Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

प्रतिनिधिसभाको शून्य समय: कसले के भने ?

खबरडबली संवाददाता

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विभिन्न समसामयिक विषयमा ध्यानाकर्षण गराएको छ ।

सांसद बीना लामाले चैत १५ गतेको तीनकुने घटनाको सत्यतथ्य सार्वजनिक गर्न न्यायिक छानबिन समिति गठन गर्नुपर्ने र थुनामा राखिएका रवीन्द्र मिश्रलगायत सबैलाई तत्काल रिहा गर्नुपर्ने माग गरे ।

सांसद विराजभक्त श्रेष्ठले सिम्रौनगढको पल्कियामाई मन्दिर इतिहासको पहिचान र जीवन्त प्रतीक भएकाले यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताए ।

सांसद शान्ति श्रेष्ठले सडकको अवस्था वर्षामा हिलाम्मे र अरू बेला धुलाम्मे हुने भएकाले वर्षा अगाडि नै बाँकी सडक निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् ।

सांसद सरस्वती बजिमयले पनि वर्षायाम सुरू भएसँगै पहाडी र हिमाली भेगका नागरिकलाई यात्रा गर्दा जोखिम झेल्नुपर्ने भएकाले समयमै सडक निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताइन्।

सांसद शिव नेपालीले राष्ट्रिय गौरव योजनामा देखिएको अनियमितताप्रति शून्य सहनशीलता अपनाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउ प्रक्रियामा न्यायिक छानबिनको माग रे ।

सांसद शिशिर खनालले गोङ्गबु बसपार्क क्षेत्रमा साँझपख खुला सडकमा अमर्यादित गतिविधि, रातभरि होहल्ला र यात्रुहरूलाई विभिन्न प्रलोभन देखाई लुटपाट हुने गरेको गुनासो बढेकाले सुरक्षित र सम्मानजनक वातावरण सिर्जना गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद शोभा ज्ञवालीले विभिन्न योजनाहरू समयमा सम्पन्न नहुनु र बजेट ‘फ्रिज’ हुने समस्या देखिएकाले ठेक्का लिने निर्माण व्यवसायीहरूको क्षमता र नियत मूल्याङ्कन गरेर मात्रै ठेक्का स्वीकृत गर्नुपर्ने बताइन्।

सांसद सन्तोष चालिसेले आउँदो बजेटमा कृषकहरूलाई बजारसँग जोड्न सक्ने व्यवस्था मिलाउन र देशमै रोजगारी सिर्जना गर्न कृषि क्षेत्रको बजेट बढाउनुपर्ने सुझाव दिए ।

सांसद सरस्वती सुब्बाले दलित भूमिहीनलाई आवास र कृषि भूमिसहितको अधिकार प्रदान गर्न तत्काल संसद्मा भूमि, वन र निकुञ्जसम्बन्धी विधेयक ल्याउन माग गरिन् ।

सांसद सराजअहमद फारुकीले कपिलवस्तु क्षेत्र नं ३ मा नदी कटानका कारण बर्खायाममा गाउँ नै डुब्ने खतरा रहेकाले सम्बन्धित मन्त्रालयको ध्यान पुग्नुपर्ने बताए।

सांसद शान्ति चौधरीले किसानहरूलाई समयमा मल वितरण गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराइन् ।

सांसद सरिता भुसालले सिमसार क्षेत्रको उचित विकास र संरक्षण हुन नसक्दा उपेक्षित देखिएकाले सिमसार विकासका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने माग गरिन्।

सांसद सीता मिजारले सङ्घीय संसद् भवन निर्माण आयोजनामा भएको ढिलाइ र सुस्तीले अन्य परियोजनाहरू समयमै सम्पन्न हुनेमा आशङ्का उत्पन्न गराएको बताइन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर। बागमती प्रदेश सभाका विपक्षी दलहरुले बागमती प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग गरेका छन् । जनताका आवाज उठाउने थलो प्रदेश सभालाई बन...

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश जारी

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदे...

ओली र पोखरेललाई मतदान गर्न लाग्यो ४० मिनेट समय

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा आज बिहानदेखि मतदान सुरु भएको छ। अध्यक्षका उम्मेदवार केपी शर्म...

पृथ्वीचन्द्र जिल्ला अस्पतालमा अनियमितताको रहस्य बाहिरिँदै, अख्तियारले माग्यो विवरण

पश्चिम  नवलपरासी। पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending