काठमाडौं । पहलगाममा भएको आतंकवादी हमलापछि भारत सरकारले सबै पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाएको छ। उनको सामाजिक सञ्जाल अकाउन्ट पनि ब्लक गरिएको छ। यससँगै भारतमा १६ पाकिस्तानी युट्युब च्यानललाई पनि प्रतिबन्ध लगाइएको छ।
यो कदमबाट आक्रोशित बनेर अब पाकिस्तानले पनि भारतीय गीतमा प्रतिबन्ध लगाएको छ। पाकिस्तानले बिहीबार मे १ बाट आफ्ना एफएम रेडियो स्टेशनहरूमा भारतीय गीतहरू प्रसारण बन्द गर्ने घोषणा गरेको छ।
यो जानकारी पाकिस्तान ब्रोडकास्टर्स एसोसिएसन (पीबीए) का महासचिव शकील मसूदले दिए। उनले भने, ‘पीबीएले तत्काल प्रभावबाट देशभरका पाकिस्तानी एफएम रेडियोमा भारतीय गीतको प्रसारण बन्द गरेको छ।’
पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले पाकिस्तान ब्रोडकास्टर्स एसोसिएसन (पीबीए)को निर्णयको प्रशंसा गरेका छन्। पीबीएलाई लेखेको पत्रमा उनले भने, ‘पीबीएको यो देशभक्तिपूर्ण कदम अत्यन्तै प्रशंसनीय छ र यसले सम्पूर्ण देशको सामूहिक भावना झल्काउँछ।’
उनले पाकिस्तानका एफएम स्टेसनमा भारतीय गीत प्रतिबन्ध लगाउनु भनेको यस्तो कठिन समयमा राष्ट्रिय एकता सुदृढ गर्न र पाकिस्तानको मूल्य मान्यता जोगाउन हामी सबै एकजुट भएर उभिने संकेत भएको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: