Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

नमूना बन्यो गौरादहको ‘सहकारी खेती’ र ‘कृषि घरबास’

खबरडबली संवाददाता

झापा । महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले प्रवर्द्धन गरेको ‘सहकारी खेती’ र ‘कृषि घरबास’ ग्रामीण कृषि पर्यटनको नमूना बनेको छ । झापाको गौरादह नगरपालिका–५ मा रहेको सहकारी २०५९ पुस १७ गते स्थापना भएको हो । दुई दशकदेखि यो सहकारीको नेतृत्व महिलाहरुले सम्हाल्दै आएका छन् ।

कृषकहरुलाई आर्थिक रुपमा सबल र खेतीमा यान्त्रिकीकरण गर्ने सोचका साथ सहकारीले २०७० मा गौरादह–५ का ८१ परिवारको ८० बिगाहा जग्गा समेटेर कृषक सदस्यकै सहभागितामा सामूहिक खेती सुरु गरेको सहकारीकी अध्यक्ष मीना ढकालले बताइन्। त्यही सामूहिक खेती अहिले ‘नमुना एकीकृत सहकारी खेती’ को रुपमा कृषि अभ्यासको नमूना बनेको छ । खेती अवलोकन गर्न आउनेहरु बढेपछि यहाँ ‘कृषि घरबास’ सञ्चालनले पर्यटन प्रवर्द्धन भएको छ ।

‘सहकारी खेती’ ले दुई गुणा आम्दानी

सहकारी संस्थाको १३ वटा अन्तर समूह र ३०४ वटा साना किसान समूहमा एक हजार ९५६ जना महिला सदस्य आबद्ध छन् । त्यसमध्ये ८१ परिवारको समूह सहकारी खेतीमा जोडिएको छ । सहकारी खेतीको वार्षिक कारोवार रु दुई करोड ५० लाख रहेको नमुना सहकारी खेतीका अध्यक्ष बेदनिधि चापागाई बताउँछिन्। वार्षिक कारोवारमध्ये रु एक करोड श्रमवापत सदस्य कृषकहरुले नै पाउने गरेका छन् ।

यो वर्ष एक बिघा जग्गाको शेयरवापत सदस्य कृषकले सहकारी खेतीबाट रु ६२ हजार नौ सय पाएको चापागाईंले जानकारी दिइन्। एक कठ्ठाको एक शेयर हुने आधारमा एक बिघाको २० शेयर मानिने गरेको छ । “जग्गाको २० शेयर (एक बिघा) वापत रु ६२ हजार नौ सय पाउनुभयो,” उनले भनिन्, “मुनाफाको ४० प्रतिशत बेग्लै पाउनुहुन्छ भने खेतीमा श्रम गरेमा एक घण्टाको रु। ७० देखि १०० सम्मका दरले ज्याला पनि पाउनुहुन्छ ।” एकलभन्दा सामूहिक खेती गर्दा बढी प्रतिफल पाइने भएकाले सहकारीका सदस्यहरु सहकारी खेतीमा रमाउनु भएको उनको भनाइ छ ।

खेतीबाट धान, मकै र तोरीको गुणस्तरीय बीउ उत्पादन हुने गरेको छ । यहाँ उत्पादित बीउ झापा, मोरङ, सुनसरी, सप्तरी र सिराहासम्म बिक्री भइरहेको छ । सहकारी खेती चक्लाबन्दी खेतीको एउटा नयाँ नमूना भएको चापागाईं बताउँछिन्। “परिवार खण्डिकरण भएर परिवारको स्वामित्वमा जग्गा थोरै हुन थालिसकेको छ,” उनी भन्छिन्,“थोरै जग्गामा आधुनिक प्रविधि र यान्त्रिकरण सम्भव हुँदैन । त्यसैले कसरी धेरै जग्गाको एउटै चक्ला बनाएर खेती गर्ने भन्ने विषयमा हामीले सहकारी मोडेलको सामूहिक कृषि अभ्यास गरेका हौं । सफल प्रमाणित भइसकेको हुँदा यस अभ्यासलाई देशका अन्य भागमा पनि प्रयोगमा ल्याउन सरकारले प्रोत्साहित गर्नुपर्छ ।”

सुविधायुक्त ‘कृषि घरबास’

सहकारी खेती सुरु भएपछि कृषिमा भइरहेको नौलो अभ्यास हेर्न टाढादेखि आन्तरिक पर्यटकहरुको चहलपहल बढ्नु स्वाभाविक नै हो । गौरादह ग्रामीण क्षेत्र भएकाले यहाँ पाहुनालाई बस्ने र खाने ठाउँको अभाव थियो । गाडी लिएरै खेती अवलोकन गर्न आउनेहरुले गाउँमै बस्ने ठाउँ भए पनि हुन्थ्यो भन्न थालेपछि सदस्यहरुकै सहभागितामा पाहुना घर बनाउने सोच आएको अध्यक्ष ढकालले बताइन्।  

उनका अनुसार सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने योजनाअन्तर्गत मुलुकका सयवटा रमणीय स्थललाई पर्यटकीय गन्तब्य घोषणा गर्यो । सरकारको सय गन्तब्यमध्ये गौरादहको सहकारी खेतीलाई देशकै एउटा मात्र कृषि पर्यटन क्षेत्र भनेर पहिचान प्राप्त भयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु एक करोड ६० लाखको आर्थिक सहयोगमा १२ कठ्ठा जग्गामा नेपालकै पहिलो ‘कृषि घरबास’ निर्माण भयो । जसलाई सुरुमा पाहुना घर भनियो । पछि नमूना कृषि घरबास (होमस्टे) को रुपमा यसलाई दर्ता गरियो ।  

‘कृषि घरबास’ अन्तर्गत निर्माण भएको सुविधायुक्त पाहुना घरमा ५० जना अट्ने वातानुकूलित कोठाहरु छन् । आठ वटा कोठा र ५० जना अट्ने तालिम हल छ । त्यसमध्ये दुई वटा कोठामा दुईरदुई वटा बिछ्यौना छन् भने छ वटामा आठ वटाका दरले बिछ्यौना राखिएको छ । बस्नका लागि प्रति व्यक्ति रु दुई सय शुल्क लिने गरिएको छ । पाहुना घरमा बस्नेलाई सहकारीले आफ्नै खेतीमा उत्पादन गरेका जैविक खाद्यपदार्थ खुवाउने गरिएको छ ।

पूर्व–पश्चिम राजमार्गको पाडाजुँगी चोकबाट ३० किलोमिटर दक्षिणमा चार वर्षदेखि सञ्चालनमा रहेको यो ‘कृषि घरबास’मा मासिक औसत आठ वटा सवारी साधन भाडामा लिएर पर्यटकहरु बास बस्ने गरी आउने गरेका छन् । कृषिको अध्ययन भ्रमण गर्नेहरु वर्सेनि ठूलो सङ्ख्यामा आउँछन् । एकान्त र शान्त ठाउँ भएकाले यहाँ आवासीय तालिमहरु हुने गरेका छन् । महिनामा औसत ५ देखि ७ दिन तालिमका कार्यक्रमहरु सञ्चालन हुने गरेको छ । सय जना पाहुनालाई बस्ने र खाने व्यवस्थापन गर्न सकिने चापागाईले बताउनुभयो । दुई सय जनासम्म पाहुना आउँदा छेउछाउका सदस्यको घरको कोठामा बस्ने व्यवस्था मिलाउने गरिएको र त्यसको आम्दानी सदस्यले नै पाउने गरेका छन् ।

कृषि पर्यटन क्षेत्र भएकाले किसानहरुले प्रयोग गरिरहेको प्रविधिको प्रदर्शनी हेर्न, बुझ्न र अध्ययन अवलोकन गर्न कृषि समूह, सहकारी समूह र विद्यार्थी समूह आउने गरेका छन् । नार्क र गौरादह नगरपालिकाको सहकार्यमा प्रविधि हस्तान्तण कार्यक्रमसमेत यहाँ सञ्चालन भइरहेको छ । गौरादहमा पर्यटक बस्ने अरु ठाउँ छैन । “पाहुना घरमा लजिङ, फुडिङ, बत्ती, पानी, शौचालय, बाथरुमको राम्रो व्यवस्था गरेका छौं,” चापागाई भन्छिन्,“एक जना मानिस बसेपछि तन्ना, सिरानी, सिरकका खोलहरु फेर्ने गरिएको छ । सफा सुग्घर राखिएको छ । बगैँचा भएकाले फोटो खिच्न र घुम्नका लागि टाढा जानुपर्दैन ।”  

‘एक घर एक रोजगार’

किसानहरुको जीवनस्तर उकास्नका लागि सामूहिक खेती र पाहुना घरसँगै रोजगारीको अवसर सिर्जना हुने गरी महिला उद्यमशीलतालाई सहकारीले प्रोत्साहित गरेको अध्यक्ष ढकाल बताउँछिन्। सहकारीका महिला सदस्यहरुले अचार, पापड, आलु चिप्स, दुग्ध परिकार लगायतका लघु खाद्य उद्योग सञ्चालनमा ल्याएका छन् । त्यसबाट ३५ परिवार स्वरोजगार भएका छन् भने २५ परिवारको हरेक घरका एक जनाले उद्योगमा रोजगारी पाएका छन् ।

नमूना सहकारी खेतीकै कारण ‘कृषि घरबास’ चलेको र लघु उद्योग सञ्चालनका कारण रोजगारीको सिर्जना भएकाले यहाँका हरेक महिला आर्थिक रुपमा आत्मनिर्भर बनेका छन् । नमूना खेतीअन्तर्गत माछापालन, प्याज खेती र तरकारी खेती समेत भइरहेको व्यवस्थापक अर्जुन खतिवडा बताउँछन्। नेपालमा हेपिएको व्यवसायमा लिइने गरिएको कृषिलाई सामूहिक रुपमा अभ्यास गर्दा किसान अधिक रुपमा लाभान्वित हुने भएकाले गौरादहका महिलाहरुले बिगत एक दशकदेखि सफल रुपमा प्रयोगमा ल्याएको यो कृषि विकासको मोडललाई अन्यत्र पनि प्रवर्द्धन गर्न सकिने सम्भावना देखिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्री लम्सालद्वारा फाप्ला क्रिकेट मैदानको निरीक्षण

धनगढी। कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल ल...

अभौतिक सांस्कृतिक सम्पदा विधेयक, २०८३ माथि विचार गरियोस् प्रस्ताव स्वीकृत

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...

अध्ययन भिसा सिफारिस प्रकरण: कर्मचारीको भूमिका छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका नक्कली पत्र तथा कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग...

बिपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या आठ पुग्यो

बनेपा। बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको स...

ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुल्यो

काठमाडौँ । ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।  प्रधान न्य...

सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेशपछि सरकारले भन्यो: आवश्यक कदम चालिनेछ

काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...

लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताल मनोनित

काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

काठमाडौं । सरकारले २०५२ सालमा पेस भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लै...

काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १५ जना घाइते

काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा ...

बालसैनिक भर्ती गम्भीर मानव अधिकार उल्लंघन ठहर गर्दै कानुनी व्यवस्था गर्न सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending