Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

सांसद साहको प्रश्नः तुलसीलाल स्मृति प्रतिष्ठान सामाजिक संस्था हो कि व्यापारिक ?

स्मृति प्रतिष्ठानको भवनबाट एमालेको कार्यालय तत्काल हटाउन माग

खबरडबली संवाददाता

काठमाडौं । सांसद प्रभु साहले तुलसीलाल स्मृति प्रतिष्ठानकै भवनमा नेकपा एमालेले पार्टी कार्यालय राखेकोमा आपत्ति जनाएका छन् ।

सामाजिक कार्यको लागि स्थापित प्रतिष्ठानहरूलाई नेताहरूले कमाउने भाँडो बनाएको भन्दै उनले तत्काल पार्टी कार्यालय हटाउन आग्रह गरे ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले भने, ‘सामाजिक कार्यको लागि निर्मित तुलसीलाल स्मृति प्रतिष्ठानमा सम्माननीय प्रधानमन्त्रीको पार्टीको केन्द्रीय कार्यालय छ । म सोध्न चाहन्छु, तुलसीलाल स्मृति प्रतिष्ठान सामाजिक संस्था हो कि व्यापारिक ? यदि सामाजिक संस्था हो भने जुसको लाइसेन्स लिएर मदिराको व्यापार गर्न मिल्छ ?’

तुलसीलाल सबैका आदरणीय नेता भएको भन्दै उनले त्यस्तो नेताको नाममा प्रतिष्ठान खोल्ने, सरकारबाट आर्थिक सहायता लिएर भवन बनाउने र एउटा दललाई प्रयोग गर्न दिने आपत्तिजनक भएको बताए ।

‘आज प्रतिष्ठानहरू नेताको लुट्ने भाँडो बनेका छन् । सरकारी बजेट खन्याउने अनि ती संस्थाका आम्दानी निजी स्वार्थमा प्रयोग गर्ने । आज संघसंस्थाहरू लुटको अखडा बनेका छन् । पुष्पलाल र मदन भण्डारी भएको भए यसरी सामाजिक संस्था कब्जा गर्ने थिएनन्,’ उनले थपे, तुलसीलाल स्मृति प्रतिष्ठानका पदाधिकारीलाई कानुन थाहा छैन भने थाहा दिनु पर्‍यो, नभए खारेज गर्नुपर्‍यो ।’

सांसद साहले जनताको रगत–पसिनाको करोडौं रकम दुरुपयोग हुँदा नियमन गर्ने जिम्मेवारीमा रहेका प्रधानमन्त्री नै मतियार बनेको आरोप लगाउँदै न्याय माग्न कहाँ जाने ? भन्दै प्रश्न गरे । उनले तुलसीलाल स्मृति प्रतिष्ठान भाडामा दिन मिल्ने भए एमालेले दिएभन्दा बढी भाडा दिन आफ्नो पार्टी तयार रहेको भन्दै आफूलाई दिन माग गरे । 

‘हाम्रो पार्टी आम जनता पार्टीले पनि घर भाडा खोजिरहेको छ । म एमालेले भन्दा बढी भाडा दिन तयार छु, हामीलाई दिनुपर्‍यो । हैन र सामाजिक संस्था हो भने त्यसको मर्यादा भुल्न भएन,’ उनले भने ।

२०७२ को भूकम्पले एमालेको पार्टी कार्यालय भत्काएको चर्चा गर्दै लाखौं कार्यकर्ता भएको पार्टीले आफ्नै पौरखमा पार्टि कार्यालय बनाउन सुझाव दिए । ‘कहिले पासाङ ल्हामु शेर्पाको कार्यालय कब्जा गर्ने, कहिले तुलसीलाल स्मृति प्रतिष्ठानको भवन कब्जा गर्ने, कहिले व्यापारीको शरणमा पुग्ने गरिहनुभन्दा आफ्नो पार्टी आफैंले बनाउँदा कार्यकर्ताको पनि गरिमा जोगिन्थ्यो,’ उनले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

मुआब्जा विवाद चर्किँदा खोटाङको ३ मेगावाट हाइड्रो ठप्प

काठमाडौं । प्रवद्र्धक कम्पनीले लामो समयसम्म मुआब्जा नदिएको भन्दै खोटाङको केपिलासगढी गाउँपालिकाका स्थानीय जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् ...

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ नगरपालिकालाई

बागलुङ । १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागलुङ नगरपालिकाले हात पारेको छ । शनिबार सम्पन्न प्रतियोगितामा बागलुङ नगरपालिकाले...

आज कस्तो रहला देशभरको मौसम ?

 काठमाडौँ । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending