झापा । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीलाई झापाका दर्जन भन्दा बढी संघ संसथाले सम्मान सहित बिदाई गरेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा अतिथि सदनमा आयोजित कार्यक्रमकाबीच प्रहरी उपरीक्षक केसीलाई सम्मान सहित विदाई गरेका हुन् ।
केसीको हालै उपत्यका प्रहरी कार्यालय रानीपोखरी काज सरुवा भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच प्रहरी उपरीक्षक केसीलाई, वीरता जेसीज, वीरता लेडी जेसीज, श्री छठ समाज सेवा समिति लगायत विभिन्न संघ संस्थाले अभिनन्दन सहित विदाई गरेका हुन् ।
सो समारोहमा संघका विशिष्ठ सदस्य निर्मल भट्टराई, वीरता लेडी जेसीजकी नि वर्तमान अध्यक्ष मिनु ओली, श्री छठ समाज सेवा समितिका नव निर्वाचित अध्यक्ष संगीता रोनियार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विदाई समारोहमा बोल्दै संघका अध्यक्ष न्यौपानेले झापामा रहदा प्रहरी उपरीक्षक केसीले शान्ति सुरक्षा सु व्यवस्था कायम राख्दै प्रहरी र नागरिकको सम्वन्धलाई समेत सुमधुर राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । कार्यक्रमको संचालन संघका उपाध्यक्ष विशाल थापाले गरेका थिए ।
यसैबीच बिर्तामोड उद्योग वाणिज्य संघले छठ समाज सेवा समितिका नव निर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ । समाजकी अध्यक्ष संगीता रौनियार सहितको टिमलाई बिर्तामोड उद्योग वाणिज्य संघले सम्मान गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: