गुल्मी । गुल्मीमा २९ जना शिक्षकले राजीनामा दिएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेका अनुसार गत साउन १ गतेदेखि हालसम्म २९ जना शिक्षकले राजीनामा दिएका हुन् ।
प्राथमिक तहमा २५ जना, निम्न माध्यमिक तहमा दुई जना र माध्यमिक तहमा दुई जना गरी कुल २९ जना शिक्षकको राजीनामा स्वीकृत भएको उनले बताए ।
उदय माध्यमिक विद्यालय चन्द्रकोटका माध्यमिक तहमा अध्यापन गराउने भीमबहादुर थापा र जनबोध माध्यमिक विद्यालयमा गणित विषय अध्यापन गराउने गीता भण्डारीले राजीनामा दिएको उनले बताए । थापाले बिरामी भएर र भण्डारीले तथ्याङ्क अधिकृतमा नाम निकालेर राजीनामा दिएको घिमिरेले बताए । यस्तै २८ जना शिक्षकको अनिवार्य अवकाश भएको पनि उनको भनाइ छ ।
पछिल्लो समयमा शिक्षण पेसामा खासै रुचि नहुनु र वैदेशिक रोजगारीको लहरले पनि राजीनामा दिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको घिमिरेले बताए । राजीनामा दिनेमा करिब आधाको सङ्ख्यामा वैदेशिक रोजगार रहने गरेको उनको भनाइ छ । नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले विद्यालय राजनीतिक अखडा बन्नु, शिक्षकलाई जीवन निर्वाह गर्न पनि समस्या हुनु, शिक्षण पेसामा भविष्य नदेख्नु र निजामती सेवा सरह राज्यले हेर्ने दृष्टिकोण नहुनुले पनि शिक्षण पेसाबाट राजीनामा दिने गरेको बताए ।
शिक्षक अभाव
गुल्मीमा गणित, अङ्ग्रेजी र विज्ञानका शिक्षक अभाव देखिएको छ । धुर्कोट गाउँपालिकाले पालिकाभित्रका विद्यालयमा राहत र अनुदानका लागि गणित र विज्ञान विषयमा तेस्रो पटक विज्ञापन गरेको छ । तेस्रो पटकको विज्ञापनमा पनि यो समाचार तयार पार्दासम्म आवेदन नपरेको गाउँपालिकाले जनाएको छ ।
धुर्कोट गाउँपालिका–६ को धुर माध्यमिक विद्यालयमा गणित र वडा नम्बर ३ को निन्युखर्क माध्यमिक विद्यालयमा विज्ञान शिक्षकका लागि तेस्रो पटक विज्ञापन गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए । तेस्रो पटक विज्ञापन गर्दा पनि शिक्षक पाउनै मुस्किल भएको उनको भनाइ छ । सहरमा सबैको रुचि हुने र गाउँमा शिक्षक आउन नमान्ने भएका कारण पनि थप समस्या आउने गरेको पन्थीले गुनासो गरे । नयाँ शैक्षिक सत्र सुरु हुन लाग्दा शिक्षक अभाव देखा पर्नुले विद्यार्थीको पठनपाठनमा समस्या आउने देखिन्छ ।
छैटौँ पटकमा शिक्षक
केही महिनापहिले जिल्लाको मुसीकोट नगरपालिकाको मुसीकोट माध्यमिक विद्यालय र जनज्योति माध्यमिक विद्यालयका लागि माध्यमिक तहमा गणित शिक्षकका लागि छैटौँ पटक विज्ञापन गर्दा मुस्किलले शिक्षक पाएको थियो । शिवशङ्कर माध्यमिक विद्यालयका लागि अङ्ग्रेजी शिक्षकका लागि पनि छैटौँ पटकमा शिक्षक पाएको नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले जानकारी दिए । सोही नगरपालिकाको ददल्का माध्यमिक विद्यालयका लागि पनि गणित शिक्षकका लागि तेस्रो पटक नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र सीतापुर माध्यमिक विद्यालयका लागि माध्यमिक विज्ञान राहतमा मुस्किलले शिक्षक पाएको उनले बताए ।
गुल्मीमा सामुदायिक र संस्थागत गरी ५९० विद्यालय र ५६ हजार २०३ विद्यार्थी सङ्ख्या रहेको शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीले जनाएको छ । जिल्लामा बालशिक्षादेखि कक्षा १२ सम्मका विद्यालयमा राहत र दरबन्दी गरी तीन हजार १५३ जनाको दरबन्दी रहेको कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १६:१०
काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...
चैत्र २५ गते, २०८२ - १६:०६
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...
चैत्र २५ गते, २०८२ - १६:०३
काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...
चैत्र २५ गते, २०८२ - १६:०१
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...
चैत्र २५ गते, २०८२ - १५:५९
काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...
चैत्र २५ गते, २०८२ - १५:४६
काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...
चैत्र २५ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...
चैत्र २५ गते, २०८२ - १५:३४
काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...
चैत्र २५ गते, २०८२ - १५:३२
काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...
चैत्र २५ गते, २०८२ - १४:३१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...


प्रतिकृया लेख्नुहोस्: