Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

नगरपालिकाको दबाबपछि चितवन कालिकाका विद्यालय खुल्न थाले

खबरडबली संवाददाता

चितवन । शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन रोकिएका चितवनको कालिका नगरपालिकाका सामुदायिक विद्यालयहरू नगरपालिकाको दबाबपछि खुल्न थालेका छन्।

लामो समय विद्यालय बन्द रहँदा बालबालिकाको पढ्न पाउने अधिकार खोसिएको भन्दै नगरपालिकाले विद्यालय सञ्चालन गर्न कडा दबाब बढाएपछि सोमबारदेखि केही विद्यालय खुलेका हुन्। नगरपालिकाले गत शुक्रवार एक विज्ञप्ति जारी गरेर सबै सामुदायिक विद्यालयहरू तत्काल सञ्चालन गर्न आह्वान गरेको थियो।

नगरपालिकाको दबाबपछि सोमबारबाट कालिका–७ भटेनी स्थित पृथ्वी माध्यमिक विद्यालय सञ्चालनमा आएको विद्यालयका प्रधानाध्यापक सूर्यभक्त अधिकारीले बताए। उनले स्थानीय सरकारले विद्यालय खोल्न दिएको र शिक्षक सङ्गठनले नखोल्न दिएको दबाबका कारण आफूहरू दोहोरो चेपुवामा परेको गुनासो गरे। करिब ८०० विद्यार्थी अध्ययनरत रहेको सो विद्यालयमा सोमबार २०० जना विद्यार्थी मात्र उपस्थित थिए।

त्यस्तै, कालिका–३ मा रहेको आधारभूत विद्यालय वन कट्टामा पनि सोमबारबाटै शैक्षिक गतिविधि सुरु भएको छ। विद्यालयका प्रधानाध्यापक भक्त तामाङका अनुसार सोमबार केही विद्यार्थी र अभिभावक विद्यालय आएका थिए भने विद्यार्थी भर्ना लिने र पाठ्यपुस्तक वितरण गर्ने काम भयो।

यसै गरी, कालिका–६ को माध्यमिक विद्यालय रेडक्रस ग्राम पनि सोमबारदेखि सञ्चालनमा आएको छ। विद्यालयका प्रधानाध्यापक नन्दलाल लामिछानेले नगरपालिकाको निर्देशन र अभिभावकको आग्रहअनुसार विद्यालय खोलिएको बताए। उनले स्थानीय सरकारको निर्देशनलाई अवज्ञा गर्ने अवस्था नरहेको र बालबालिकाको पढ्न पाउने अधिकारको सम्मान गर्दै विद्यालय सञ्चालन गरिएको जानकारी दिए।

सो विद्यालयमा पठनपाठन सोमबारबाट मात्र सुरु भए पनि भर्ना अभियान केही दिनअघिदेखि नै सुरु गरिएको थियो। नयाँ शैक्षिक सत्रमा कक्षा नर्सरीदेखि कक्षा ९ सम्म ३८० विद्यार्थी भर्ना भइसकेका छन्। गत वर्ष सो विद्यालयमा ३८६ विद्यार्थी भर्ना भएका थिए। सोमबार विद्यालयमा सबै (शतप्रतिशत) शिक्षक उपस्थित रहे पनि विद्यार्थी भने करिब आधा (५० प्रतिशत) मात्र आएका थिए। प्रधानाध्यापक लामिछानेले शिक्षकहरूको मागलाई सरकारले तत्काल सम्बोधन गरेर निर्बाध पठनपाठन हुने वातावरण बनाउनुपर्नेमा जोड दिए।

नगरपालिकाको निर्देशनबमोजिम विद्यालय सञ्चालन भए/नभएको अनुगमन गर्न सोमबार सामाजिक विकास समिति संयोजक तथा वडा नं ४ का वडाध्यक्ष मकरमान श्रेष्ठको नेतृत्वमा एक टोली खटिएको थियो। टोलीले विभिन्न वडाका ८ वटा विद्यालयको अनुगमन गर्दा सबैमा शैक्षिक गतिविधि निर्बाध रूपमा सञ्चालन भइरहेको श्रेष्ठले बताए। उनले कालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा पठनपाठन नियमित गराउन अनुगमनलाई निरन्तरता दिइने जानकारी दिए।

उता, आन्दोलन परिचालन कमिटी कालिकाका संयोजक रामकृष्ण लम्सालले भने तत्काल विद्यालय सञ्चालन गर्ने र नगर्ने पक्षबिच देखिएको मतभेदले थप नैराश्य बढाएको बताए। गत वर्ष पनि शैक्षिक क्यालेन्डरअनुसार वैशाख १३ बाट मात्रै विद्यालय सञ्चालन भएको भन्दै उनले थप दुईचार दिन विद्यालय बन्द हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको तर्क गरे। आन्दोलन परिचालन कमिटीको बैठकले 'विद्यालय बन्द भएका दिन बराबर बिदाको दिनमा पढाउने' प्रतिबद्धता जनाइसकेको अवस्थामा नगरपालिकाले विद्यालय सञ्चालन गर्न दबाब दिनु दुःखद भएको उनले गुनासो गरे।

नगरप्रमुख विनोद रेग्मीले विद्यालय सञ्चालन अनिवार्य रहेको भन्दै शिक्षकहरूलाई विद्यालय भर्ना र पठनपाठनमा असर नपर्ने गरी सिर्जनात्मक ढङ्गले आन्दोलन गर्न आग्रह गरे। केन्द्रीय सरकारले आन्दोलनरत शिक्षकहरूसँग वार्ता गरेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिँदै उनले सामुदायिक विद्यालयका कक्षाकोठा खाली राख्न नमिल्ने बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending