Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

मध्यपहाडी लोकमार्गको ग्याग्दी खोलाको पुल निर्माणमा ढिलाइ

खबरडबली संवाददाता

लमजुङ। पूर्व–पश्चिम मध्यपहाडी लोकमार्ग अन्तर्गत लमजुङको सुन्दरबजार सडक खण्डमा पर्ने ग्याग्दी खोलामा पुल निर्माण कार्य ढिलाइ भएको छ । लामो समयदेखि पुलको संरचना अधुरो रहँदा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

ग्याग्दी खोलामा पुल निर्माणको काम सुरु भएको करिब एक वर्ष बितिसकेको भएपनि हालसम्म ढलानसमेत हुन सकेको छैन । यसले गर्दा यस क्षेत्र भएर यात्रा गर्ने सयौं यात्रुहरू, स्थानीयवासीहरू, विद्यार्थी तथा बिरामी बोक्ने सवारीसाधनहरूले सास्ती भोग्दै आएका छन् । बर्खा लागेपछि यस खोलाले झनै दु:ख दिने भएकाले स्थानीय चिन्तित बनेका छन् । 

पुल निर्माणमा ढिलाई हुँदा बर्सेनि वर्षायाममा अस्थायी बाटो वा खोलामै जोखिम मोल्दै यात्रुहरू गन्तव्यमा पुग्नुपर्ने स्थानीय विद्याज्योति माध्यामिक विद्यालयका शिक्षक हस्त गुरुङले बताए। 

सुन्दरबजार नगरपालिका ५ का अध्यक्ष श्रीकाजी गुरुङले ग्याग्दी खोलाको पुल निर्माणको ढिलाइले स्थानीयवासी र यात्रुहरूलाई प्रत्यक्ष असर परेको बताए। उनले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि निर्माण व्यवसायीले उल्लेखनीय प्रगति नगरेको बताए। 

यता, पुल निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी सुमन गिरीले भने प्राविधिक पक्ष र केही सामग्री आपूर्तिमा समस्या रहेकाले पुल निर्माणमा ढिलाई भएको स्विकार गरे । उनले अबका दिनमा  निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाउने उनले बताए । उनले जेठ महिनामा पुल ढलान गर्नेगरी काम गर्न लागिएको बताए ।

स्थानीय जनप्रतिनिधिहरूले भने निर्माण कम्पनीलाई थप समय नदिई उच्च निगरानीमा काम गराउनुपर्ने माग गरेका छन् । मनसुन सुरु भएसँगै खोलामा पानीको बहाव बढ्ने भएकाले तत्काल ढलान नभएमा समस्या भोग्नुपर्ने उहाँहरूको भनाइ छ । 

ग्याग्दी खोलाको यो पुल सुन्दरबजार नगरपालिकाको पश्चिमी भेग, बेँसीसहर नगरपालिका ४ तथा मध्यनेपाल नगरपालिकाका बासिन्दाका लागि अत्यन्त महत्त्वपूर्ण छ । पुल निर्माण पूरा भएसँगै यस क्षेत्रको आवागमनमा स्थायित्व र सहजता आउने छ । हाल पुलको आधार (फाउन्डेसन) र केही संरचनागत काम मात्रै सम्पन्न भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्री लम्सालद्वारा फाप्ला क्रिकेट मैदानको निरीक्षण

धनगढी। कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल ल...

अभौतिक सांस्कृतिक सम्पदा विधेयक, २०८३ माथि विचार गरियोस् प्रस्ताव स्वीकृत

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...

अध्ययन भिसा सिफारिस प्रकरण: कर्मचारीको भूमिका छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका नक्कली पत्र तथा कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग...

बिपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या आठ पुग्यो

बनेपा। बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको स...

ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुल्यो

काठमाडौँ । ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।  प्रधान न्य...

सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेशपछि सरकारले भन्यो: आवश्यक कदम चालिनेछ

काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...

लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताल मनोनित

काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

काठमाडौं । सरकारले २०५२ सालमा पेस भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लै...

काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १५ जना घाइते

काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा ...

बालसैनिक भर्ती गम्भीर मानव अधिकार उल्लंघन ठहर गर्दै कानुनी व्यवस्था गर्न सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending