Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुन: खोल्न ट्रम्पको आदेश

खबरडबली संवाददाता

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुन: खोल्न निर्देशन दिएको बताएको छन् । यो कुख्यात सङ्घीय कारागार क्यालिफोर्नियाको एउटा सानो टापुमा अवस्थित थियो र छ दशकअघि बन्द भएको थियो ।

“पुनर्निर्माण गर्नुहोस् र अल्काट्राज खोल्नुहोस् १”, रिपब्लिकन राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभयो, “आज म कारागार ब्युरो, न्याय मन्त्रालय, एफबिआई र होमल्यान्ड सेक्युरिटीसँग मिलेर अमेरिकाका सबैभन्दा निर्दयी र हिंसात्मक अपराधीहरूलाई राख्न अल्काट्राज पर्याप्त रूपमा विस्तारित र पुनर्निर्माण गरी फेरि खोल्न निर्देशन दिँदै छु ।”

अमेरिकी कारागार ब्युरोका अनुसार अल्काट्राज मात्र २९ वर्ष खुला रहेपछि सञ्चालन खर्च उच्च भएका कारण सन् १९६३ मा बन्द भएको थियो र अहिले यसले पर्यटकीय आकर्षणका रूपमा सेवा गर्दछ ।

सान फ्रान्सिस्को तटबाट दुई किलोमिटर दूरीमा अवस्थित र मात्र तीन सय ३६ कैदीको क्षमता भएको यो कारागारमा निषेध युगका माफिया नेता अल कापोन जस्ता केही प्रख्यात अपराधीहरू राखिएका थिए र यसले कैदीहरूले धेरै काल्पनिक भाग्ने प्रयासहरू देखेको थियो ।

ट्रम्पले विशेष गरी आप्रवासीहरूद्वारा गरिएका अपराधमाथि कडा कारबाही गर्नलाई ह्वाइट हाउसमा उहाँको दोस्रो कार्यकालको एक प्रमुख तत्व बताएको छन् ।

“जब हामी अझ गम्भीर राष्ट्र थियौँ, विगतमा हामीले सबैभन्दा खतरनाक अपराधीहरूलाई बन्द गर्न र उनीहरूलाई हानी गर्न सक्ने कसैबाट टाढा राख्न हिचकिचाउँदैनौँ । यो यस्तै हुनुपर्छ”, ट्रम्पले आइतबार लेखेकोको छन्, “अब हामी यी सिरियल अपराधीहरूलाई सहन सक्दैनौँ जसले हाम्रो सडकमा फोहोर, रक्तपात र अराजकता फैलाउँछन् ।”

गम्भीर प्रस्ताव होइन

टापु किल्ला अमेरिकी सांस्कृतिक इतिहासमा सन् १९६२ मा तीन कैदीहरू विशेष गरी फ्रान्क मोरिस भागेपछि समावेश भयो प्रवेश गरेको थियो र क्लिन्ट इस्टउडको अभिनय भएको ‘एस्केप फ्रम अल्काट्राज’ फिल्मको प्रेरणा बन्यो ।

कारागार ब्युरोका अनुसार यो कारागार अन्य कुनै पनि सङ्घीय कारागारभन्दा तीन गुणा बढी सञ्चालन खर्च लाग्ने भएकाले मोरिस भागेलगत्तै सन् १९६३ मार्च २१ मा यसलाई बन्द गरिएको थियो ।

प्रमुख खर्चहरू टापुको भौतिक अलगावका कारणले भएको थियो । खाना, आपूर्ति, इन्धन र यहाँसम्म कि पिउने पानी पनि हरेक हप्ता टापुमा लैजानु पर्दथ्यो ।

कारागार ब्युरोका अनुसार सञ्चालन खर्चका अतिरिक्त मर्मत र पुन:स्थापना कार्यका लागि मात्र अनुमानित ३० लाख डलरदेखि ५० लाख डलर थप आवश्यक पर्दथ्यो ।

हरेक वर्ष १० लाखभन्दा बढी आगन्तुक ल्याउँदै यो सन् १९७३ मा पर्यटक स्थलका रूपमा जनताका लागि फेरि खुलेको थियो ।

“यो अहिले एक धेरै लोकप्रिय राष्ट्रिय पार्क र प्रमुख पर्यटकीय आकर्षण हो”, सान फ्रान्सिस्कोको प्रतिनिधित्व गर्ने हाउसकी पूर्व सभामुख न्यान्सी पेलोसीले सामाजिक सञ्जाल एक्समा भने, “राष्ट्रपतिको प्रस्ताव गम्भीर छैन ।”

ट्रम्पले विशेष गरी आप्रवासीहरूद्वारा हुने अपराधमाथि कारबाही गर्ने वाचा गरेको छ र उनको प्रशासनले अपराधी र गिरोहका सदस्यहरू भनेका व्यक्तिहरूलाई निर्वासित गर्न १७९८ को शत्रु ऐन लागु गरेको छन् । यो ऐन पहिले युद्धको समयमा मात्र प्रयोग गरिएको थियो ।

उहाँको प्रशासनले एल साल्भाडोरलाई त्यहाँ निर्वासित गरिएका दर्जनौँ आप्रवासीलाई थुन्न लाखौँ डलर भुक्तानी गरेको छ । ट्रम्पले हिंसात्मक अपराधहरूमा दोषी ठहरिएका अमेरिकी नागरिकहरूलाई मध्य अमेरिकी देशमा पठाउन खुला हुने कुरा पनि बारम्बार बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले गत हप्ता अमेरिकाले निर्वासनमा परेका दुई सय ५० भन्दा बढी भेनेजुएलाली र साल्भाडोरेलीहरूलाई जानाजानी उचित प्रक्रियाको अधिकारबाट बञ्चित गरिरहेको देखिन्छ भनी बताएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्री लम्सालद्वारा फाप्ला क्रिकेट मैदानको निरीक्षण

धनगढी। कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल ल...

अभौतिक सांस्कृतिक सम्पदा विधेयक, २०८३ माथि विचार गरियोस् प्रस्ताव स्वीकृत

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...

अध्ययन भिसा सिफारिस प्रकरण: कर्मचारीको भूमिका छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका नक्कली पत्र तथा कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग...

बिपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या आठ पुग्यो

बनेपा। बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको स...

ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुल्यो

काठमाडौँ । ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।  प्रधान न्य...

सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेशपछि सरकारले भन्यो: आवश्यक कदम चालिनेछ

काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...

लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताल मनोनित

काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

काठमाडौं । सरकारले २०५२ सालमा पेस भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लै...

काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १५ जना घाइते

काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा ...

बालसैनिक भर्ती गम्भीर मानव अधिकार उल्लंघन ठहर गर्दै कानुनी व्यवस्था गर्न सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending