कावासोती। नेपाली कांग्रेसका नेता तथा सङ्घीय सांसद डा। शेखर कोइरालाले नेपाली कांग्रेस र एमालेको सरकारले वर्तमान अवस्थामा हरेक समस्याको कारण खोजी गर्दै त्यसको समाधान गर्ने बताएको छन् । नेपाल थारू सङ्घ जिल्ला समिति नवलपुरको पहिलो जिल्ला अधिवेशनको सन्दर्भमा शनिबार थारू सङ्ग्रहालयको उद्घाटन गर्दै उनले सो कुरा बताएको हो ।
डा। कोइरालाले पार्टीले पहिलो पटक थारूको छुट्टै सङ्गठनको अनुमति दिएको भन्दै थारू संस्कार र संस्कृतिको विकासमा सबै लाग्नुपर्ने बताए । कार्यक्रममा बोल्दै उनले संसद्मा रहेका दुई ठुला दलको सरकारले हरेक पक्षको समान दायित्व बोकेर अघि बढेमा यो सरकार आलोपालोको अवधिसम्म टिक्ने बताए । सरकारले ल्याएको नीति तथा कार्यक्रममा एक दलको मात्र दायित्व नहुने भएकाले संयुक्त सरकारको चाहना र इच्छा अनुसार छोटो र सरल विकासवादी चिन्तन बोकेर आएको उनले उल्लेख गरे।
नेता कोइरालाले कांग्रेस महाधिवेशन विधानबमोजिम हुनेमा शङ्का नगर्न कार्यकर्तालाई आग्रह गरे। मुलुकमा आएका हरेक विवादको समाधान वार्ताबाट गर्नुको विकल्प नरहेको भन्दै नेता कोइरालाले समाजको विकास र जनचाहनाबमोजिम अघि बढ्नु नै अहिलेको उत्तम विकल्प भएको बताए। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीले मुलुककमा देखिएका हरेक समस्याको समाधान गर्नुपर्ने बताउँदै सबैलाई मिलाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली, उदयशमशेर राणा, योगेन्द्र चौधरीले नेपाली कांग्रेस मुलुकको अग्रगामी परिवर्तनका लागि जिम्मेवार भएर अघि बढेमा मात्र मुलुकको विकास सम्भव रहेको बताए ।
शनिबारै नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा डा। कोइरालाले स्वतन्त्र प्रेस आजको मूल आवश्यकता भएकाले सबै लोकतन्त्रवादी यसको संस्थागत विकासमा दत्तचित हुनुपर्नेमा जोड दिए। कार्यक्रममा बोल्दै नेता कोइरालाले आउँदो मङ्सिरमा पार्टीको महाधिवेशन भएको चार वर्ष पुग्ने हुँदा कुनै पनि हालतमा मङ्सिर मसान्तभित्र महाधिवेशन हुनुपर्नेमा जोड दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...
मंसिर २८ गते, २०८२ - १७:०८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् । ११ ओभरको चौथो, पाँचौँ र छैटौं...
मंसिर २८ गते, २०८२ - १६:४८
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...
मंसिर २८ गते, २०८२ - १६:१०
संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...
मंसिर २८ गते, २०८२ - १६:०४
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्। नेकपा एमालेको ११ औँ मह...
मंसिर २८ गते, २०८२ - १४:००
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...
मंसिर २८ गते, २०८२ - १२:५६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...
मंसिर २८ गते, २०८२ - १२:३४
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ। प्रशासन कार्यालयले सा...
मंसिर २८ गते, २०८२ - १२:१३
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...
मंसिर २८ गते, २०८२ - १२:००
गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...




प्रतिकृया लेख्नुहोस्: