Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुन: खोल्न ट्रम्पको आदेश

खबरडबली संवाददाता

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुन: खोल्न निर्देशन दिएको बताएको छन् । यो कुख्यात सङ्घीय कारागार क्यालिफोर्नियाको एउटा सानो टापुमा अवस्थित थियो र छ दशकअघि बन्द भएको थियो ।

“पुनर्निर्माण गर्नुहोस् र अल्काट्राज खोल्नुहोस् १”, रिपब्लिकन राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभयो, “आज म कारागार ब्युरो, न्याय मन्त्रालय, एफबिआई र होमल्यान्ड सेक्युरिटीसँग मिलेर अमेरिकाका सबैभन्दा निर्दयी र हिंसात्मक अपराधीहरूलाई राख्न अल्काट्राज पर्याप्त रूपमा विस्तारित र पुनर्निर्माण गरी फेरि खोल्न निर्देशन दिँदै छु ।”

अमेरिकी कारागार ब्युरोका अनुसार अल्काट्राज मात्र २९ वर्ष खुला रहेपछि सञ्चालन खर्च उच्च भएका कारण सन् १९६३ मा बन्द भएको थियो र अहिले यसले पर्यटकीय आकर्षणका रूपमा सेवा गर्दछ ।

सान फ्रान्सिस्को तटबाट दुई किलोमिटर दूरीमा अवस्थित र मात्र तीन सय ३६ कैदीको क्षमता भएको यो कारागारमा निषेध युगका माफिया नेता अल कापोन जस्ता केही प्रख्यात अपराधीहरू राखिएका थिए र यसले कैदीहरूले धेरै काल्पनिक भाग्ने प्रयासहरू देखेको थियो ।

ट्रम्पले विशेष गरी आप्रवासीहरूद्वारा गरिएका अपराधमाथि कडा कारबाही गर्नलाई ह्वाइट हाउसमा उहाँको दोस्रो कार्यकालको एक प्रमुख तत्व बताएको छन् ।

“जब हामी अझ गम्भीर राष्ट्र थियौँ, विगतमा हामीले सबैभन्दा खतरनाक अपराधीहरूलाई बन्द गर्न र उनीहरूलाई हानी गर्न सक्ने कसैबाट टाढा राख्न हिचकिचाउँदैनौँ । यो यस्तै हुनुपर्छ”, ट्रम्पले आइतबार लेखेकोको छन्, “अब हामी यी सिरियल अपराधीहरूलाई सहन सक्दैनौँ जसले हाम्रो सडकमा फोहोर, रक्तपात र अराजकता फैलाउँछन् ।”

गम्भीर प्रस्ताव होइन

टापु किल्ला अमेरिकी सांस्कृतिक इतिहासमा सन् १९६२ मा तीन कैदीहरू विशेष गरी फ्रान्क मोरिस भागेपछि समावेश भयो प्रवेश गरेको थियो र क्लिन्ट इस्टउडको अभिनय भएको ‘एस्केप फ्रम अल्काट्राज’ फिल्मको प्रेरणा बन्यो ।

कारागार ब्युरोका अनुसार यो कारागार अन्य कुनै पनि सङ्घीय कारागारभन्दा तीन गुणा बढी सञ्चालन खर्च लाग्ने भएकाले मोरिस भागेलगत्तै सन् १९६३ मार्च २१ मा यसलाई बन्द गरिएको थियो ।

प्रमुख खर्चहरू टापुको भौतिक अलगावका कारणले भएको थियो । खाना, आपूर्ति, इन्धन र यहाँसम्म कि पिउने पानी पनि हरेक हप्ता टापुमा लैजानु पर्दथ्यो ।

कारागार ब्युरोका अनुसार सञ्चालन खर्चका अतिरिक्त मर्मत र पुन:स्थापना कार्यका लागि मात्र अनुमानित ३० लाख डलरदेखि ५० लाख डलर थप आवश्यक पर्दथ्यो ।

हरेक वर्ष १० लाखभन्दा बढी आगन्तुक ल्याउँदै यो सन् १९७३ मा पर्यटक स्थलका रूपमा जनताका लागि फेरि खुलेको थियो ।

“यो अहिले एक धेरै लोकप्रिय राष्ट्रिय पार्क र प्रमुख पर्यटकीय आकर्षण हो”, सान फ्रान्सिस्कोको प्रतिनिधित्व गर्ने हाउसकी पूर्व सभामुख न्यान्सी पेलोसीले सामाजिक सञ्जाल एक्समा भने, “राष्ट्रपतिको प्रस्ताव गम्भीर छैन ।”

ट्रम्पले विशेष गरी आप्रवासीहरूद्वारा हुने अपराधमाथि कारबाही गर्ने वाचा गरेको छ र उनको प्रशासनले अपराधी र गिरोहका सदस्यहरू भनेका व्यक्तिहरूलाई निर्वासित गर्न १७९८ को शत्रु ऐन लागु गरेको छन् । यो ऐन पहिले युद्धको समयमा मात्र प्रयोग गरिएको थियो ।

उहाँको प्रशासनले एल साल्भाडोरलाई त्यहाँ निर्वासित गरिएका दर्जनौँ आप्रवासीलाई थुन्न लाखौँ डलर भुक्तानी गरेको छ । ट्रम्पले हिंसात्मक अपराधहरूमा दोषी ठहरिएका अमेरिकी नागरिकहरूलाई मध्य अमेरिकी देशमा पठाउन खुला हुने कुरा पनि बारम्बार बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले गत हप्ता अमेरिकाले निर्वासनमा परेका दुई सय ५० भन्दा बढी भेनेजुएलाली र साल्भाडोरेलीहरूलाई जानाजानी उचित प्रक्रियाको अधिकारबाट बञ्चित गरिरहेको देखिन्छ भनी बताएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

एमाले केन्द्रीय कमिटीको शपथ आज अपराह्न ४ बजे

काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ समारोह आज अपराह्न ४ बजे भृकुटीमण्डपस्थित महाधिवेशन हलमा हुने निर्वाचन आयोगले जानकारी दिएको ...

यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी, पोखरेल पक्षका दुई जना मात्रै निर्वाचित

काठमाडौं । एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन्। पदाधिकारीमा पनि ओली पक्षको प्रभुत्व कायम रह्यो। अध्यक्ष केपी शर्म...

एमालेको १९ पदाधिकारीमा महिला १ जना मात्रै

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये केवल एक जना महिला अटाएकी छिन्। सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्य...

एमाले उपमहासचिवमा विष्णु रिमाल पराजित

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। २२ सय २७ खसेको मतमा ल...

एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

काठमाडौं । नेकपा एमालेको उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेश...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending