Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

नेतृत्वले जनताको लागि राजनीति नगरी परिवारवादमा रमाउँदा लाखौं युवा विदेशिए :अध्यक्ष केसी

खबरडबली संवाददाता

बागलुङ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताएको छन्। ‘‘इतिहास बनिसकेको राजतन्त्र फर्काउने नाममा प्रतिगामी तत्त्व सल्बलाउन थालेका छन्’’ शुक्रबार दिउँसो राष्ट्रिय जनमोर्चाले बागलुङ बजारमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै केसीले भने, ‘‘राष्ट्रमा समस्या आउँदा सबै संसदभित्र र बाहिर रहेका गणतन्त्रवादी शक्ति एकजुट हुनुको विकल्प छैन।’’

राजवादी शक्तिको चलखेलले मुलुक फेरि अध्यारोतर्फ धकेलिन थालेको आशङ्का व्यक्त गर्दै केसीले धरापमा परेको लोकतान्त्रिक गणतन्त्रलाई बचाउन संसदमा रहेका राजनीतिक दलहरूले एकअर्का बिच रहेको मतभेदको विरोध गर्दै एकजुट हुनुपर्ने बताए। २००७, ०४६ र ०६२/६३ सालमा सबै राजनीतिक दल एकजुट भएकै कारण राणा, पञ्चालय र राजतन्त्र ढलेको स्मरण गर्दै अध्यक्ष केसीले भने, ‘‘लोकतान्त्रिक गणतन्त्र रहे मतभेद गर्न पाइन्छ, नरहे के गर्ने ?’’  

गणतन्त्रलाई फालेर फेरि राजतन्त्र सम्भव नै नभएको केसीको भनाइ थियो। जनताले दुई सय ४० वर्ष राजतन्त्र व्यहोरेको बताउँदै केसीले जनताको लामो सङ्घर्ष र ठुलो बलिदानपछि प्राप्त लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षतालाई जोगाउन परिवर्तनकारी सबै दल एक ठाउँमा उभिनुपर्ने केसीले धारणा व्यक्त गरे। 

अध्यक्ष केसीले मुलुकको शिक्षा प्रणाली सुधार गर्न आवश्यक रहेको बताए। राजनीतिक नेतृत्वले राष्ट्र र जनताको लागि राजनीति नगरी परिवारवादमा रमाउँदा अहिले लाखौं युवाले देशबाट पलायन भएको बताए। 

केसीले नेपाली जनताले नेपालमा एकात्मक प्रणालीको विकल्प सङ्घात्मक प्रणाली हुन नसक्ने कुरा महसुस गरिसकेको दाबी गरे। प्रदेश संरचनाको आर्थिक व्ययभारले देश धराशायी बनेको चर्चा गर्दै केसीले भने, ‘‘स्थानीय तहलाई थप सुदृढ र अधिकारसम्पन्न बनाउनुपर्ने आवश्यकता छ।’’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्री लम्सालद्वारा फाप्ला क्रिकेट मैदानको निरीक्षण

धनगढी। कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल ल...

अभौतिक सांस्कृतिक सम्पदा विधेयक, २०८३ माथि विचार गरियोस् प्रस्ताव स्वीकृत

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...

अध्ययन भिसा सिफारिस प्रकरण: कर्मचारीको भूमिका छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका नक्कली पत्र तथा कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग...

बिपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या आठ पुग्यो

बनेपा। बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको स...

ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुल्यो

काठमाडौँ । ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।  प्रधान न्य...

सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेशपछि सरकारले भन्यो: आवश्यक कदम चालिनेछ

काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...

लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताल मनोनित

काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

काठमाडौं । सरकारले २०५२ सालमा पेस भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लै...

काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १५ जना घाइते

काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा ...

बालसैनिक भर्ती गम्भीर मानव अधिकार उल्लंघन ठहर गर्दै कानुनी व्यवस्था गर्न सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending