लुम्बिनी। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन र चिन्तनको रूपमा पहिचान कायम गराउन सरकार प्रतिबद्ध रहेको उद्घोष गरेको छन् ।
शनिबार लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवलाई सम्बोधन र्गदै मन्त्री पाण्डेले उक्त कुरा बताएको हो ।
मन्त्री पाण्डेले भने, ‘‘लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन, चिन्तन र मननको केन्द्रको रूपमा पहिचान कायम गराउन सरकार प्रतिबद्ध रहेको छ । विश्वविख्यात योजनाविद् केन्जो टाङ्गको गुरूयोजनालाई आधारमा लिई रामग्राम, देवदह, तिलौराकोट, गोटिहवा र निग्लिहवा जस्ता धार्मिक ऐतिहासिक स्थलहरू समेट्दै लुम्बिनी क्षेत्रको एकीकृत विकास गर्ने लक्ष्य लिएको छ ।’’
उनले बौद्ध धर्मावलम्बीको मर्मलाई आत्मसात् गर्दै स्थानीय समुदायको अपनत्व र प्रकृति र विकासको सन्तुलन आवश्यक रहेको औंल्याए ।
उनले संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव उ थान् को सोचलाई आत्मसात् गर्दै लुम्बिनीको विकास र प्रवर्धनका लागि संयुक्त राष्ट्र संघका १६ वटा राष्ट्रहरू सम्मेलित अन्तर्राष्ट्रिय समितिलाई पुन: सक्रिय बनाउनका लागि यसै वर्ष बैठक आह्वान गर्ने समेत विश्वास दिलाए। एसिन बुद्धिष्ट कलेचरल फेस्टिभलले लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्धन गर्न समेत टेवा पुग्ने उनले बताए। मन्त्री पाण्डेले लुम्बिनी विकास कोषको ऐन संशोधन गरिने समेत जानकारी दिए।
तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा थाइल्यान्ड, कम्बोडिया, चीन लगायतका ५० मुलुकका भिक्षुहरूका साथै बौद्ध धर्मावलम्बीको उपस्थिति रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३० गते, २०८२ - १७:१९
नारायणगढ। पूर्वी चितवनको खैरहानीमा दुई समूहबिच खुडा हानाहान हुँदा तीन जना घाइते भएका छन् । खैरहानी नगरपालिका वडा नम्बर ८ स्थित आहार क्याफेमा मङ्गलबार ...
बैशाख ३० गते, २०८२ - १७:०५
काठमाडौं । गत १५ चैतमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई प्रहरीले पुन: म्याद थपका...
बैशाख ३० गते, २०८२ - १६:५८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ४६ दिनदेखि प्रहरी हिरासतमा छन्। गत चैत्र १५ गते काठमाडौँको तीन...
बैशाख ३० गते, २०८२ - १६:४७
काठमाडौं ।राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा आ...
बैशाख ३० गते, २०८२ - १६:३८
काठमाडौँ । नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ । थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा मङ्गलबार भएको खे...
बैशाख ३० गते, २०८२ - १६:०९
काठमाडौं। काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्न दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन...
बैशाख ३० गते, २०८२ - १५:५२
जेनेभा। लामो समयसम्म जारी नाकाबन्दीले मानवीय सहायता प्रवाह नहुँदा गाजामा अनिकाल र जोखिमको खतरा बढिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले चेतावनी दि...
बैशाख ३० गते, २०८२ - १५:३३
काठमाडौं । मंगलबार नेप्से परिसूचक १४.२४ अंकले घटेर २६३४.८६ विन्दुमा बन्द भएको छ। आज कारोबार रकम पनि घटेको छ। आइतबार १० अर्ब २० करोड रूपैयाँको स...
बैशाख ३० गते, २०८२ - १५:१८
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख जयलालप्रसाद साह कानूसहित छ जनाविरुद्ध सार्वजनिक सम्...
बैशाख ३० गते, २०८२ - १५:१२
काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुष्पलाल राजमार्ग निर्माण प्रक्रिया छिटोभन्दा छिटो सक्न सरकारसँग माग गरेको छन् । मङ्गलबार...
प्रतिकृया लेख्नुहोस्: