Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

भुजीखोला र दरमखोलाको पुल निर्माणको काम अलपत्र: पुरानो ठेक्का रद्द, नयाँको पर्खाइमा

खबरडबली संवाददाता

बागलुङ । निर्माण कम्पनीको चरम लापर्बाहीका कारण यहाँका दुई पुलको काम अलपत्र परेको छ । 

निर्धारित समयमा काम नहुँदा ठेक्का रद्द भएपछि भुजीखोला र दरमखोलामा पुल निर्माणको काम अलपत्र परेको हो । नयाँ ठेक्का नलाग्दा भुजी र दरमखोला पुलको काम आठ वर्षदेखि अघि बढ्न सकेको छैन । 

तीन करोड ३४ लाख रुपियाँ लागतको भुजीखोला पुलमा दुइ करोड रुपियाँ खर्च भइसकेपछि संरचना अलपत्र परेका छन् । २०७३ असोज ४ गते ठेक्का सम्झौता गरेको वाइपी रफिना संयुक्त निर्माण कम्पनीले काम गरेको भए २०७४ माघ ४ गते सकिनुपर्ने थियो । अन्तिम पटक २०७७ मङ्सिर १४ गते थपिएको म्यादमा पनि प्रगति नभएपछि सडक डिभिजन कार्यालयले तीन वर्षअघि पुलको ठेक्का रद्द गरेको थियो ।

आठ वर्षमा दुई वटा पिल्लर मात्र ठडिएको पुलको काम कहिले सुरु हुन्छ भन्ने एकिन छैन । ढोरपाटन नगरपालिका–५, अधिकारीचौरको भुजीखोला पुलको पिल्लरवरपरको जमिनमा २०७७ सालको बाढीले क्षति पुर्‍याएको छ । पुल नबन्दा स्थानीयले सास्ती खेप्न बाध्य भएको वडाध्यक्ष दीपेन्द्र पुनमगरले गुनासो गरे । मगरले भने, “भुजी माविमा अध्ययन गर्ने बालबालिकालाई पुल नहुँदा सधैँभरि जोखिम बेहोरेर हिड्नुपर्ने अवस्था छ ।” 

सडक डिभिजन कार्यालयले नयाँ ठेक्का, डिजाइन परिवर्तनलगायतका काम सकेर विभाग पठाए पनि अर्थ मन्त्रालयले बजेट सुनिश्चित नगर्दा काम अघि बढ्न नसकेको हो । सडक डिभिजन कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद लामिछानेले भने, “हाम्रातर्फबाट गर्नुपर्ने सबै काम सकेर मन्त्रालयमा पठाएका छौँ, आर्थिक सङ्कट देखाउँदै अर्थ मन्त्रालयले बजेट सुनिश्चित नगर्दा ठेक्का लगाउन सकिएको छैन ।” 

त्यसै गरी ठेकेदारकै लापर्बाहीले गलकोट नगरपालिका–८, काँडेबास र वडा नं। ९ बाँसखोला जोड्ने दरमखोला पुल पनि आठ वर्षदेखि अलपत्र छ । थपेको म्यादमा पनि काम नगरेपछि सडक डिभिजनले वाइपी कन्स्ट्रक्सन प्रालिसंँगको ठेक्का रद्द गरेको थियो । ठेक्का रद्द भएपछि बाँकी बजेटको सुनिश्चित नभएसम्म नयाँ ठेक्का लगाउन नपाएपछि काम अगाडि बढ्न नसकेको लामिछानेले बताए। नयाँ ठेक्काका लागि अर्थ मन्त्रालयको सहमति पाए काम अघि बढ्ने उनको भनाइ छ ।    

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुस्तामा एसएसबीको गतिविधिबारे संसदमा हर्क साम्पाङको प्रश्न: रक्षामन्त्रीज्यूलाई खोजेर ल्याइदिनुस्

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले स्थानीयवासीलाई धाकधम...

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। प्रतिनिधिसभाको शुक्रबार...

तोलामा ५ हजार ३ सय बढ्यो सुन

काठमाडौँ । स्थानीय बजारमा आज  सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजार ३०० र चाँदी रु १९० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...

करको दर विवादमा अर्थमन्त्री वाग्लेको बचाउमा रास्वपाका सांसद पराजुली र सुनार

काठमाडौं । करका दर हेरफेर तथा त्यससम्बन्धी सूचना चुहावटको विषयमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेमाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (...

मुस्ताङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मुस्ताङ। मुस्ताङमा यात्रुबाहक बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको रानीपौवाबा...

हुम्लामा सडक खन्ने क्रममा स्काभेटर पल्टिँदा चालकको मृत्यु

हुम्ला। हुम्लाको सर्केगाड गाउँपालिका–६ बराईको भित्री सडक खन्ने क्रममा स्काभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार राति करिब १२ बज...

गोदावरी नदीले बगाउँदा दुई महिलाको मृत्यु

धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार तर्...

पोखरा-दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)  दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...

समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...

करको दर हेरफेर गरेको आरोप अस्वीकार गर्दै अर्थमन्त्री वाग्लेले भने– तपाईँका काण्डहरु पनि खुल्नेछन्

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्‍याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending