काठमाडौं । सांसद प्रभु साहले तुलसीलाल स्मृति प्रतिष्ठानकै भवनमा नेकपा एमालेले पार्टी कार्यालय राखेकोमा आपत्ति जनाएका छन् ।
सामाजिक कार्यको लागि स्थापित प्रतिष्ठानहरूलाई नेताहरूले कमाउने भाँडो बनाएको भन्दै उनले तत्काल पार्टी कार्यालय हटाउन आग्रह गरे ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले भने, ‘सामाजिक कार्यको लागि निर्मित तुलसीलाल स्मृति प्रतिष्ठानमा सम्माननीय प्रधानमन्त्रीको पार्टीको केन्द्रीय कार्यालय छ । म सोध्न चाहन्छु, तुलसीलाल स्मृति प्रतिष्ठान सामाजिक संस्था हो कि व्यापारिक ? यदि सामाजिक संस्था हो भने जुसको लाइसेन्स लिएर मदिराको व्यापार गर्न मिल्छ ?’
तुलसीलाल सबैका आदरणीय नेता भएको भन्दै उनले त्यस्तो नेताको नाममा प्रतिष्ठान खोल्ने, सरकारबाट आर्थिक सहायता लिएर भवन बनाउने र एउटा दललाई प्रयोग गर्न दिने आपत्तिजनक भएको बताए ।
‘आज प्रतिष्ठानहरू नेताको लुट्ने भाँडो बनेका छन् । सरकारी बजेट खन्याउने अनि ती संस्थाका आम्दानी निजी स्वार्थमा प्रयोग गर्ने । आज संघसंस्थाहरू लुटको अखडा बनेका छन् । पुष्पलाल र मदन भण्डारी भएको भए यसरी सामाजिक संस्था कब्जा गर्ने थिएनन्,’ उनले थपे, तुलसीलाल स्मृति प्रतिष्ठानका पदाधिकारीलाई कानुन थाहा छैन भने थाहा दिनु पर्यो, नभए खारेज गर्नुपर्यो ।’
सांसद साहले जनताको रगत–पसिनाको करोडौं रकम दुरुपयोग हुँदा नियमन गर्ने जिम्मेवारीमा रहेका प्रधानमन्त्री नै मतियार बनेको आरोप लगाउँदै न्याय माग्न कहाँ जाने ? भन्दै प्रश्न गरे । उनले तुलसीलाल स्मृति प्रतिष्ठान भाडामा दिन मिल्ने भए एमालेले दिएभन्दा बढी भाडा दिन आफ्नो पार्टी तयार रहेको भन्दै आफूलाई दिन माग गरे ।
‘हाम्रो पार्टी आम जनता पार्टीले पनि घर भाडा खोजिरहेको छ । म एमालेले भन्दा बढी भाडा दिन तयार छु, हामीलाई दिनुपर्यो । हैन र सामाजिक संस्था हो भने त्यसको मर्यादा भुल्न भएन,’ उनले भने ।
२०७२ को भूकम्पले एमालेको पार्टी कार्यालय भत्काएको चर्चा गर्दै लाखौं कार्यकर्ता भएको पार्टीले आफ्नै पौरखमा पार्टि कार्यालय बनाउन सुझाव दिए । ‘कहिले पासाङ ल्हामु शेर्पाको कार्यालय कब्जा गर्ने, कहिले तुलसीलाल स्मृति प्रतिष्ठानको भवन कब्जा गर्ने, कहिले व्यापारीको शरणमा पुग्ने गरिहनुभन्दा आफ्नो पार्टी आफैंले बनाउँदा कार्यकर्ताको पनि गरिमा जोगिन्थ्यो,’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १६:१०
काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...
चैत्र २५ गते, २०८२ - १६:०६
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...
चैत्र २५ गते, २०८२ - १६:०३
काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...
चैत्र २५ गते, २०८२ - १६:०१
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...
चैत्र २५ गते, २०८२ - १५:५९
काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...
चैत्र २५ गते, २०८२ - १५:४६
काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...
चैत्र २५ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...
चैत्र २५ गते, २०८२ - १५:३४
काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...
चैत्र २५ गते, २०८२ - १५:३२
काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...
चैत्र २५ गते, २०८२ - १४:३१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...


प्रतिकृया लेख्नुहोस्: