Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

यी हुन् शिक्षक–प्रहरी झडपमा घाइते भएका २७ जना शिक्षकहरु (सूचीसहित)

खबरडबली संवाददाता

काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच भएको झडपमा २७ जना शिक्षक र विद्यालय कर्मचारी घाइते भएका छन्। नयाँ बानेश्वरमा विद्यालय शिक्षा ऐनको माग राख्दै आन्दोलनरत शिक्षकलाई प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेपछि २६ दिनदेखि जारी शान्तिपूर्ण आन्दोलन तनावग्रस्त बनेको हो।

नेपाल शिक्षक महासंघका उपमहासचिव रामप्रसाद ढकालले प्रहरीको नियोजित आक्रमणमा २७ जना घाइते भएको घाइतेहरूको सिभिल अस्पताल, एभरेस्ट अस्पताल, ट्रमा सेन्टर र तिलगंगा आँखा अस्पतालमा उपचार जारी छ। केहीको अवस्था गम्भीर रहेको महासंघले जनाएको छ।

घाइते शिक्षकहरूको सूची:

घाइतेहरूमा सुवास गिरी (सिन्धुपाल्चोक), भगवान शाक्य (गोरखा), दीपबहादुर घर्ती (बर्दिया), पुण्य शर्मा (बर्दिया), कमल बहादुर बस्नेत (सिन्धुली), विकासराज झाँ (महोत्तरी), हरि प्रसाद जोशी (बझाङ), शोभाजंग केसी (बझाङ), ममता कुमारी साह (बझाङ), पुण्यमणि जोशी (कञ्चनपुर), भानुभक्त मैनाली (बाग्लुङ), विष्णु कुमारी सुवेदी (नुवाकोट), खडक मनि (कैलाली), धर्मसिंह सार्की (खोटाङ), लीलाभक्त बस्नेत (खोटाङ), देव कुमारी यादव (सिराहा), महेन्द्र साह (धनुषा), तेज बहादुर खत्री (जाजरकोट), वीरेन्द्र पण्डित (रौतहट), वेचन यादव (धनुषा), देवीशर्मा धिताल (जुम्ला), रामबहादुर शाही (जुम्ला), प्रवीण दियाली (झापा), कृष्णमाया रिजाल (झापा), शान्ता निरौला (झापा), यश गौतम (अर्घाखाँची) र कुसन कुमारी साह (रौतहट) छन्।

झडपमा प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की पनि घाइते भएकी छन्। उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ। काठमाडौं उपत्यका प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपीलराज बोहोराले २० जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको बताएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा-दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)  दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...

समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...

करको दर हेरफेर गरेको आरोप अस्वीकार गर्दै अर्थमन्त्री वाग्लेले भने– तपाईँका काण्डहरु पनि खुल्नेछन्

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्‍याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...

रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित, पराजित गोमा तामाङले राजनीति छोड्ने घोषणा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...

रुकुम पश्चिममा घाँस काट्न गएकी महिलाको मृत्यु

रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...

गृहमन्त्री सुधन गुरुङ पीडितको गुनासो सुन्न माइतीघरमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...

नक्कली भुटानी शरणार्थी प्रकरण: हाइप्रोफाइल व्यक्तिलाई बयानका लागि झिकाउन माग

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...

शिक्षण अस्पताल पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...

नेपाल–भारत सीमा व्यवस्थित गर्न संयुक्त प्राविधिक टोली क्रियाशील छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending