काठमाडौं । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन रहेको “सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०ू का सम्बन्धमा ूनिजामती सेवामा शाखा अधिकृत हित संरक्षण अभियानू ले बिभिन्न बुँदामा आफ्नो असहमती भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । निजामती सेवामा शाखा अधिकृत हित संरक्षण अभियानले विभिन्न विषयहरुमा गम्भिर ध्यानाकर्षण गर्दै बुँदागत रुपमा माग प्रस्तुत गरेको हो ।
अभियानले प्रस्तावित सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा उप सचिव र सह सचिव प्रतियोगितामा सहभागी हुन पाउने सेवा अवधि सीमित व्यक्तिको दबाबमा आधारहीन र बिना तथ्य ५ वर्षबाट ७ वर्ष बनाउने गरी गरिएको व्यवस्थाले प्रतिस्पर्धालाई सिमित गर्न र सिमित समूहलाई मात्र लाभ पुग्ने गरी गरिएको व्यवस्था प्रति यस अभियान गम्भिर आपत्ति प्रकट गर्दै साविक कै ५ वर्षे व्यवस्था कायम गर्न जोडदार माग गरेको छ ।
गसैगरी निजामती सेवामा उर्जावान युवा जनशक्तिलाई रोक्ने र नेपालको संविधानले परिकल्पना गरेको समावेशी प्रतिनिधित्वको प्रतिकुल हुनेगरी विगतमा रहेको सह–सचिव पदमा १० प्रतिशत खुला प्रतियोगितात्मक परीक्षा प्रणालीद्वारा पदपूर्ति हुने व्यवस्था बन्द गर्नेगरी विचाराधीन सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा प्रस्ताव गरिएको प्रति पनि आपत्ति प्रकट गर्दै साविकको प्रावधान यथावत राख्न माग गरेको छ ।
अभियानले नेपालको वर्तमान सहकारीतामुलक संघीय व्यवस्था अनुरुप तीनै तहका सरकारका बीचमा सहकारीता, सहअस्तित्व र समन्वय कायम गर्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघीय निजामती सेवाकै कर्मचारी हुनुपर्ने व्यवस्था नयाँ ऐनमा समावेश गर्न माग गरेको छ ।
संघीय संसद्मा विचाराधीन सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा उल्लिखित मागहरु पुरा गर्नको लागि नेपाल सरकारका सम्पूर्ण अधिकृत स्तरका कर्मचारीहरुलाई यस अभियानमा आवद्ध हुन समेत अपिल गरीएको छ ।
निजामती सेवा अन्तर्गतका राष्ट्रियस्तरका ट्रेड युनियनहरुले यस अभियानले अघि सारेका उल्लिखित विषयहरुमा जोडदारसाथ माग नउठाएमा ट्रेड युनियनमा आवद्ध यस अभियानका सम्पूर्ण साथिहरु ट्रेड युनियनबाट बाहिरिने पनि अभियानले चेतावनी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १६:१०
काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...
चैत्र २५ गते, २०८२ - १६:०६
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...
चैत्र २५ गते, २०८२ - १६:०३
काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...
चैत्र २५ गते, २०८२ - १६:०१
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...
चैत्र २५ गते, २०८२ - १५:५९
काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...
चैत्र २५ गते, २०८२ - १५:४६
काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...
चैत्र २५ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...
चैत्र २५ गते, २०८२ - १५:३४
काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...
चैत्र २५ गते, २०८२ - १५:३२
काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...
चैत्र २५ गते, २०८२ - १४:३१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...


प्रतिकृया लेख्नुहोस्: