Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

महिला टी–२० विश्वकप छनोट : नेपाल हङकङसँग पराजित

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ ।

थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल हङकङसँग डकबर्थ लुइस (डिएलएस)का आधारमा सात विकेटले पराजित भयो । 

जितका लागि नेपालले दिएको ३० रनको लक्ष्य हङकङले तीन बल बाँकी छँदा तीन विकेट गुमाउँदै पूरा गरेको हो । वर्षाका कारण टसमा ढिलाइ भएपछि खेल पाँच ओभरमा झारिएको थियो ।

हङकङका लागि शान्जिन शहजादले अविजित १५ र मारिको हिलले ११ रन बनाए। बलिङमा नेपालकी कविता कुँवरले दुई विकेट लिइन् ।यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा तीन विकेटको क्षतिमा  २९ रन बनाएको थियो ।

नेपालका लागि सम्झाना खड्काले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकिनन् । कप्तान इन्दु बर्मा नौ रन बनाइन् ।बलिङमा हङकङका लागि तीनै विकेट एलिसन सिउले लिइन्।

यसअघि नेपाल र हङकङको खेल वर्षाका कारण रद्द भएको थियो । नेपाल दोस्रो खेलमा बहराइनसँग नौ विकेटले पराजित भएको थियो । हङकङले बहराइनसँग पनि अङ्क बाँडेको थियो ।

जितसँगै तीन खेलबाट चार अङ्क बनाएको हङकङ समूह ‘सी’ को शीर्ष स्थानमा छ । समान खेलबाट तीन अङ्क बनाएको नेपाल दोस्रो स्थानमा छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै विराटनगर क्वालिफायरमा प्रवेश

काठमाडौं । फाफ डु प्लेसी र साम हिजलेटको आक्रमक अर्धशतकको बलमा विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पर...

यूक्रेन-अमेरिका वार्ता: शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित

मियामी। यूक्रेन र संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले शनिबार मियामीमा लगातार तेस्रो दिन वार्ता गर्ने छन् । अमेरिकी पक्षले दुवै पक्षको सहमति अनुसार वा...

१५ औँ महाधिवेशनमा म सभापतिको प्रत्यासी हो: महामन्त्री थापा

सर्लाही। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएको छन् । नेपाल प्रेस युनियन ...

बागलुङमा ४२ लाख लगानीमा बेम्बो क्याफे सञ्चालन

बागलुङ। बागलुङमा ४२ लाख लगानीमा बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा आएको छ । युवा पुस्तालाई लक्षित गरी बागलुङ नगरपालिका –९ का शेखर खड्का र सुगम खड्काले ...

सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय...

नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता हो: राष्ट्रपति पौडेल

ललितपुर। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमात्र नभइ नागरिकको जीवनस्तरमा सुधार ल्याउने विकास आजको आवश्यकता भएको बताएको छन् । ललितपुर मह...

काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।  विद्यु...

गोरखामा २८ जना कुपोषित बालबालिका भेटिए

सुलीकोट। गोरखामा आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिकमा स्वास्थ्य जाँच गर्दा २८ जना बालबालिका कुपोषण लागेको अवस्थामा भेटिएका छन् । जिल्ला भरका ११ वटा...

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाब...

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्छ: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्।  हाम्रो पार्टी नेपालका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending