काठमाडौं । मंगलबार सेयर बजार १४.८७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से परिसूचक २६३४ अंकमा कायम भएको छ ।
कारोबार सुरु भएको ६ मिनेटमै बजार २६६९ अंकसम्म पुगेको थियो, जुन आजका लागि अधिकतम अंक रह्यो । बजार घट्दा कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन १० अर्ब २० करोडको कारोबार भएकोमा आज ९ अर्ब ६३ करोडको भयो ।
७७ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने एउटाको स्थिर रह्यो । यस दिन जीवन बीमा सेक्टर सबैभन्दा धेरै ०.९५ प्रतिशत बढ्यो । यस सेक्टरका अधिकांश कम्पनीले आज सार्वजनिक गरेको वित्तीय विवरण सुधारोन्मुख देखिएको छ ।
त्यस्तै विकास बैंक ०.८८, उत्पादन ०.३४ प्रतिशत बढ्यो । व्यापार सेक्टर सबैभन्दा धेरै २.४६ प्रतिशत घट्यो । बैंकिङ ०.३०, फाइनान्स १.९१, होटल तथा पर्यटन २.२१, हाइड्रोपावर १.१८, लगानी ०.७९, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.५९, अन्य ०.६० प्रतिशत घटे ।
दुई कम्पनी क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो । जोशी हाइड्रोपावरको ६.८८, उन्नति सहकार्य लघुवित्तको ५.४४ र लुम्बिनी विकास बैंकको ४.२२ प्रतिशत बढ्यो । नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६.२२ प्रतिशत घट्यो । बुटवल पावरको ४.३१ तथा सिक्लेस हाइड्रोपावरको ४.२७ प्रतिशत घट्यो ।
धेरै कारोबार भएका कम्पनीमा युनिभर्सल पावर, ङादी ग्रुप, नेपाल माइक्रो इन्स्योरेन्स, सानिमा माइ हाइड्रोपावर र राधि विद्युत् क्रमशः अगाडि रहे । बजारको पूँजीकरण ४३ खर्ब ८१ अर्ब रुपैयाँमा झरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १६:१०
काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...
चैत्र २५ गते, २०८२ - १६:०६
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...
चैत्र २५ गते, २०८२ - १६:०३
काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...
चैत्र २५ गते, २०८२ - १६:०१
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...
चैत्र २५ गते, २०८२ - १५:५९
काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...
चैत्र २५ गते, २०८२ - १५:४६
काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...
चैत्र २५ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...
चैत्र २५ गते, २०८२ - १५:३४
काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...
चैत्र २५ गते, २०८२ - १५:३२
काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...
चैत्र २५ गते, २०८२ - १४:३१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...


प्रतिकृया लेख्नुहोस्: