हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए
आज बुधबार बिहान खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको बोलेरो जिप सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । घाइतेहरूको मनहरी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा परेर राक्सिराङ गाउँपालिका–९ बस्ने १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान र उनकी श्रीमती करिब ७० वर्षकी फुलमाया घलान गम्भीर घाइते भएका छन् । फुलमायाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।
यसैगरी, ३८ वर्षीय रुपबहादुर राउत, ४८ वर्षीय दिपक खड्का र ५० वर्षीय सुर्य अधिकारी पनि घाइते भएका छन् ।
१४ वर्षीय कुमार तामाङको टाउकोमा मध्यम चोट लागेको छ भने राक्सिराङ गाउँपालिका–९ का २८ वर्षीय सुजन तामाङ सामान्य घाइते भएका छन् ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८२ - १७:२०
काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमै आगामी आवको बजेट निर्माण गरिने बताएक...
जेष्ठ १ गते, २०८२ - १७:१०
काठमाडौँ । महालेखा परीक्षक कार्यालयले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको छ । महालेखा परीक्षक तोयम रायाले बुधबार शि...
जेष्ठ १ गते, २०८२ - १६:५१
काठमाडौँ। साफ यु–१९ च्याम्पियनसिपअन्तर्गत समूहको अन्तिम खेलमा नेपालले घरेलु टोली भारतसँग फराकिलो हार खेपेको छ । भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्...
जेष्ठ १ गते, २०८२ - १६:४७
इस्लामावाद। पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेका छन् । दुबै पक्षले आ–आफ्ना अधिकारीमाथि जासुसी ग...
जेष्ठ १ गते, २०८२ - १६:३९
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएको छ । महालेखा परीक्षकको ६२औं ...
जेष्ठ १ गते, २०८२ - १५:५५
काठमाडौं । सातोको चौथो दिन अर्थात बुधबार नेप्से परिसूचक बुधबार पनि घटेको छ । नेप्से परिसूचक आज १३.९६ अंक घटेर २६२०.२७ विन्दुमा झरेको छ। सेन्सेटिभ ...
जेष्ठ १ गते, २०८२ - १५:४४
काठमाडौँ । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले नेपालले आयोजना गरेको सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यमा केन्द्रित हुने र यस...
जेष्ठ १ गते, २०८२ - १५:२४
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न स्कटल्याण्ड जाने नेपाली क्रिकेट टोलीलाई बुधब...
जेष्ठ १ गते, २०८२ - १५:१८
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले सङ्घीय सरकारले विकास निर्माणका काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न माग गर्नुभ...
जेष्ठ १ गते, २०८२ - १५:१०
सियोल। दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ । मुख्यतया वृद्धवृद्धाहरूका लागि रोजगारीमा वृद्धिका कारण रोजगारीमा वृद्धि भए...
प्रतिकृया लेख्नुहोस्: