काठमाडौं । मंगलबार सेयर बजार १४.८७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से परिसूचक २६३४ अंकमा कायम भएको छ ।
कारोबार सुरु भएको ६ मिनेटमै बजार २६६९ अंकसम्म पुगेको थियो, जुन आजका लागि अधिकतम अंक रह्यो । बजार घट्दा कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन १० अर्ब २० करोडको कारोबार भएकोमा आज ९ अर्ब ६३ करोडको भयो ।
७७ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने एउटाको स्थिर रह्यो । यस दिन जीवन बीमा सेक्टर सबैभन्दा धेरै ०.९५ प्रतिशत बढ्यो । यस सेक्टरका अधिकांश कम्पनीले आज सार्वजनिक गरेको वित्तीय विवरण सुधारोन्मुख देखिएको छ ।
त्यस्तै विकास बैंक ०.८८, उत्पादन ०.३४ प्रतिशत बढ्यो । व्यापार सेक्टर सबैभन्दा धेरै २.४६ प्रतिशत घट्यो । बैंकिङ ०.३०, फाइनान्स १.९१, होटल तथा पर्यटन २.२१, हाइड्रोपावर १.१८, लगानी ०.७९, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.५९, अन्य ०.६० प्रतिशत घटे ।
दुई कम्पनी क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो । जोशी हाइड्रोपावरको ६.८८, उन्नति सहकार्य लघुवित्तको ५.४४ र लुम्बिनी विकास बैंकको ४.२२ प्रतिशत बढ्यो । नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६.२२ प्रतिशत घट्यो । बुटवल पावरको ४.३१ तथा सिक्लेस हाइड्रोपावरको ४.२७ प्रतिशत घट्यो ।
धेरै कारोबार भएका कम्पनीमा युनिभर्सल पावर, ङादी ग्रुप, नेपाल माइक्रो इन्स्योरेन्स, सानिमा माइ हाइड्रोपावर र राधि विद्युत् क्रमशः अगाडि रहे । बजारको पूँजीकरण ४३ खर्ब ८१ अर्ब रुपैयाँमा झरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: