हुम्ला। हिमाली जिल्ला हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट र खार्पुनाथ गाउँपालिकामा दैनिक बाह्र घण्टा लोड सेडिङ हुने गरेको छ । उपभोक्ताको माग बढी र हिल्दुम विद्युत वितरण केन्द्रले उत्पादन गर्ने विद्युत कम भएको कारण लोड सेडिङ समय बढेको हो ।
सोबर्ण खाद्य उद्योगका सञ्चालक मुकुन्द रोकायाले लोड सेडिङ समय वृद्धि भएको कारण आफ्नो कुटानी पिसानी मिल समस्यामा परेको बताए। उनले दैनिक बाह्र घण्टासम्म बिहानदेखि राती नौ बजेसम्म लोड सेडिङ हुँदै आएको बताए। स्थानीयहरू दैनिक तेल पेल्न र अन्न पिस्न आउने भए पनि लोड सेडिङको कारण समयमा काम गर्न नपाउने उनले बताए।
बिस केजी जौ पिस्नका लागि एक दिन पालो कुरेर पिस्नु पर्ने बाध्यता रहेको बताउँदै उनले यसले गर्दा उद्योग नै धरापमा परेको बताए। त्यसैसरि बढ्दो लोड सेडिङले प्रिन्टिङ प्रेस, फर्निचर उद्योग, ईलोक्ट्रोनिक्सका व्यवसाय सबैलाई प्रभाव पारेको छ ।
केन्द्रका प्रमुख जितेन्द्र यादवलेविद्युतको माग बढी र उत्पादन कम भएको कारण दैनिक लोड सेडिङ समय बढी रहेको बताए। मुल्यगरि पावर हाउसका लागि आवश्यक पर्ने पानीको श्रोत कम भएको कारण आयोजनाले क्षमता अनुसारको विद्युत उत्पादन नहुँने भएको कारण लोड सेडिङ समस्या भई रहेको उनले बताए। हाल सदरमुकाम सिमकोटमा मात्र पिक समयमा सात सय किलोवाट माग हुने गरेको र अरू बेला चारदेखि पाँच सय किलोवाट विद्युतको माग हुने गरेको उनको भनाई छ । राती दश बजेबाट बिहान छ बजेसम्म भने लोड सेडिङ हुने गरेको छैन ।
त्यसैसरि सिमकोट गाउँपालिकाका अन्य छ वटा वडाहरू र खार्पुनाथ गाउँपालिकाका चार वटा वडामा गरी दुई सय किलोवाट विद्युतको माग रहेको बताउँदै उनले केन्द्रले जम्मा डेढ सय विद्युत उत्पादन गरी रहेको कारण लोडङ समय नबढाउनुको विकल्प केन्द्रसँग नभएको बताए । पाँच सय किलोवाट विद्युत उत्पादन गर्ने क्षमता भएको केन्द्रले कहिल्यै पनि पुरा क्षमताको विद्युत उत्पादन गर्न सकेको छैन ।
लोड सेडिङको कारण विद्युतसंग सम्बन्धी अन्य व्यवसाय मर्कामा परेका छन् भने वित्तीय कारोबार गर्ने निकायहरू कार्यालयमा सोलार जडान गर्न बाध्य हुँदै आएका छन् । हालसम्म हुम्ला जिल्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - २०:३४
बागलुङ। बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तय गरिएको छ । १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी ...
फाल्गुन १९ गते, २०८२ - २०:३०
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवार...
फाल्गुन १९ गते, २०८२ - २०:२६
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्याल, गृह...
फाल्गुन १९ गते, २०८२ - २०:२०
काठमाडौं । ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि केही व्यक्तिहरूले आक्रमण गरेका छन्। महालक्ष्मी नगरपालिका–७ चाँगाथली क्षेत्रमा प्रहरी प...
फाल्गुन १९ गते, २०८२ - १९:४६
भक्तपुर । चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालयनजिक सोमबार दिउँसो भएको कार दुर्घटनामा घाइते पाँचमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको ...
फाल्गुन १९ गते, २०८२ - १९:२०
इस्लामाबाद। पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्...
फाल्गुन १९ गते, २०८२ - १९:१०
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार क...
फाल्गुन १९ गते, २०८२ - १९:०२
काठमाडौँ । देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई ...
फाल्गुन १९ गते, २०८२ - १८:५४
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने बताएको छ । महाशाखाले मङ्गलबार साँझ जार...
फाल्गुन १८ गते, २०८२ - १७:२६
दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...



प्रतिकृया लेख्नुहोस्: