हुम्ला। हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिकादेखि सुर्खेत हुँदै नेपालगन्जसम्मको भाडा घटेको छ । सर्केगार्डबाट सार्वजनिक बस सञ्चालनमा आएपछि भाडादर घटेको हो ।
खार्पुनाथ मानसरोवर संयुक्त यातायात प्रालिका सञ्चालक सुरेन्द्र सिंहले सर्केगार्ड गाउँपालिका केन्द्र सर्केगार्डबाट सुर्खेत र नेपालगन्जसम्म सार्वजनिक बस सेवा सञ्चालन आएपछि भाडादर सस्तिएको बताए। यसअघि बोलेरो जिपमा सर्केगार्डबाट सुर्खेतसम्म यात्रा गर्नुपर्दा एक जना यात्रुको साढे सात हजार रुपियाँ तिर्नुपर्यो ।
उनले सार्वजनिक बस सेवा सञ्चालनमा आएपछि सर्केगार्डबाट सुर्खेतसम्म प्रति यात्रु तीन हजार पाँच सय रुपियाँ भाडा लाग्ने गरेको बताए। यसैगरी, नेपालगन्जसम्म चार हजार रुपियाँ भाडा लाग्ने छ । सर्केगार्डबाट सुर्खेत हुँदै नेपालगन्जसम्म प्रत्येक दिन बिहान ९ बजे र दिउसो २ बजे गरी दुई वटा मिनी बस छुट्ने गरेका छन् ।
यसैगरी समितिले सर्केगार्डबाट हुम्ला जिल्लाकै कवाडीसम्म पर्ने विभिन्न स्थानहरूका लागि पनि भाडा निर्धारण गरेको छ । सर्केगार्डबाट सलीसल्ला एक सय ५० रुपियाँ भाडा निर्धारण गरिएको छ भने बाग्रेचौर दुई सय, नेरघाट २५० रुपियाँ, खच्चा तीन सय, तुम्च चार सय, मकै पाँच सय, गल्फागाड ६५०, दोमुख आठ सय, पैमा ९५०, कवाडी एक हजार रुपियाँ भाडा निर्धारण गरिएको छ ।
त्यस्तै, सर्केगार्डबाट बाजुरा र कालीकोट जिल्लाका विभिन्न स्थानहरूको पनि भाडा निर्धारण गरिएको छ । जसमा धुलाचौर एक हजार तीन सय, पिलुचौर एक हजार पाँच सय, बेरमा एक हजाार ६५०, काब्डी एक हजाार सात सय, घाटाचौर एक हजार आठ सय, सान्नीघाट एक हजार नौ सय र जीते दुई हजार पाँच सय भाडा निर्धारण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवसायीसहितको सर्वपक्षीय बैठकले प्रति किलोमिटर ३८ रुपियाँ भाडा उपयुक्त हुने सहमति भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८२ - १७:२०
काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमै आगामी आवको बजेट निर्माण गरिने बताएक...
जेष्ठ १ गते, २०८२ - १७:१०
काठमाडौँ । महालेखा परीक्षक कार्यालयले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको छ । महालेखा परीक्षक तोयम रायाले बुधबार शि...
जेष्ठ १ गते, २०८२ - १६:५१
काठमाडौँ। साफ यु–१९ च्याम्पियनसिपअन्तर्गत समूहको अन्तिम खेलमा नेपालले घरेलु टोली भारतसँग फराकिलो हार खेपेको छ । भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्...
जेष्ठ १ गते, २०८२ - १६:४७
इस्लामावाद। पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेका छन् । दुबै पक्षले आ–आफ्ना अधिकारीमाथि जासुसी ग...
जेष्ठ १ गते, २०८२ - १६:३९
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएको छ । महालेखा परीक्षकको ६२औं ...
जेष्ठ १ गते, २०८२ - १५:५५
काठमाडौं । सातोको चौथो दिन अर्थात बुधबार नेप्से परिसूचक बुधबार पनि घटेको छ । नेप्से परिसूचक आज १३.९६ अंक घटेर २६२०.२७ विन्दुमा झरेको छ। सेन्सेटिभ ...
जेष्ठ १ गते, २०८२ - १५:४४
काठमाडौँ । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले नेपालले आयोजना गरेको सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यमा केन्द्रित हुने र यस...
जेष्ठ १ गते, २०८२ - १५:२४
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न स्कटल्याण्ड जाने नेपाली क्रिकेट टोलीलाई बुधब...
जेष्ठ १ गते, २०८२ - १५:१८
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले सङ्घीय सरकारले विकास निर्माणका काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न माग गर्नुभ...
जेष्ठ १ गते, २०८२ - १५:१०
सियोल। दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ । मुख्यतया वृद्धवृद्धाहरूका लागि रोजगारीमा वृद्धिका कारण रोजगारीमा वृद्धि भए...
प्रतिकृया लेख्नुहोस्: