Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

लमजुङमा नयाँ धार्मिक पर्यटकीय गतव्य

खबरडबली संवाददाता

लमजुङ । लमजुङमा नयाँ धार्मिक गन्तव्यस्थलको सिर्जना गरिएको छ । धर्मनाथ धामसहित सप्ताहव्यापी ज्ञानमहायज्ञको उद्घाटनसँगै नयाँ धार्मिक गन्तव्यस्थलको सिर्जना गरिएको हो ।

यो धर्मनाथ धाम लमजुङको राइनास नगरपालिका–८ को हर्राबोटस्थित मस्र्याङ्दी नदी किनारमा रहेको छ । धर्मनाथधाम परिसरमा १२ फिटको शिवजीको ध्यानात्मक मूर्ति, ५–५ फिटका गणेश र हनुमानका मूर्ति, ५ फिट लम्बाई तथा साढे ३ फिट उचाईको नन्दीको मूर्ति निर्माण गरिएको छ ।

धाम करिब ६० रोपनी क्षेत्रफलमा फैलिएको छ भने सँगै रहेको सर्वोदय सेवाश्रम ४० रोपनीमा रहेको छ । ती दुवै क्षेत्रको अवलोकन गर्न करिब १५–१५ मिनेट समय लाग्नेछ ।

सो धर्मनाथ धाम लमजुङ जिल्लाको मुख्य प्रवेश नाका पाउँदी बजारबाट पूर्वतर्फ करिब २ किमिको दूरीमा रहेको छ । त्यसमा करिब आधा किमि कच्ची र बाँकी पक्की सडकको सुविधा रहेको छ ।

मुक्तिनाथ धामका पीठाधीश्वर स्वामी कमलनयनाचार्य श्री जी महाराज मुक्तिनाथ बाबाले सो स्थलको उद्घाटन गर्दै यस स्थलले पनि मुक्तिनाथजस्तै शक्ति र ख्याति प्राप्त गर्नसक्ने बताए । मञ्चको औपचारिक कार्यक्रम हुनुअघि मुक्तिनाथ पीठाधीश्वरले धर्मनाथ धाम परिसरमा निर्माण गरिएका १ सय ८ गौमुखी धारा, १ सय ८ शिवलिंग र १ हजार ८ शालिग्राममा पानी सेचन गरी उद्घाटन गरेका थिए ।

अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले भने, ‘हाम्रो सनातन संस्कृतिको सभ्यता नदी सभ्यता हो र यो नै मूल सभ्यता हो, पछिल्ला वर्षमा देशमा यस्ता सभ्यताको संरक्षण र प्रवर्धन कार्यमा ध्यान नदिएको हुँदा देशले दुःख पाइरहेको छ, यो धर्मनाथ धाम तीन नगरपालिका, दुई जिल्ला र नदी सभ्यताकै अर्को एक रूप हो, हामी गण्डकी सभ्यतासँग जोडिएका छौं ।’

उनले यस स्थलको नाम सुन्नासाथ आफूलाई आउन मन लागेको र बिनाविघ्न बाधा आउन सकेको भन्दै यसबाट पनि यस स्थलमा दिव्य शक्ति छ भन्ने पुष्टि भएको बताए । उनले सबै मिलेर नदी अर्थात् सनातन सभ्यताको संरक्षण र प्रवर्धन गर्नुपर्ने जिकिर गरे ।

कार्यक्रममा आयोजक सर्वोदय सेवा, धर्मनाथ धाम तथा उद्घाटन कार्यक्रमका अध्यक्षसमेत रहेका कृष्णराज ओलियाले सो धामको इतिहासदेखि वर्तमानसम्मका गतिविधिमा प्रकाश पारेका थिए । उनले भने, ‘यहाँ देवमूर्तिबाहेक परिक्रमास्थल निर्माण गरिएको छ, मूल कार्यक्रम प्राणप्रतिष्ठा अर्थात् धाममा स्थापित मूर्तिहरूमा प्राण भर्नका लागि प्रतिष्ठा गर्ने हो, यस कार्य अर्थात् मूर्तिहरूमा प्राण भर्नका लागि पाँच दिन लाग्ने शास्त्रीय मत रहेको छ, सोहीअनुसार कार्यक्रम तय गरिएको हो ।’

सो अवसरमा धर्मनाथ धामको अभिभावकत्व ग्रहण गरेकामा अनन्तश्री विभूषित मुक्तिनाथ धामका पीठाधीश्वर स्वामी कमलनयनाचार्य श्री जी महाराज मुक्तिनाथ बाबालाई आयोजकका तर्फबाट सम्मान गरिएको थियो । धाम रहेको राइनास नगरपालिकाका नगरप्रमुख खड्गबहादुर गुरुङ र धर्मनाथ धामका अध्यक्ष कृष्णराज ओलियाले संयुक्त रूपमा बाबालाई सम्मानपत्र समर्पण गरेका थिए ।

यसैगरी, सो धामको संरचना निर्माणका लागि ३० लाख रुपैयाँ सहयोग गरेकामा राइनास नगरपालिकालाई पनि सम्मान गरिएको ओलियाले जानकारी दिए । सम्मानित हुनेमा नन्दीको मूर्ति स्थापित गर्ने नुवाकोट निवासी श्रीराम पाण्डे, १ सय ८ शालिग्रामस्थल निर्माणमा सहयोग गर्ने लमजुङको पाउँदीबजार निवासी वेदप्रसाद पोखरेल, सर्वोदय सेवाश्रममा आएर पटकपटक जीवन जिउने कलाको प्रशिक्षण दिने कञ्चन घिमिरेसमेत छन् । सम्मानको कार्यक्रम अन्तिम दिनसम्म पनि चलिरहने आयोजकको भनाइ छ ।

यो कार्य लमजुङ तथा मुलुकको धार्मिक पर्यटनका लागि कोसेढुंगा साबित हुने आँकलन गरिएको छ । सो सप्ताहव्यापी धार्मिक कार्यक्रमलाई आध्यात्मिक ऊर्जा र आस्था मात्र नभई भविष्यको धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित अघि बढाइएको सर्वोदय सेवाश्रमका संस्थापक अध्यक्ष ओलियाले बताए ।

उनले भने, ‘प्रत्येक दिन रुद्री पाठ, हवन कथा प्रवचनलगायतका विधिहरू गरिने कार्यक्रम छ ।’ आयोजकले श्रद्धालु भक्तजनलाई धर्म, संस्कार र साधनाको गहिरो अनुभूति दिलाउने गरी कार्यक्रम तय गरिएको जानकारी दिँदै ओलियाले भने, ‘धर्मनाथधाम परिसरमा निर्माण भएका सबै कार्यका लागि सो आश्रममा आउने तथा आश्रमको महिमाका ’विषयमा जानकारी पाएका श्रद्धालु भक्तजनबाट स्वतःस्फूर्त रूपमा प्राप्त सहयोग रकमबाट धाम निर्माण क्षेत्रमा संरचना निर्माण कार्य गरिएको हो ।’ उनका अनुसार मूर्तिहरूको मूल संरचना निर्माण भएपछि आश्रम तथा धाम परिसरमा बारबन्देज, ढलान, नदीमा जाने बाटो निर्माण, १ सय ८ गोमुखी धाराका लागि मस्र्याङ्दी नदीको पानी लिफ्ट गरी निरन्तर बहावको प्रबन्ध गर्ने आदि कार्यका लागि राइनास नगरपालिकाबाट ३० लाख रुपैयाँ र गण्डकी प्रदेश सरकारबाट १० लाख रुपैयाँ सहयोग यसै वर्ष प्राप्त भएको छ ।

धर्मनाथ धामको परिकल्पना
सो स्थानमा २०६८ सालको कात्तिकमा हरिबोधिनी एकादशीका दिन सर्वोदय सेवा वृद्धाश्रमको कार्य थालनी भएको थियो । त्यस स्थलमा आउने मानवीय सेवा भवनका स्वयंसेवी व्यक्तित्वहरूका लागि यहाँ एक धार्मिक स्थल हुन जरुरी थियो । यो क्षेत्र सिद्धेश्वर महादेव रहेको सिद्ध तीर्थस्थल क्षेत्र पनि हो ।

‘यसैक्रममा स्वप्न दृष्टिबाट मस्र्याङ्दी नदीमा हिरण्य गर्भ, शिवलिंग, शिला, शालिग्रामसमेत प्राप्त भयो, ती सबैको व्यवस्थापन गर्नका लागि वैदिक सनातन संस्कृतिमा विश्वमै नभएको धामका रूपमा ‘धर्मनाथ धाम’ नामकरण गर्नका लागि धार्मिक गुरुहरूबाट सल्लाह, सुझाव प्राप्त भयो, त्यसकै आधारमा यस धामको ‘धर्मनाथ धाम’ नामकरण भएको हो,’ ओलियाले भने ।

उनका अनुसार यस कार्यले पवित्र तीर्थस्थलको अनुभूति दिने विश्वास गरिएको छ । उनले भने, ‘धर्म, साधना र संस्कारको संगम धामका रूपमा विकास हुँदै गएको यस स्थलमा गरिएको यस अद्वितीय कार्य तथा धार्मिक संरचना लमजुङमा मात्र नभई मुलुकमै पहिलोपटक निर्माण भएकाले यसले आन्तरिक तथा बाह्य धार्मिक पर्यटक ९हिन्दू र बौद्धिष्ट०लाई आकर्षण गर्ने अपेक्षा गरिएको छ, धर्मनाथ धाम विश्वकै लागि नमुना स्थल हो ।’

सो स्थलमा सप्ताहव्यापी रूपमा विभिन्न योगी गुरु तथा लामा गुरुहरूबाट धार्मिक प्रवचन हुने कार्यक्रम तय भएको आयोजकको भनाइ छ ।

धर्मनाथ धामको प्राकृतिक शान्त परिवेश, धार्मिक संरचना र आध्यात्मिक साधनाको समागमले लमजुङलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास गरिएको आयोजक सर्वोदय सेवाश्रमका कोषाध्यक्ष भूमिनन्द तिमिल्सिनाले बताए । उनका अनुसार जिल्लाको धार्मिक क्षेत्र विस्तारका क्षेत्रमा एउटा ऐतिहासिक काम भएको छ ।

यो धाम निर्माणका लागि २ वर्षको समय लागेको धर्मनाथ धाम उद्घाटन समारोहको प्रचार समितिका उपसंयोजक एवं कवि लक्ष्मीप्रसाद मिश्रले जानकारी दिए । उनका अनुसार कार्यक्रम सफल पार्न स्थानीयको सक्रियता, धार्मिक संस्थाको सहयोग र श्रद्धालुहरूको सहभागिता अपेक्षा गरिएको छ । यसले धार्मिक पर्यटन प्रवर्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ । राजधानी दैनिकबाट

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...

विदेश रहेका देउवा दम्पतीलाई इन्टरपोलमार्फत नोटिस जारी गर्ने तयारी

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...

शुक्रबार बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...

गण्डकी प्रदेशका ६७ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध

गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...

उपसभामुखको निर्वाचन शुक्रबार हुने

काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् ।   प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...

सेयर बजार २८ सय अंक नाघ्यो, सबै समूहका सूचक बढे

काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...

राष्ट्रियसभा बैठक : भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्नसम्म माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...

देशभर चैते झरी, मौसम सुधार भोलि पनि नहुने

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...

लामो दूरीका सवारी साधनमा आज साँझदेखि नयाँ भाडादर लागू हुने

काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...

कति छ आज कालिमााटीमा कृषिउपजको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending