कैलाली। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनाथ तथा सहिद परिवारका बालबालिकाहरूको अभिभावकत्व ग्रहण गरेका छन्।
भजनी नगरपालिका–५ स्थित कर्मेश्वर माविमा आयोजित शैक्षिक कार्यक्रमका क्रममा अध्यक्ष प्रचण्डले अल्पसंख्यक राजी समुदायका कक्षा ३ मा अध्ययनरत निन्दु राजी र सहिद परिवारकी कक्षा १० मा अध्ययनरत अनिशा थरूनीको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेका हुन्।
उनले यी बालबालिकाको शिक्षा र भविष्य निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी पार्टी र आफूले बहन गर्ने प्रतिबद्धता व्यक्तसमेत गरे।
कार्यक्रममा अध्यक्ष प्रचण्डले शैक्षिक पात्रो विमोचन गर्नुका साथै निन्दु राजी र अनिशा थरूनीलाई पाठ्य सामग्रीसहितको झोला ९ब्याग० हस्तान्तरण गरेका थिए।
सो विद्यालयमा पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको पहलमा प्राविधिक शिक्षाको थालनी गरिएको थियो।
उक्त कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा पार्टीका नेता(कार्यकर्ताको उपस्थिति रहेको थियो। अध्यक्ष प्रचण्डले अभिभावकविहीन तथा सहिद परिवारका बालबालिकाको शिक्षा र भविष्यप्रति पार्टी सधैं प्रतिवद्ध रहेको उल्लेख गर्दै सामाजिक न्याय र समानताको सवालमा माओवादी आन्दोलनले उठाएका मुद्दाहरू अझै सान्दर्भिक रहेको धारणा व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...
पौष ४ गते, २०८२ - १०:१०
काठमाडौं । नेकपा एमालेका नेता काशिनाथ अधिकारीले सक्रिय राजनीतिबाट विदा लिएका छन्। ६६ वर्षीय अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो निर्णय सार्वज...
पौष ४ गते, २०८२ - ०९:५५
काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते युवापुस्ता ‘जेनजी’द्वारा गरिएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण प्रक्रिया तीव्रताका साथ अघि बढाएको छ।...




प्रतिकृया लेख्नुहोस्: