Khabar Dabali २३ बैशाख २०८३ बुधबार | 6th May, 2026 Wed

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

खबरडबली संवाददाता

पेरिस। राष्ट्रपति इमानुएल म्याक्रोनले मङ्गलबार फ्रान्सले युक्रेनमा रुसको आक्रमणका कारण ‘तेस्रो विश्वयुद्ध’ सुरु गर्न नचाहेको बताएको छन् ।

उनले म्याराथन टेलिभिजन प्रस्तुतिमा आफ्नो जनादेशको बाँकी दुई वर्षका लागि आफ्ना लक्ष्यहरू प्रस्तुत गर्दै महत्त्वपूर्ण मुद्दाहरूमा जनमत सङ्ग्रहको प्रतिबद्धता जाहेर गरे ।

सन् २०१७ मा आमूल परिवर्तनको वाचा गर्दै सत्तामा आउनुभएका म्याक्रोनले संविधानअन्तर्गत अनुमति दिइएको अधिकतम दुई कार्यकाल पूरा गरेपछि सन् २०२७ मा पदबाट राजीनामा दिनेछन् ।

विशेष गरी संसदीय चुनाव गराउने आफ्नो निर्णयले उल्टो प्रभाव पारेपछि, अति–दक्षिणपन्थी दललाई संसदमा सबैभन्दा ठुलो दल बनाएर र आफ्नै दललाई अल्पसङ्ख्यक उपस्थितिमा सीमित गरेपछि पछिल्लो वर्षमा कहिलेकाहीँ म्याक्रोन ल्याम डक (अर्थात शक्तिविहीन) जस्तै देखिएको छन् ।

तर हालैका महिनाहरूमा रुसले युक्रेनमा गरेको आक्रमणबाट सुरु भएको तीन वर्षे युद्धको अन्त्य गर्न खोज्दा अन्तर्राष्ट्रिय मोर्चामा उनको उपस्थितिबाट उत्साहित नयाँ ऊर्जावान म्याक्रोन देखिएको छन् ।

“हामीले युक्रेनलाई आफ्नो रक्षा गर्न मद्दत गर्नुपर्छ तर हामी तेस्रो विश्वयुद्ध सुरु गर्न चाहँदैनौँ”, म्याक्रोनले तीन घण्टाभन्दा बढी समयसम्म चलेको अन्तर्वार्तामा भनेयो, “युद्ध बन्द हुनुपर्छ र युक्रेन वार्तामा जान सक्ने सकेसम्म उत्तम अवस्थामा हुनुपर्छ ।”

तर म्याक्रोनले संयुक्त राज्य अमेरिकाले गरेजस्तै फ्रान्स अन्य युरोपेली देशहरूसँग उनीहरूको क्षेत्रमा आणविक हतियारले सशस्त्र फ्रान्सेली लडाकु विमानहरू तैनाथ गर्न छलफल सुरु गर्न तयार रहेको बताए।

“अमेरिकीहरूसँग बेल्जियम, जर्मनी, इटाली, टर्कीमा विमानहरूमा बम छन्”, उनले भने, “हामी यो छलफल सुरु गर्न तयार छौँ । म आउने हप्ता र महिनाहरूमा यसको ढाँचा बहुत विशिष्ट तरिकाले परिभाषित गर्नेछु ।”
यसबारे सोचेको छैन ।

म्याक्रोनको अगाडि आफ्नो दृष्टिकोण राख्नेहरूमा कट्टरपन्थी सिजिटी युनियनका प्रमुख सोफी बिनेटदेखि लिएर मांसपेशी र व्यापक रूपमा अनुसरण गरिएको फिटनेस इन्फ्लुएन्सर टिबो इन्शेपसम्म थिए।

फ्रान्समा करिब छ सय रोजगारीको बारेमा चिन्ताका बीच म्याक्रोनले बिनेटलाई स्टिल निर्माता आर्सेलरमित्तलका फ्रान्सेली सञ्चालनहरू राष्ट्रियकरण नगरिने तर देशका दुई संयन्त्र बचाउने प्रतिज्ञा गरे।

एउटा प्रमुख घोषणामा उहाँले फ्रान्सेली सामाजिक र आर्थिक ‘सुधार’ बारे मतदाताहरूले निर्णय गर्न एकै दिनमा धेरै जनमतसङ्ग्रह गर्ने पक्षमा रहेको बताए ।

“म चाहन्छु कि हामीले परामर्शको एक शृङ्खला आयोजना गर्नुपर्दछ”, म्याक्रोनले ने, “मतदान आउँदो महिनाहरूमा एक दिनमा हुनेछ र ‘प्रमुख’ आर्थिक र सामाजिक सुधारहरूलाई सम्बोधन गर्नेछ ।”

यद्यपि उहाँ विवरणमा जान नचाहे पनि प्रधानमन्त्री फ्रान्कोइस बायरोको सुझावका लागि खुला हुनुहुन्थ्यो । बायरोले फ्रान्सको ऋण घटाउने योजनामा जनमत सङ्ग्रह गर्ने प्रस्ताव राखेको छन् ।

जनमत सङ्ग्रहले १५ वर्षभन्दा कम उमेरका लागि सामाजिक मिडियामा पहुँच र सहायता प्राप्त मृत्युजस्ता सामाजिक सुधारहरूलाई पनि सम्बोधन गर्न सक्छ ।

तथापि, म्याक्रोनले दक्षिणपन्थी र अति–दक्षिणपन्थीको बारम्बार अनुरोधका बावजुद आप्रवासन मुद्दाहरूलाई जनमत सङ्ग्रहमा राख्ने विचारलाई अस्वीकार गरे।

संवेदनशील सामाजिक मुद्दाहरूलाई सम्बोधन गर्दै फ्रान्सेली राष्ट्रपतिले खेलकुद प्रतियोगिताहरूमा इस्लामिक पर्दा जस्ता धार्मिक प्रतीकहरू लगाउने विरुद्धमा बोलेतर उनले गैर–प्रतिस्पर्धात्मक खेलको अभ्यासका लागि यो खेलकुद सङ्घहरूले निर्णय गर्ने विषय भएको बताए।

सत्चालीस वर्षीय म्याक्रोनले लगातार दुई कार्यकाल सेवा गरिसकेपछि सन् २०२७ मा पद छोड्नुपर्ने भए पनि उहाँ सन् २०३२ मा सिद्धान्तमा फर्कन सक्छन् । यस्तो कुनै पनि फ्रान्सेली नेताले पहिले कहिल्यै गरेका छैनन् ।

तर टिभी म्याराथनको अन्त्यमा उनले सन् २०२७ पछि आफ्नो भविष्यको बारेमा नसोचेको र आफ्नो दैनिक काममा फ्रान्सको बारेमा मात्र सोचिरहेको बताए।

“जब म (वर्तमान कार्यकाल) पूरा गर्छु, म अब के हुन्छ भनेर सोच्नेछु । त्यसपछि मात्र म तपाईंलाई जवाफ दिन सक्छु । तर आज, मैले यसबारे सोचेको छैन”, उनले भने । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार हुँदा एक युवकको मृत्यु

काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार हुँदा एक युवकको ज्यान गएको छ। कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा भएको घटनामा विपिन घिमिरेमाथि दिउँ...

सरकारले गर्‍यो सबै राष्ट्रिय स्तरका निजामती र स्वास्थ्य सेवा ट्रेड युनियन खारेज

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालका सबै राष्ट्रिय स्तरका निजामती कर्मचारी तथा स...

११ सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा संसद्मा विमति जनाउछौं: कांग्रस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति संसद् बैठकमा असहमति जनाउने निर्णय गरेको छ। बुधबार सिंहदरबा...

दीपेन्द्रको अलराउन्डर वरीयतामा सुधार, बलिङमा सन्दीपको छलाङ

काठमाडौँ। नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले आइसिसी एकदिवसीय अलराउन्डर वरीयतामा उल्लेख्य सुधार गरेको छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)...

सगरमाथा आरोहणबाट मात्रै १ अर्बभन्दा बढी रोयल्टी संकलन, यो सिजनमा १.१७ अर्ब रुपैयाँ उठ्यो

काठमाडौं । चालु आरोहण सिजनमा सरकारले सर्वोच्च शिखर सगरमाथाबाट मात्रै १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ। पर्यटन विभाग का अनुसार मंगलबारस...

दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं। सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ)सम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख...

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकारमा डा.अग्रवाल नियुक्त

काठमाडौं। सरकारले वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाविद् जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहका अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त ...

कांग्रेस सांसदलाई सभापति थापाले दिए प्रशिक्षण

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसद्का दुवै सदनमा प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। बुधबार सिंहदरबारस्...

वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए पदबाट राजीनामा

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले पदबाट राजीनामा दिएका छन्। वर्तमान सरकारले अघिल्लो सरकारले गरेका नियुक्तिहरू खारेज गर्ने उद्देश्यले...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending