Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

जलवायु सङ्कट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने

खबरडबली संवाददाता

ललितपुर  । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तन वर्तमानको सबैभन्दा गम्भीर सङ्कट भएको बताउनुभएको छ । साथै उनले जलवायु सङ्कट नियन्त्रणका हरेक प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने बताए । 

नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा ललितपुरमा शनिबार आयोजित लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको उद्घाटन गर्दै उनले जलवायु परिवर्तनका कारण उत्पन्न सङ्कट नियन्त्रण तथा समाजमा चेतना फैलाउन मडियाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

“जलवायु परिवर्तन र त्यसको प्रभाव घटाउन  पत्रकारहरूको सक्रियता आवश्यक छ । सत्यतथ्यमा आधारित समाचार सामग्रीहरूको उत्पादन गर्दै जनचेतना फैलाउने, नीति निर्मातालाई उत्तरदायी बनाउने, नवीन प्रविधिको प्रयोग तथा समस्या समाधानका उपायका साथ मिडिया प्रस्तुत हुनुपर्छ,” उनले भने ।

जलवायु परिवर्तन रोकथामका सरकारी प्रयासहरूमाथि निगरानी  बढाउने, वातावरणमैत्री प्रविधि, हरित ऊर्जा तथा दिगो विकाससम्बन्धी जानकारी आमनागरिकसम्म सरल भाषामा पस्कन उपराष्ट्रपतिले पत्रकारहरूलाई सुझाव दिनुभयो । सनसनी फैलाउने समाचारले गलत सूचना प्रवाह गर्ने भएकाले त्यसप्रति पत्रकारहरू सचेत हुनुपर्नेमा उनले जोड दिए । उनले पत्रकारहरु पेसागत रूपमा निरपेक्ष हुनुपर्नेमा जोड दिए ।

“प्रेस स्वन्तन्त्रता लोकतन्त्रको मेरुदण्ड हो, लोकतन्त्रलाई सशक्त बनाउन प्रेस स्वतन्त्रता अनिवार्य छ, स्वतन्त्र प्रेस नागरिकहरूलाई सही सूचना प्रदान गर्ने, सरकारको जवाफदेहिता सुनिश्चित गर्ने तथा आमनागरिकको आवाज उठाउने  एक महत्त्वपूर्ण माध्यम पनि हो,” स्वतन्त्र प्रेसका माधयमबाट लोकतन्त्र सुदृढ हुने बताउँदै उपराष्ट्रपतिले भने ।

सामाजिक सञ्जालहरूमा प्रमाणबिना समाचार फैलाउने, गलत जानकारीलाई सत्यका रूपमा प्रस्तुत गरी आमनागरिकमा भ्रम सिर्जना गर्ने, ‘डीपफेक’ प्रविधिद्वारा गलत चित्र र भिडियो उत्पादन गरी सार्वजनिक धारणा प्रभावित भइरहेको चुनौतीपूर्ण अवस्थामा तथ्य जाच्ने प्रणाालीलाई बलियो बनाउनुपर्नेमा उहाँले जोड दिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending