Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

आयआर्जनसहितको बस्ती विकासमा जोड दिऔं : उपप्रधानमन्त्री सिंह

खबरडबली संवाददाता

काठमाडौँ। उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले अब बस्ती विकास गर्दा त्यहाँ बस्नेहरूका लागि आयआर्जनको वातावरण निर्माण गर्नुपर्नेमा बताएको छन् ।

राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले बस्ती मात्र बनाएर नहुने भन्दै त्यहाँ बस्नेहरूका लागि आर्थिक अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।

‘‘व्यवस्थित आवास बनाउँदा बनाउनका लागि मात्र बनाएर हुँदैन भन्ने कुरा यो भन्दा अघिको उदाहरणबाट पाठ सिक्नुपर्छ । जग्गा विकास पनि गर्नुछ । न्यूनतम रूपमा मानिसहरूलाई आवश्यक पर्ने आयआर्जन गर्नसक्ने गरी अब बस्ती विकास हुनुपर्छ,’’ उपप्रधानमन्त्री सिंहले भने।

त्यस्तै, उनले बस्ती विकास गर्दा सो स्थानको मौसमलाई ध्यान दिएर र स्थानीय मौलिक स्रोतसधानकै प्रयोग गरेर बनाउनुपर्ने पनि बताए।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले सरकारले राष्ट्रिय आवास कम्पनीलाई विशेष महत्त्व दिलाएको पनि बताए। सरकारको आगामी आर्थीक वर्षको नीति तथा कार्यक्रममा व्यवस्थित आवास र जग्गा विकासको विषय पर्नुले पनि सरकारले प्राथमिकतामा राखेको भन्दै व्यवस्थित बस्ती विकासमा कम्पनीको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । बस्ती विकास गर्दा समुदायलाई आवश्यक पर्ने विषयहरूमा ध्यान दिँदा राम्रो हुने भन्दे तयसतर्फ ध्यान दिन कम्पनीलाई सुझाव दिए। 

‘‘जनताको अपेक्षा धेरै छ । कम्पनीमा रहेका कमजोरी हटाएर जनअपेक्षाअनुसार काम गर्नततर्फ ध्यान दिनुहोला,’’ उपप्रधानमन्त्री सिंहले भने।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्री लम्सालद्वारा फाप्ला क्रिकेट मैदानको निरीक्षण

धनगढी। कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल ल...

अभौतिक सांस्कृतिक सम्पदा विधेयक, २०८३ माथि विचार गरियोस् प्रस्ताव स्वीकृत

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...

अध्ययन भिसा सिफारिस प्रकरण: कर्मचारीको भूमिका छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका नक्कली पत्र तथा कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग...

बिपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या आठ पुग्यो

बनेपा। बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको स...

ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुल्यो

काठमाडौँ । ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।  प्रधान न्य...

सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेशपछि सरकारले भन्यो: आवश्यक कदम चालिनेछ

काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...

लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताल मनोनित

काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

काठमाडौं । सरकारले २०५२ सालमा पेस भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लै...

काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १५ जना घाइते

काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा ...

बालसैनिक भर्ती गम्भीर मानव अधिकार उल्लंघन ठहर गर्दै कानुनी व्यवस्था गर्न सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending