काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिब्यक्ति प्रति आक्रोश पोखेका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले ‘सरकार डरले रूझेको बिरालो भएको छ’ भन्ने अभिब्यक्ति प्रति आपत्ति जनाउँदै महासचिव पोखरेलले सोधेका छन, ‘प्रचण्डजी तपाई के बोल्दै हुनुहुन्छ ?’
उनले सरकारले गरेका काम कारबाहीको तथ्यांक राख्दै भनेका छन, ‘यी तथ्यहरुले तपाईको बोलीमा तथ्य होइन कुन्ठा मात्र देखिन्छ ।’
उनले वर्तमान केपी ओली सरकार निर्माण भए पछि प्रचण्ड प्रधानमन्त्री हुदाँको भन्दा राजश्वमा उल्लेख्य वृद्धि भएको दावी गरेका छन । उनका अनुसार ओली सरकार गठन भए पछि विदेशी मुद्राको संचिति बढेको, सोधनान्तर स्थितिमा उल्लेख्य बचत भएकोछ, निर्माण व्यावसायिलाई काम वापतको प्रचण्ड नेतृत्वको सरकारले दिन नसकेको भुक्तानी प्रदान गरिएको, निर्माण ठप्प रहेका ठुला आयोजनाहरुको काममा तिव्रता आएको भन्दै पोखरा–मुग्लिन सडक, गैडाकोट– वुटवल सडक आदीमा भएको प्रगति उल्लेख गरेका छन ।
‘भुकम्प र वाढि पिडितका क्षतिग्रस्त आवास निर्माणका लागि श्रोतको व्यवस्था भएको छ,’ उनले भनेका छन, ‘वैंकको तरलता वृद्धि भएको छ, व्याँजदर घटेको छ र लगानी वृद्धि हुन थालेको छ।’
यसो त, कानून निर्माणको कामले तिव्रता पाएको, कानूनी सुधारको प्रकृयावाट लगानी योग्य वातावरण तयार भएको र कानून कार्यान्वयन गर्ने निकायले विना हस्तक्षेप काम गर्ने वातावरण तयार भएको भन्दै उनले भनेका छन्, ‘भूमि समस्याको समाधानको प्रकृया अघि बढेको छ, सरकारको स्थायित्वको आधार तयार भएको छ ।’
उनको प्रश्न छ, 'उपरोक्त कारणले नै तपाईको पीडा र छटपटी बढेको देखिन्छ । होइन र ?'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - १७:३५
धनगढी। कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल ल...
जेष्ठ २९ गते, २०८३ - १७:१४
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...
जेष्ठ २९ गते, २०८३ - १७:०६
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका नक्कली पत्र तथा कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग...
जेष्ठ २९ गते, २०८३ - १६:४८
बनेपा। बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको स...
जेष्ठ २९ गते, २०८३ - १६:४१
काठमाडौँ । ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । प्रधान न्य...
जेष्ठ २९ गते, २०८३ - १६:००
काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...
जेष्ठ २९ गते, २०८३ - १५:५०
काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...
जेष्ठ २९ गते, २०८३ - १५:२३
काठमाडौं । सरकारले २०५२ सालमा पेस भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लै...
जेष्ठ २९ गते, २०८३ - १५:१३
काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा ...
जेष्ठ २९ गते, २०८३ - १५:०६
काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...



प्रतिकृया लेख्नुहोस्: