Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

रौतहट पालिकाहरुको बेरुजु ११ अरब बढी

अख्तियारमा उजुरी पर्दैमा दोषी हुन्न

खबरडबली संवाददाता

रौतहट । महालेखा परीक्षकको कार्यालय काठमाडौंका उपप्रमुख तथा सचिव पदमराज पौडेलले रौतहटको स्थानियतहको बेरुजु ११ अरब नाघेको बताएका छन्।

रौतहटको मध्यभाग गरुडा स्थित एक कार्यक्रमका प्रमुख अतिथिको रूपमा सहभागि भएका महालेखा परीक्षक सचिव  पौडेलले जिल्लाको १८ स्थानियतहको बेरुजु ११ अरब ४३ करोड पुगेको बताएका छन्।

स्थानिय निकायमा आउने बिभिन्न शीर्षकको अनुदान बजेटबाट विकास निर्माण, शान्ति सुरक्षा, शिक्षा, स्वास्थ लगायतको व्यवस्थापन गर्नु पर्ने हुन्छ , तर पालिका प्रमुखहरू मनपरी शीर्षक राखेर रकम खर्चिने चलनको कारण दिनानुदिन बेरुजु बढ्दै गएको उनले गुनासो गरेका थिए।

मधेश प्रदेशको कैयौँ पालिकामा प्रमुख प्रशासकीय अधिकृत लाई कामै गर्न नदिने , एउटै व्यक्तिलाई पटक पटक अनुदान , र विधीको कानुन कार्यान्वयन नगर्ने परमपरा बढ्दै गएको उनको भनाई रहेको छ। मधेश प्रदेश शिक्षा क्षेत्रमा पछाडि रहेपनि कैयौं क्षेत्रमा अगाडी रहेको बताउँदै सचिव पौडेलले स्थानिय निकायमा अनावश्यक खर्च बढिरहेको प्रती सहभागी जनप्रतिनिधिको ध्यानाकर्षण गराएका थिए। कार्यक्रममा बिशिष्ट अतिथि अख्तियार दूरुपयोग अनुसन्धान कार्यालय हेटौंडाका प्रमुख उमाकान्त आचार्यले  अख्तियारमा उजुरी पर्दैमा आत्तिनु नपर्ने बताएका छन्। उनले कुनै पनि विकास निर्माण लगाएत कामबारे अख्तियारमा उजुरी पर्दैमा कोही दोषी नहुने बताएका हुन् ।

उजुरी परेपछि  अनुसन्धानका लागि उजुरी संग सम्बन्धित व्यक्तिलाई बोलाएर ब्यान लिने र सबैको ब्यान सकेपछि तथ्यगत प्रमाणको आधारमा मात्र विशेष अदालतमा मुद्दा दायर गर्ने गरिएको आचार्यले बताएका छन्। गरुडा स्थित सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा स्थानिय तहको भूमिका विषयक आयोजित एकदिने कार्यक्रममा  प्रमुख आचार्यले आफूहरुका लागि उजुरी सूचनाको रूपमा मात्र रहनेगरेकोले यसलाई मुद्दाको रूपमा नलिन आग्रह गरेका छन्।

अख्तियारले अनुसन्धानको क्रममा उजुरी संग सम्बन्धित कागजातहरू माग्दा धेरै स्थानीय तह र अन्य सरकारी कार्यालयहरुले ढिलासुस्ती गर्नेगरेको बताउँदै उनले अख्तियारले कागजात माग्ने बित्तिकै तुरुन्त उपलब्ध गराउने तिर ध्यान दिनुपर्ने बताएका थिए।

अख्तियारले नियतबस जानी जानी दुःख दियो भनी धेरैले भन्ने गरेको भन्दै उनले अख्तियारले नियतबस बिना गल्तीको कसैलाई दुःख दिने काम नगरेको समेत उनले प्रष्ट्याएका  थिए।
अनुसन्धान पछि अख्तियारले एकलैले चाहेमा मुद्दा नचल्ने बताउँदै उनले कुनै विषयमा मुद्दा दायर गर्नुभन्दा अघि सरकारी वकिल लगाएत अन्य सरोकारवालाहरु संग राय सल्लाह लिने गरिएको र मुद्दा चलाउन उनीहरु सहमत भएपछि मात्र अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्ने गरेको उनले सुनाएका थिए।

जनप्रतिनिधी र कर्मचारीहरु आ-आफ्नो कार्य प्रति पूर्ण वफादार, उत्तरदायी एवं जिम्मेवार भई इमान्दारीका साथ पारदर्शी ढंगले काम गर्यो भने भ्रष्टाचार आफैं समाप्त भएर जाने तथा सुशासन कायम हुने उनले बताएका थिए।रौतहटका सिडियो विनोद कुमार खड्काले  जिल्लामा सुशासन प्रर्वद्धनको लागि सरोकारवालाहरुसँग समय समयमा छलफल तथा सर्वपक्षीय वैठक सञ्‍चालन हुँदै आइरहेको बताएका थिए। उनले भ्रष्‍टाचार नियन्त्रणको कार्यमा आफूहरुले आयोगलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

जनताको भावनाको सम्मान नभएको कारण अख्तियारमा उजुरी पर्नु स्वभाविक रहेकाले जनताको चाहना र आकांक्षा अनुसारको काम गर्न सिडियो खड्काले जनप्रतिनिधिहरुलाई सुझाव दिएका थिए।

गरुडा नगरपालिका कार्यालयकाे सहकार्य, जिल्ला प्रशासन कार्यालय रौतहटको संयोजन र तराई विकास तथा सञ्चार नेपाल काठमाण्डौको आयोजनामा सम्पन्न भएको  कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐतिहासिक पृष्‍ठभूमी, संवैधानिक, कानुनी तथा संरचनागत व्यवस्था, संस्थागत रणनीति, भ्रष्‍टाचारजन्य कसुरहरुको बारेमा जानकारी, आयोगको छानवीन तथा अनुसन्धान प्रकृयाहरु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गतिविधिहरु, नेपालमा भ्रष्‍टाचारको वर्तमान अवस्था, अनुसन्धान तथा छानवीनका क्रममा आइपर्ने समस्याहरु तथा चुनौतीहरु जस्ता विषयवस्तुहरु प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा महालेखाका सचिव पदमराज पौडेल र विशिष्ट अतिथि अख्तियार हेटौडाका प्रमुख उमाकान्त आचार्य, सार्वजनिक खरिद कार्यालयका धर्मेन्द्र कुमार झा, सिडियो खड्का , गरुडाका मेयर कन्थमणि जैसवाल, गौरका मेयर शम्भु साह, बौधिमाईका मेयर प्रदीप यादव लगायतले सम्बोधन गरेका थिए। उक्त अवसरमा देवाही गोनाहिका मेयर प्रेमलाल साह, राजदेवीका मेयर भिखारी यादव,नेपाली सेनाका कर्णेल किशोर अधिकारी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्रका एसपि सन्तोष कुमार बस्नेत, अनुसन्धानका एसपी अभिनय कुमार सिंह, लगायत जिल्लाका अधिकांश पालिका प्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत, संगै कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...

विदेश रहेका देउवा दम्पतीलाई इन्टरपोलमार्फत नोटिस जारी गर्ने तयारी

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...

शुक्रबार बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...

गण्डकी प्रदेशका ६७ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध

गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...

उपसभामुखको निर्वाचन शुक्रबार हुने

काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् ।   प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...

सेयर बजार २८ सय अंक नाघ्यो, सबै समूहका सूचक बढे

काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...

राष्ट्रियसभा बैठक : भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्नसम्म माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...

देशभर चैते झरी, मौसम सुधार भोलि पनि नहुने

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...

लामो दूरीका सवारी साधनमा आज साँझदेखि नयाँ भाडादर लागू हुने

काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...

कति छ आज कालिमााटीमा कृषिउपजको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending