Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

ओखलढुङ्गामा बच्चा जन्माएर फालेको आरोपमा १९ वर्षीया युवती पक्राउ

खबरडबली संवाददाता

ओखलढुङ्गा। ओखलढुङ्गामा बच्चा जन्माएर फालेको आरोपमा १९ वर्षीया युवतीलाई प्रहरीले पक्राउ गरेको छ । आफैँले जन्माएको नवजात शिशु फालेको आरोपमा जिल्लाको चम्पादेवी गाउँपालिका–९ की युवतीलाई प्रहरीले पक्राउ गरेको हो ।

युवतीले गत १४ गते घरमा बच्चा जन्माई नजिकैको आफ्नै अर्को घरमा फालेकी थिइन् । ईलाका प्रहरी कार्यालय रामपुर बरुणेश्वरबाट प्रहरी निरीक्षक मनिष लुईटेलको नेतृत्वमा खटिएको प्रहरी टोलिले उक्त शिशुको टाउको मात्र फेला पारेको छ ।

शिशुलाई कुकुरले खादै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शरिरको अन्य भाग कुकुरले खाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

जन्मने वित्तिकै शिशु फालेको आरोपमा आइतबार बिहान उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।

अनुसन्धानका लागि युवतीलाई प्रहरीले सुनकोशी गाउँपालिका–७ च्यानमबाट पक्राउ गरेको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुल्यो

काठमाडौँ । ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।  प्रधान न्य...

सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेशपछि सरकारले भन्यो: आवश्यक कदम चालिनेछ

काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी ९एसएसबी० प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...

लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताल मनोनित

काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

काठमाडौं । सरकारले २०५२ सालमा पेस भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लै...

काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १५ जना घाइते

काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा ...

बालसैनिक भर्ती गम्भीर मानव अधिकार उल्लंघन ठहर गर्दै कानुनी व्यवस्था गर्न सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको म्याद एक महिना थप

काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको समय थपिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद एक महिना...

संसद्ले चाहेको खण्डमा प्रधानमन्त्री हटाउन सक्ने अधिकार छ: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संसदीय प्रणालीमा संसद्ले चाहेको खण्डमा प्रधानमन्त्री हटाउन सक्ने अधिकार रहने बताएका छन्। प्रतिनिधिसभाम...

रवीलाई भारतमा प्रधानमन्त्री वा राष्ट्रपतिलाई झैँ भव्य स्वागत गरिएको देखियो, यसको अर्थ के हो ? : बादल

रास्वपा पपुलिस्ट पार्टी हो, एआई र अल्गोरिदम प्रयोग गरेर जनतालाई भ्रमित बनायो

परराष्ट्रमन्त्री खनालको चीनको भ्रमणको ‍औपचारिक तालिका सार्वजनिक, वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आउँदो आइतबारदेखि चार दिनका लागि चीन भ्रमणमा जाने भएका छन्। औपचारिक तालिकाअनुसार उनी जेठ ३१ गतेदेखि असार ३ गतेसम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending