धनगढी। सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्ने लगभग पक्कापक्की भएको छ ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले चौधरीलाई मन्त्री बनाउनका लागि नागरिक उन्मुक्ति पार्टीको प्रदेश संसदीय दललाई पत्राचार गरेपछि उहाँ पुन: मन्त्री बन्ने लगभग निश्चित भएको हो । यसअघि चौधरी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुनुहुन्थ्यो । हिजो बसेको प्रदेश संसदीय दलले मन्त्री बन्नेको नाम टुङ्गो लगाउन नसकेपछि पार्टी संरक्षक रेशमलाल चौधरी र अध्यक्ष श्रेष्ठको जिम्मा छोडेको थियो ।
संसदीय दलको बैठकले संसदीय दललाई अधिकार प्रत्यायोजन गर्ने सर्वसम्मत निर्णय गर्दै सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री सिफारिसका लागि नाम पठाउन आग्रहसहित पत्राचार गरेको थियो । अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउन भन्दै प्रदेश संसदीय दललाई निर्देशनात्मक आधिकारिक पत्र पठाउनु भएको छ । चौधरी अध्यक्ष श्रेष्ठ पक्षधर मानिनु हुन्छ ।
संसदीय दलले मन्त्री नियुक्तिका लागि सम्भवत: आजै प्रदेश सरकारलाई सिफारिस गर्ने नागरिक उन्मुक्ति प्रदेश संसदीय दलका प्रमुख सचेतक इन्दिरा गिरीले जानकारी दिए।
नागरिक उन्मुक्ति पार्टीको लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय खाली रहेको छ । यसअघि, उन्मुक्तिबाटै लक्ष्मण किशोर चौधरीले सो मन्त्रालय सम्हाल्नु भएको थियो । तर, वनसम्बन्धी कार्यविधि बनाउने सवालमा लेनदेनको कुरा गरेको विवादास्पद् अडियो बाहिरिएपछि उनले मन्त्री पदबाट राजीनामा दिएको थिए ।
चौधरी चैत १३ गते पदबाट राजीनामा दिएपछि यो मन्त्रालय मन्त्रीविहीन छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - १७:३५
धनगढी। कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल ल...
जेष्ठ २९ गते, २०८३ - १७:१४
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...
जेष्ठ २९ गते, २०८३ - १७:०६
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका नक्कली पत्र तथा कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग...
जेष्ठ २९ गते, २०८३ - १६:४८
बनेपा। बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको स...
जेष्ठ २९ गते, २०८३ - १६:४१
काठमाडौँ । ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । प्रधान न्य...
जेष्ठ २९ गते, २०८३ - १६:००
काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...
जेष्ठ २९ गते, २०८३ - १५:५०
काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...
जेष्ठ २९ गते, २०८३ - १५:२३
काठमाडौं । सरकारले २०५२ सालमा पेस भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लै...
जेष्ठ २९ गते, २०८३ - १५:१३
काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा ...
जेष्ठ २९ गते, २०८३ - १५:०६
काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...



प्रतिकृया लेख्नुहोस्: