काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले चालू आर्थिक वर्षको बजेटको विरोध गरेर मुलुकको अर्थतन्त्र सुधार भयो भन्नु उचित कुरा नभएको बताएका छन्।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले अघिल्लो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटको प्रधानमन्त्री र अर्थमन्त्रीले विरोध गर्ने गरेको भन्दै त्यहि बजेटका आधारमा भएको आर्थिक प्रगतिको स्वामित्व लिने कुरा उचित नभएको बताएका हुन्।
उनले प्रधानमन्त्री र अर्थमन्त्रीले नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनमा इमान्दारिता नदेखाएको तर्क गरे। पुनले आफू अर्थमन्त्री हुँदा ल्याएको बजेटले नयाँ चरणको आर्थिक सुधारलाई केन्द्रमा राखेका कारण लक्ष्य अनुसारको आर्थिक वृद्धिदर नजिक पुगेको तर्क गरे।
सरकारले इमान्दारीपूर्वक त्यसलाई कार्यान्वयन गरेको भए मुलुकको आर्थिक वृद्धिदर निकै राम्रो हुने उनको भनाइ छ। पुनले सरकारले बिचौलियाको स्वार्थ पुरा हुने बाटोमा मुलुकको अर्थतन्त्रलाई हिडाएको आरोप लगाए। उनले बजेट ठीक भएन भन्ने अर्थमन्त्रीको अभिव्यक्ति पनि ठीक नभएको उल्लेख गरे।
अघिल्लो सरकारले ल्याएको बजेटलाई परिमार्जन गर्ने आँट पनि नगर्ने र सरकारमा बसेर बजेटको विरोध गर्नु राजनीतिक नैतिकता नभएकाले नैतिक रुपमा अर्थमन्त्री पदमा बस्न नमिल्ने धारणा राखे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: