Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

वार्ता र सडकमा एकसाथ शिक्षक- ९ बुँदे प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भए आन्दोलनको स्वरुप फेर्न तयार

खबरडबली संवाददाता

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच गएराति भएको वार्ता सहमति नजिक पुगेको छ। आज थप छलफल गरेर सहमतिमा पुगिने भएको छ। 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन्।

वार्तामा शिक्षकहरूले विभिन्न ९ बँदे प्रस्ताव राखेको र त्यसमा आज थप छलफल गरेर टुंग्याइने मन्त्रालयले जनाएको छ। शिक्षामन्त्री रघुजी पन्त र महासंघका पदाधिकारीबीचको वार्ता राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो। 

वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। वार्ता सहमति नजिक पुगेको नेपाल शिक्षक महासंघका महासचिव तुलबहादुर थापाले जानकारी दिए।

उनले आफुहरूले राखेको ९ बुँदे प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएमा आन्दोलनको स्वरुप फेर्ने बताए। थापाका अनुसार अहिले बिहानै महासंघ आन्तरिक छलफलमा जुटेको छ। 

रत्नराज्य मावि बानेश्वरमा छलफल चरिरहेको र आन्दोलनको मोडालिटीबारे निर्णय हुने थापाले जानकारी दिए। आजको निर्धारित आन्दोलनको कार्यक्रम भने यथावत् रहेको महासंघले जनाएको छ।

आज पनि बिहान ११ बजेदेखि माइतीघर मण्डलाबाट आन्दोलन शुरु हुनेछ। सरकार पक्षसँग लगातार छलफल र संवाद चलिरहेको भन्दै महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले संवादमा हुनेहरू डटेर माग मुद्दामा लडिरहेकोले शिक्षकहरूलाई आन्दोलनलाई मर्यादित र अनुशासित गराउन अनुरोध गरेका छन्।

नेपाल शिक्षक महासंघको अगुवाइमा गत चैत २० गतेदेखि शिक्षकहरूले आन्दोलन गरिरहेका छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

नेकपापंक्तिमा प्रचण्डको निर्देशन- चुनावको विकल्प छैन, तयारीमा जट्नू

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...

यी हुन् नयाँ नेतृत्व चयनका लागि भोट नहाल्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

एमाले महाधिवेशन- २२२७ मत खस्यो, मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending