्दा पाँच जना महिलाहरूमा भिआइए पोजेटिभ देखिएको थियो ।
शिविरमा सुगर चेक, ओपीडि सेवा, हाडर्जोनीसम्बन्धी समस्या भएकालाई उपचार, महिलाको स्त्रीरोगसम्बन्धी चेकजाँच गरिएको, बालबालिकाको बालरोगसम्बन्धी समस्यासहित विभिन्न रोगबाट ग्रसित सर्वसाधारणको उपचार गरिएको डा। पासाङकाजी लामाले बताए । मुस्ताङको माथिल्लो क्षेत्रमा बस्ने महिला, मजदुरी गर्न पुगेकाहरूले नियमित चेकजाँच नगर्दा पाठेघरमा समस्या देखिएको चिकित्कको टोलीको भनाइ छ ।
भिआइए पोजेटिभ देखिएका महिलाको आर्थिक अवस्था कमजोर भएकाले संस्थमार्फत नै थप उपचारका लागि काठमाडौँ लगेर नि:शुल्क सेवा दिने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४का वडा अध्यक्ष कर्मा ग्याछो गुरूङले बताए । वडा अध्यक्ष गुरूङले भने, ‘‘जनचेतनाको अभावका कारण रोग पालेर बसेकालाई शिविर बरदान सावित भएको छ,महिलालको जटिल समस्या पहिचान भएको छ ।’’
शैक्षिक र स्वास्थ्य क्षेत्रमा कार्यरत संस्थाले यस अगाडि कागबेनी बाढी प्रभावितलाई राहत तथा थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीलाई शैक्षिक पोशाक वितरण समेत गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३० गते, २०८२ - १७:१९
नारायणगढ। पूर्वी चितवनको खैरहानीमा दुई समूहबिच खुडा हानाहान हुँदा तीन जना घाइते भएका छन् । खैरहानी नगरपालिका वडा नम्बर ८ स्थित आहार क्याफेमा मङ्गलबार ...
बैशाख ३० गते, २०८२ - १७:०५
काठमाडौं । गत १५ चैतमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई प्रहरीले पुन: म्याद थपका...
बैशाख ३० गते, २०८२ - १६:५८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ४६ दिनदेखि प्रहरी हिरासतमा छन्। गत चैत्र १५ गते काठमाडौँको तीन...
बैशाख ३० गते, २०८२ - १६:४७
काठमाडौं ।राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा आ...
बैशाख ३० गते, २०८२ - १६:३८
काठमाडौँ । नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ । थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा मङ्गलबार भएको खे...
बैशाख ३० गते, २०८२ - १६:०९
काठमाडौं। काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्न दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन...
बैशाख ३० गते, २०८२ - १५:५२
जेनेभा। लामो समयसम्म जारी नाकाबन्दीले मानवीय सहायता प्रवाह नहुँदा गाजामा अनिकाल र जोखिमको खतरा बढिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले चेतावनी दि...
बैशाख ३० गते, २०८२ - १५:३३
काठमाडौं । मंगलबार नेप्से परिसूचक १४.२४ अंकले घटेर २६३४.८६ विन्दुमा बन्द भएको छ। आज कारोबार रकम पनि घटेको छ। आइतबार १० अर्ब २० करोड रूपैयाँको स...
बैशाख ३० गते, २०८२ - १५:१८
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख जयलालप्रसाद साह कानूसहित छ जनाविरुद्ध सार्वजनिक सम्...
बैशाख ३० गते, २०८२ - १५:१२
काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुष्पलाल राजमार्ग निर्माण प्रक्रिया छिटोभन्दा छिटो सक्न सरकारसँग माग गरेको छन् । मङ्गलबार...
प्रतिकृया लेख्नुहोस्: