Ntc summer Offer
Khabar Dabali ९ असार २०८२ सोमबार | 23rd June, 2025 Mon
Investment bank

वीर अस्पतालको सेवा सुधारका लागि कार्यदल गठन

खबरडबली संवाददाता

काठमाडौ । वीर अस्पतालको सेवा सुधार गर्नका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन् । वरिष्ठ चिकित्सक डा. मदन उपाध्याय संयोजकत्वको कार्यदललाई अस्पतालको सेवा सुधारमा केन्द्रीत भएर उपलब्ध जनशक्ति तथा श्रोत साधनको उचित प्रयोगबारे सुझाव दिन कार्यादेश दिइएको छ ।

यसैगरी, नागरिकलाई उपलब्ध गराउने फार्मेसी, रेडियोलोजी, प्याथोलोजी तथा अर्थोपेडिक्सजस्ता सेवा तथा तिनका लागि उपलब्ध उपकरणको अहिलेको अवस्था मूल्यांकन गर्दै सुधार गर्ने उपाय सुझाउन पनि कार्यदललाई भनिएको छ ।  तीन सदस्यीय कार्यदलमा विज्ञका रुपमा दीपकमोहन भट्टराई तथा डा. सुरेश तिवारी सदस्य छन् ।

कार्यदललाई आर्थिक तथा प्रशासनिक जटिलता तथा समाधानका सुझाव दिन पनि कार्यादेश दिइएको छ । यसैगरी वीरलाई डिजिटलाइजेशन गर्न देखिएका कठिनाइबारे सुझाव दिंदै भावी योजना समेत प्रस्ताव गर्न कार्यदललाई कार्यादेश प्रदान गरिएको छ ।  मन्त्री पौडेलले वीर अस्पतालमा बिग्रिएर थन्किएका उपकरणको मर्मतका लागि महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिन सहजीकरण गरेका थिए । फलस्वरुप अहिले धेरै उपकरण निकै कम खर्चमा मर्मत भएर सेवा दिइरहेका छन् । 

मन्त्री पौडेल नेतृत्वमा आएयता वीर अस्पतालमा दुई सिफ्टमा ओपीडी सञ्चालनका अतिरिक्त भएका सेवाहरुमा समेत धेरैले सेवा लिन सक्ने वातावरण तयार भएको छ । सीटीस्क्यान, एमआरआई आदिले अधिक क्षमतामा सेवा दिइरहेका छन् । मन्त्रीले पठाएको नौ बुँदे सुधार सुझावपछि अनलाइनमार्फत टिकट लिने प्रबन्ध गरिएको छ । यसलाई अझ प्रभावकारी बनाउन मन्त्री पौडेलले वीरलाई डिजिटलाइजेसनमा लैजान प्रयास गरिरहेका छन् । 

अस्पतालका निर्देशक डा. दिलिप शर्माले कार्यदलले दिएको सुझाव कार्यान्वयनमा लैजान प्रयास गरिने बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाइल्स मुक्त अभियानमा डा. सुवर्ण पौडेल, मेदान्तबाट गर्छन् सबै खाले समस्याको निदान

काठमाडौं । डा. सुवर्ण पौडेल पाइल्स मुक्त नेपाल अभियानमा छन्। उनको अभियानले कति मानिसलाई छुन सक्ला? आफ्नै ठाउँमा छ। तर, हजारौं व्यक्ति उनको अभियान र से...

डेढ करोडको सुनसहित पोखराबाट दुई जना पक्राउ

पोखरा । पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ परेका छन् । एक करोड ३० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सुनसहित दुई जनालाई पक्राउ ग...

बस र इभी गाडी दुर्घटना हुँदा ७ जनाको मृत्यु, १८ जना घाइते

चितवन । पूर्व पश्चिम राजमार्गको चितवनको डडुवामा भएको दुर्घटनामा ७ जनाको मृत्यु र १८ जना घाइते भएका छन् । राप्ती नगरपालिका वडा नम्वर ४ खहरेपुल स्थित...

ऐडी दम्पत्तिको खास लाग्दो तरकारी खेती, आस लाग्दो आम्दानी

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–८ गड्खेतका लालबहादुर ऐडी दम्पत्तिले गाउँमै व्यावसायिक खेत गर्दै आएका  छन् । करिब एक दशक अगाडि काठमाडौँको थानक...

इरानमा फसेका नेपाली नागरिकलाई भारतले उद्धार गर्ने

काठमाडौँ । भारतले इरानमा फसेका नेपाली नागरिकलाई उद्धार गर्न मद्दत गर्ने भएको छ । इरानस्थित भारतीय दूतावासले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत यसको जानका...

ढुंगाले हानेेर एकजनाकाे हत्या, एकनाम पक्राउ

झापा  । झापामा ढुंगाले हानेर एक जनाको हत्या गरिएको छ । कमल गाउँपालिका–४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्य बिक्रम लिम्बुले ढुंगाले हानी हत्या गरिएको ह...

ढुंगाले हानेेर एकजनाकाे हत्या, एकनाम पक्राउ

झापा  । झापामा ढुंगाले हानेर एक जनाको हत्या गरिएको छ । कमल गाउँपालिका–४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्य बिक्रम लिम्बुले ढुंगाले हानी हत्या गरिएको ह...

झापामा एयर पेस्तोल र गोलीसहित भारतीय नागरिक पक्राउ

झापा । चालु अवस्थामा रहेको हतियारसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बेलुका एयर पेस्तोल र त्यसमा लाग्ने गोलीसहित ३५ वर्षीय भार...

खुमलटारमा विप्लव र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ।  खुमलट...

पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको बाटो देखाउने योगका सम्बन्धमा भएका अध्ययन, अनुसन्धान र ऐतिहासिक तथ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending