तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिकाले आइतबारबाट अनिवार्य पढाई सूचारु गर्न सूचित गरेको छ । शिक्षकहरूको दबाबमूलक आन्दोलनले गर्दा प्रभावित बनेको पठनपाठन प्रक्रिया सुरु गर्न सूचित गरेको हो ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाद्वारा जारी विज्ञप्तिमा आन्दोलनले बालबालिकाको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकार कुण्ठित भएकाले पढाई सुरु गर्न सूचित गरिएको छ ।
देशभरिका सामुदायिक विद्यालयका शिक्षकहरूले पेसागत सम्मान, शिक्षा ऐन जारी लगायतका मागहरू राख्दै आन्दोलनमा उत्रिएकाले बन्दीपुरका विद्यालयहरूमा भर्ना अभियान, परीक्षा र नियमित पठनपाठन अन्योलमा परेकोले गाउँपालिकाले पढाई सञ्चालन गर्न आग्रह गरिएको हो ।
आन्दोलन फिर्ता लिई सहज वातावरण बनाउन सरकारलाई शिक्षकहरूको संविधानसम्मत माग सम्बोधन गर्न आग्रह विज्ञप्तिमा गरिएको छ । विज्ञप्तिमा वैशाख १२ गतेदेखि संसदको अधिवेशन आह्वान भइसकेको अवस्थामा प्रस्तावित शिक्षा विधेयक तत्काल संसदमा प्रस्तुत गरी पारित गर्न सरकारसँग माग गरेको छन् ।
शिक्षक आन्दोलनले गर्दा गाउँपालिकाभित्र अघि बढाइएको शैक्षिक सुधार तथा विकाससम्बन्धी कार्यक्रमहरू प्रभावित बनेका छन् । संस्थागत विद्यालयहरूमा भर्ना तथा पठनपाठन सामान्य रूपमा सञ्चालन भइरहे पनि सामुदायिक विद्यालयहरूमा नियमित शैक्षिक गतिविधि ठप्प हुँदा विद्यार्थी, अभिभावक र सरोकारवालाहरूले चासो व्यक्त गरेका छन् ।
यस्तो परिस्थितिमा यथाशीघ्र पठनपाठन पुन: सुरु गर्नुपर्ने आवश्यकता देखिएको भन्दै गाउँपालिकाले वैशाख १४ गते आइतबारदेखि अनिवार्य रूपमा सामुदायिक विद्यालयहरू सञ्चालनमा ल्याउन सम्पूर्ण विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरूलाई आग्रह गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २९ गते, २०८२ - १५:३०
जेनेभा । संयुक्त राज्य अमेरिका र चीनले सोमबार ९० दिनका लागि करको जवाफ कर भन्ने (टिट् फर ट्याट)कर नीतिमा भारी कटौती गर्ने सम्झौताको घोषणा गरेका छन् । द...
बैशाख २९ गते, २०८२ - १५:१८
काठमाडौँ। भारतले इङ्ल्यान्ड भ्रमणका लागि आफ्नो टोली घोषणा गर्नुभन्दा केही दिनअघि महान ब्याट्सम्यान विराट कोहलीले सोमबार टेस्ट क्रिकेटबाट तत्काल सन्न्य...
बैशाख २९ गते, २०८२ - १५:१२
काठमाडौँ । नेपाल भारतमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको गोल्डेन जुब्ली रङ्गशालामा...
बैशाख २९ गते, २०८२ - १५:०६
नयाँदिल्ली । सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको अन्त्य भएको सप्ताहन्तको युद्धविरामपछि भारतले सोमबार ३२ वटा विमानस्थल पुन: खोलेको...
बैशाख २९ गते, २०८२ - १४:२५
काठमाडौं । काठमाडौंको जडीबुटी–पेप्सीकोला सडकखण्डमा निर्माण भएका अवैध संरचना भत्काउन एक महिने ‘अल्टिमेटम’ दिइएको छ । काठमाडौं महानगरपालिका र सडक विभागल...
बैशाख २९ गते, २०८२ - १४:०४
काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी हिरासतमा रहेका देशभक्त–राष्ट्...
बैशाख २९ गते, २०८२ - १३:४६
लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भावित लडाइँबाट पन्छिएकोमा छिमेकी देश भारत र पाकिस्तानलाई धन्यवाद दिएका छन् । सोमबार लुम्बिनीमा आयोजित...
बैशाख २९ गते, २०८२ - १३:३९
जेरुसेलम। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सोमबार हमासले घोषणा गरेको अमेरिकी–इजरायली बन्धकको रिहाइले गाजा पट्टीमा युद्धविराम वा प्यालेस्टिन...
बैशाख २९ गते, २०८२ - १३:२२
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधतायुक्त हाम्रो समाजमा राष्ट्रको बृह...
बैशाख २९ गते, २०८२ - १३:१३
तम्घास । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ । विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको ...
प्रतिकृया लेख्नुहोस्: