काठमाडौँ। कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकमा व्यावसायिक रूपमा आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति छिट्टै ल्याइने भएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २९ औँ राष्ट्रिय चिया दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उहाँले कृषिको क्षेत्रको समग्र विकासका लागि उत्पादन र उत्पादकत्व वृद्धि, कृषि अनुदान र कृषि वित्तसम्बन्धी नीतिहरूलाई प्राथमिकतामा राखिएको बताए।
उक्त नीति अनुमोदनका लागि केही दिनमा मन्त्रिपरिषद् पेस गरिने बताउँदै उनले कृषि क्षेत्रका समग्र समस्या समाधान गर्न, यस क्षेत्रलाई थप आत्मनिर्भर बनाउन नीतिले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
देशको दिगो विकासका लागि कृषि क्षेत्रको विकास आवश्यक रहेको बताउँदै मन्त्री अधिकारीले कृषि उत्पादन, कृषकको आय वृद्धि तथा आर्थिक समृद्धिलाई सरकारले प्राथमिकतामा राखेको प्रष्ट पारे ।
करिब ६० हजार रोजगारी सिर्जना गरेको चिया उद्योगलाई थप प्रोत्साहन गरी नेपाली चियालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा प्रवर्धन गरिने उनको भनाइ थियो ।
कृषि सचिव गोविन्दप्रसाद शर्माले कृषिमा प्रविधिको प्रयोग, गुणस्तरीय वस्तुको उत्पादन तथा निर्यातजन्य वस्तुको उत्पादनलाई वृद्धि गर्न सम्बन्धित कृषकलाई आवश्यक सहुलियत उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।
चियाविज्ञ चन्द्रभूषण सुब्बाले मुलुकमा उत्पादन हुने विभिन्न प्रकारका चियाको विशेषता तथा विश्व बजारमा नेपाली चियाको मागबारे कार्यपत्र प्रस्तुत गरे।
स वर्ष ‘स्वस्थ चिया, दीगो बजार, समृद्ध नेपालको आधार १’ भन्ने मूल नाराका साथ आयोजना गरिएको दिवसका अवसरमा चिया प्रदर्शनी समेत गरिएको थियो । प्रदर्शनीमा विभिन्न जिल्लाका चिया कृषक, सहकारी, उद्योगी र व्यवसायीबिच छलफल गरिएको थियो ।
बोर्डको आव २०८०र८१ को तथ्याङ्क अनुसार नेपालमा कूल २० हजार १६० हेक्टर जमिनमा चिया रोपण गरिएको छ । यसअवधिमा दुई करोड ७० लाख केजी तयारी चिया उत्पादन भएको छ । नेपालमा १५ हजार २०३ चिया कृषक छन् । पछिल्लो नौ महिनामा करिब तीन अर्ब ५७ करोडको चिया निर्यात गरिएको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १३:१३
काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले महान्यायाधीवक्ता सविता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ। सार्वजनिक पदमा नियुक्त भ...
मंसिर २९ गते, २०८२ - १३:०५
लमजुङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस लमजुङले आंकाक्षी उम्मेदवार सबैको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ । ...
मंसिर २९ गते, २०८२ - १२:१८
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ । बन्दसत्...
मंसिर २९ गते, २०८२ - ११:५२
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबार १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलक...
मंसिर २९ गते, २०८२ - ११:४५
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । सुनको मुल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्य...
मंसिर २९ गते, २०८२ - ११:३२
पर्सा। वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफ...
मंसिर २९ गते, २०८२ - ११:१३
काठमाडौं । ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । भृकुटीमण्डपमा केहिबेरअघि सुरु भएको बैठकमा पार्ट...
मंसिर २९ गते, २०८२ - ११:०२
काठमाडौँ। अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित ब्राउन युनिभर्सिटीमा भएको गोलीबारीमा दुईजना विद्यार्थीको मृत्यु भएको छ । अमेरिकाको रोड आइल्याण्डको प्र...
मंसिर २९ गते, २०८२ - १०:४४
तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तनहुँ र चितवन जोड्ने बहुप्रतिक्षित घुमाउने मोटरेबल पुलको निर्माण कार्य एक महिनाभित्र सुरु नग...
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...




प्रतिकृया लेख्नुहोस्: