Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

तनहुँका कृषि भण्डारबाट म्याद नाघेका विषादी बरामद

खबरडबली संवाददाता

तनहुँ । तनहुँका एग्रोभेट, कृषि र बीउ भण्डारबाट २ लाख ४० हजार ३६० रुपैयाँ बराबरका म्याद नाघेका विषादी बरामद गरिएको छ। वैशाख १७ गते गरिएको अनुगमनमा व्यास नगरपालिका-४ र शुक्लागण्डकी नगरपालिका(२ का ६ कृषि भण्डारबाट यी विषादी बरामद गरिएको हो।

कीटनाशक, ढुसीनाशक, मुसानाशक, झारनाशक, मल, खाद्य तत्व र स्टिकरसहित म्याद नाघेका सामग्री बरामद गरिएको छ। विभिन्न तरकारीका म्याद नाघेका बीउ ५१ हजार १४५ रुपैयाँ बराबरका बरामद भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवन ललितपुर, कृषि ज्ञान केन्द्र तनहुँ, जिल्ला प्रशासन कार्यालय र बाली संरक्षण प्रयोगशाला पोखराको संयुक्त अनुगमनमा म्याद नाघेका विषादी र बीउ फेला परेको बाली संरक्षण अधिकृत किरण परियारले बताए।

जिल्लाका खुद्रा र थोक विषादी बिक्रेता पसलमा अनुगमन गर्दा अधिकांशमा म्याद नाघेका विषादी र बीउ भेटिएकाले बरामद गरी सिल गरिएको छ। कीटनाशक १,३७५ थान, ढुसीनाशक २३७ थान, मुसानाशक ४७ थान, झारनाशक १८ थान, मल र खाद्य तत्व २०० थान, स्टिकर ३५ थान र तरकारीका बीउ ३५७ थान बरामद भएको परियारले जानकारी दिए।

बरामद सामग्रीको विवरण र मुचुल्का गरी बोरामा सिल गरिएको छ। ‘अनुगमन गरिएका अधिकांश पसलमा म्याद नाघेका बीउ र विषादी भेटिए। यस्ता सामग्री व्यवस्थित गर्न विषादी व्यवस्थापन ऐन लागू गर्नुपर्छ। ऐनमा दण्ड र जरिवानाको व्यवस्था छ,’ परियारले भने, ‘तर, मुद्दा प्रक्रिया झन्झटिलो छ। त्यसैले उपभोक्ता संरक्षण ऐन र कालोबजारी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाउँछौँ।’

बाली संरक्षण प्रयोगशाला पोखराका प्रमुख शालिकराम अधिकारीले बिक्रेताले सुरक्षित मापदण्ड पालना नगरेको बताए। ‘पसलमा विषादी मिश्रित सामग्री छन्, जसले खरिदकर्ताभन्दा बिक्रेतालाई बढी असर गर्छ। सुरक्षित पहिरनको प्रयोग पनि भएको छैन। एकपटक सुझावसहित समय तोकेर सुरक्षित सामग्री प्रयोग गर्न सचेत गराएका छौँ,’ उनले थपे। 

कतिपय बिक्रेताले विषादी र बीउ बिक्रीको अभिलेख नराखेको पाइएको छ। ‘यसले उपभोक्तामाथि खेलवाड भएको देखिन्छ। नियमनका लागि समय(समयमा अनुगमन आवश्यक छ। बिक्रेता आफैँ सचेत हुनुपर्छ,’ अधिकारीले भने।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अधिकृत प्रकाश घिमिरेले अधिकांश बिक्रेता स्वास्थ्यप्रति सचेत नभएको बताए। ‘पसलमा विषादीसँगै पूजा सामग्री, प्लास्टिक, मुडा, चिया कपजस्ता दैनिक उपभोग्य वस्तु पनि बिक्री हुन्छ। एक हप्ताभित्र छुट्याएर राख्न निर्देशन दिएका छौँ। म्याद नाघेका विषादी र बीउ ८ प्लास्टिक बोरामा सिल गरिएको छ,’ उनले भने।

अनुगमनमा अधिकांश पसलमा तालिमप्राप्त व्यक्ति नभई अन्य व्यक्ति बसेको पाइएपछि सचेत गराइएको छ। ‘एग्रोभेट र कृषि भण्डार सञ्चालक आफ्नो स्वास्थ्य र व्यवसाय वृद्धिका लागि सचेत हुनुपर्छ। म्याद नाघेका सामग्रीले कृषि पेसाप्रति आकर्षण घट्छ। बिक्रेता सचेत भए कृषितर्फ आकर्षण बढ्छ,’ घिमिरे भन्छन्।

शुक्लागण्डकी(६ को वाग्ले भेटनरी सेन्टरको विषादी बिक्री इजाजतपत्र ९मिति २०८० माघ १ मा सकिएको० नवीकरण नभएको पाइएपछि नियमअनुसार पहल गर्न निर्देशन दिइएको छ। एक हप्तापछि पुन: अनुगमन गरी अटेर गरेमा कारबाही गरिने परियारले बताए।

‘एग्रोभेट र कृषि भण्डार कृषकका मार्गदर्शक हुन्। तर, मार्गदर्शन गरेको पाइँदैन। बिक्रेता सचेत नहुँदा उपभोक्ता र आफ्नै स्वास्थ्यमा समस्या आउँछ। सचेत नहुँदा किसानमा जागरूकता फैलिँदैन। मार्गदर्शक निकाय सुरक्षित नहुँदा कृषिप्रति आकर्षण घट्छ,’ उनले भने। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्री लम्सालद्वारा फाप्ला क्रिकेट मैदानको निरीक्षण

धनगढी। कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल ल...

अभौतिक सांस्कृतिक सम्पदा विधेयक, २०८३ माथि विचार गरियोस् प्रस्ताव स्वीकृत

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...

अध्ययन भिसा सिफारिस प्रकरण: कर्मचारीको भूमिका छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका नक्कली पत्र तथा कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग...

बिपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या आठ पुग्यो

बनेपा। बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको स...

ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुल्यो

काठमाडौँ । ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।  प्रधान न्य...

सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेशपछि सरकारले भन्यो: आवश्यक कदम चालिनेछ

काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...

लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताल मनोनित

काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

काठमाडौं । सरकारले २०५२ सालमा पेस भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लै...

काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १५ जना घाइते

काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा ...

बालसैनिक भर्ती गम्भीर मानव अधिकार उल्लंघन ठहर गर्दै कानुनी व्यवस्था गर्न सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending