काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।
बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदले उठेर विरोध जनाएको थिए । प्रतिपक्षको विरोधपछि सभामुख देवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएको थिए ।
सांसद पाण्डेले संसद्मा सोमबार दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गरिनुपर्ने बताए। शिक्षकहरु लामो समयदेखि सडक आन्दोलनमा रहेकामा उनीहरुका जायज माग सम्बोधनका लागि पहल गर्न सोमबार पाण्डे प्रस्तावक रहेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता भएको थियो । उक्त प्रस्तावमाथि आजै संसद्मा छलफल चलाउन र समस्याको समाधान खोज्न पाण्डेले सभामुखमार्फत ‘रुलिङ’ माग गरे ।
नेपाल कम्युनिष्ट पार्टी(एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्नका लागि सरकार गम्भीर रहेको दाबी गरे । शिक्षकहरुसँग तत्काल वार्ता गरी समस्याको समाधान गर्न र वार्ताबाटै विषय टुङ्गाउन आवश्यक रहेको उनले बताए । “सदनमा उठेका विषयमाथि सरकार गम्भीर भएर शिक्षामन्त्रीले शिक्षक प्रतिनिधिहरुसँग निरन्तर छलफल र वार्ता गरिरहनुभएको छ”, आज साँझ सम्ममा निकास निस्कनेमा आफू आशावादी भएको उल्लेख गर्दै उनले भने।
सांसद प्रेम आलेले पोखरा र भैरहवा विमानस्थलमा भएको आर्थिक हिनामिनाको निष्पक्ष छानबिनको माग गरे।
सांसद शोभा ज्ञवालीले देशका विभिन्न भागमा जङ्गली जनावरको आक्रमण बढेकामा चिन्ता व्यक्त गर्दै समस्याको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् ।
अर्का सांसद ज्ञानबहादुर शाहीले आन्दोलनरत शिक्षकका समस्या समाधानका लागि गम्भीर हुन सरकारलाई आग्रह गरे ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदन सहितको भन्सार विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि आजै प्रस्तुत हुनेछ ।
कार्यसूचीअनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने छ । उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि आज नै प्रस्तुत हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: