काठमाडौं । नेकपा एमालेका सांसद तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यन्वयन समितिका सभापति ठाकुर गैरेले पूर्व राजा ज्ञानेन्द्रको नामबाट जारी भएको विज्ञप्तिमा श्री ५ महाराजाधिराज भनेर उल्लेख भएकोमा सरकारको जवाफ मागेका छन् ।
प्रतिनिधि सभाको आइतवारको बैठकमा आकस्मिक समयमा बोल्दै सभापति गैरेले नेपालको संविधानले श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव भन्ने व्यक्ति र संस्था नचिन्ने बताए । उनले संवाद सचिव फणिराज पाठकमार्फत वैशाख १३ गते जारी भएको विज्ञप्तिबारे प्रश्न उठाएका हुन् ।
सांसद गैरेले यस्तो संविधान र कानूनले मान्यता नदिएको ओहोदाको वक्तव्य जारी गर्ने ज्ञानेन्द्र शाह र फणिराज पाठकमाथि तत्काल कानून बमोजिम कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनले तीनकुनेमा घरभित्र पत्रकार जलाएर मार्न लगाउनेदेखि गाडीले किचेर प्रहरी मार्न लगाउने कार्यमा ज्ञानेन्द्र शाह संलग्न रहे पनि उनले सो जिम्मेवारी लिन नमानेकोमा आपत्ति जनाए । सो घटनामा पूर्व राजालाई सरकारले जिम्मेवार बनाएर कारवाही गर्नुपर्ने सांसद गैरेले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३० गते, २०८२ - १३:३२
काठमाडौं । अविरल वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ । केहीबेर अघिबाट राजमार्ग दुईतर्फी सञ्चालनमा आए...
बैशाख ३० गते, २०८२ - १३:२७
रौतहट । रौतहटको कटहरिया नगरपालिका अन्तर्गत बिवाह भएको ६ महिना नपुग्दै एकजना मुस्लिम नवविवाहीता महिलाको संकास्पद मृत्यु भएको छ। माईती पक्षले दाई...
बैशाख ३० गते, २०८२ - १३:२४
काभ्रेपलाञ्चोक । वर्षाका कारण अवरुद्ध भएको बीपी राजमार्गको मर्मत कार्य जारी रहेको छ । सोमबार रातिको वर्षाका कारण रोशी खोलामा आएको बाढीले सो सडकको म...
बैशाख ३० गते, २०८२ - ११:५३
रौतहट । बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवाल माथि कुटपिट गरेको घटनामा संलग्न सहयोगी पक्राउ परेका छन्। तर मेयर किशोरी स...
बैशाख ३० गते, २०८२ - ११:३८
बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन् । उनले सभामुखलाई पठाएको पत्रमा ...
बैशाख ३० गते, २०८२ - ११:३१
राजविराज । आफू र कान्छो छोरा दुबैलाई झुक्क्याएर जेठो छोराले १३ वर्षअघि एक सहकारी संस्थाबाट एक करोड रुपैयाँ ऋण लिएको थाहा पाएपछि आमाले ‘न्याय’ का लागि ...
बैशाख ३० गते, २०८२ - ११:२४
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो। यो...
बैशाख ३० गते, २०८२ - ११:२३
नवलपरासी। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको चोरमारा पुल भाँचिदा नारायणगढबुटवल सडक खण्ड अवरुद्ध भएको छ । मध्य बिन्दु नगरपालिका–७ चोर...
बैशाख ३० गते, २०८२ - ११:१२
विराटनगर । बाल सुधार गृहमा बस्दै आएका ३ जना बालक फरार भएका छ्न् । विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट सोमबार दिउँसो तीन जना बालबिज्याइँकर्ता फरार भ...
बैशाख ३० गते, २०८२ - १०:४८
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बिपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा अवरुद्ध भएको सडक अझै सञ्चालनमा आएको छै...
प्रतिकृया लेख्नुहोस्: