काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारको नीति तथा कार्यक्रमलाई ‘नौटंकी’ को संज्ञा दिएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नौटंकी सरकारको भण्डाफोर गर्न निर्वाचनमा बढीभन्दा बढी सिट जित्नुपर्ने बताएका हुन्।
“चुनाव कार्यनीतिक लक्ष्य हो, तर हाम्रो मुख्य लक्ष्य होइन। यदि हामीले निर्वाचनमा धेरै सिट जित्यौँ भने संसद्मा गएर यो नौटंकी सरकारको भण्डाफोर गर्न सक्छौँ,” खनालले भने।
खनालले सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बोली बढी र कार्यान्वयन कम भएको टिप्पणी गरे। “यो नीति तथा कार्यक्रम नौटंकी मात्र हो। बोल्ने कुरा धेरै छन्, तर गर्ने कुरा निकै कम,” उनले भने।
वर्तमान संविधानलाई पुँजीवादी भन्दै खनालले यसलाई आँखा चिम्लिएर समर्थन गर्न नसकिने बताए। “यो संविधान पुँजीवादमा आधारित छ। हामी यसलाई आलोचनात्मक रूपमा हेर्छौँ,” उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - ११:३२
पोखरा। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेकाले सरकारको गठन नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जि...
मंसिर ३० गते, २०८२ - ११:२५
काठमाडौं । सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी ...
मंसिर ३० गते, २०८२ - ११:१७
काठमाडौं । व्यक्तिको विवरण हेरफेर गरी राष्ट्रिय परिचयपत्र ‘एप्रुभ’ गरेको आरोपमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जना पक्राउ प...
मंसिर ३० गते, २०८२ - १०:५७
सप्तरी। सप्तरीका किसानहरूले नेपाल सरकारले तोकेकोभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएका छन् । व्यापारीहरूले किसानहरूसँग सस्तोमा धान किनेर महँगोमा बेच्दै...
मंसिर ३० गते, २०८२ - १०:४३
काठमाडौँ। सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जना...
मंसिर ३० गते, २०८२ - १०:३४
काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा केही चर्चित नयाँ अनुहार केन्द्रीय कमिटीमा प्रवेश गर्ने भएका छन् । प्रारम्भमा महाधिवेशन प्रतिनिधि नबनेका...
मंसिर ३० गते, २०८२ - १०:१७
नेपालगन्ज । यस वर्ष बाँके जिल्लामा ३५ हजारभन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शितलहरबाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । जिल्...
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...




प्रतिकृया लेख्नुहोस्: